08/05/2024
मातातीर्थ औंसी - "आमा"
एक स्नेहको भण्डार,
जहाँ ऊ ब्याकुल हुँदा प्रेम खोज्दै आउँछ,
व्यवधानका तगारा आउँदा,उनकै साथको प्रतिक्षा गर्छ,
दु:खको दियालो मेटाइ सुखको तेजस्वी खोज्न आउँछ,
हर्षको पहिलो बहार साट्न, दु:खका प्रत्येक बेग सँग लड्न उनकै पर्खालरुपी साथको बाटो हेर्छ।
शव्दकोषका ती दुई वर्ण,
जसमा आत्मीयता,भावना, प्रेम, हर्ष, रोदन सबै एकमुष्ट पाइन्छ,
जसमा उसलाई "ऊ" बनाउने अनि उसलाई हिड्न "त्यो" बाटो देखाउने सामर्थ्य पाइन्छ,
उसका अनेक जटिलताका समाधान निमिष भरमा पाइन्छ,
शिक्षा, नैतिकता, मानवता, हार्दिकताको निपूर्णता त्यहीँ पाइन्छ,
त्यसैले उसले उनलाई उसको प्राथमिकताको पंक्तिमा सबैभन्दा अगाडि राख्छ,
अनन्त आज्ञा गर्छ र
हर बखत बालक जसरी नै खोज्ने गर्छ,
त्यही २ वर्ण र १ शब्द "आमा"।।