Our Surunga

Our Surunga हामीलाई माया गरिरहनु होला, हामी हाम्रो कर्म गरिरहने छौँ । Page Our Surunga

रसुवाका बाढीपीडितका लागि सुरूङ्गाका युवाहरूको राहत सङ्कलन अभियान 🤝🇳🇵रसुवामा गएको बाढीका कारण विस्थापित तथा पीडित परिवारह...
29/08/2026

रसुवाका बाढीपीडितका लागि सुरूङ्गाका युवाहरूको राहत सङ्कलन अभियान 🤝🇳🇵

रसुवामा गएको बाढीका कारण विस्थापित तथा पीडित परिवारहरूको सहयोगका लागि सुरूङ्गाका युवाहरूले राहत सङ्कलन अभियान सञ्चालन गरेका छन्।

यस दुःखद घडीमा तपाईं पनि मानवीय भावनाका साथ सहयोग गर्न चाहनुहुन्छ भने राहत सामग्री तथा आवश्यक सहयोग प्रदान गरी अभियानमा जोडिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️
सानो सहयोग, कसैको ठूलो सहारा बन्न सक्छ। 🤝🇳🇵

सम्पर्क : 9823085055 / 9862777799

झापा मेरिगोल्ड स्कुलद्वारा बाढीपीडितलाई १५ हजार सहयोग 🙏🇳🇵कन्काई नगरपालिका–४ मा रहेको झापा मेरिगोल्ड स्कुलले रसुवा जिल्ला...
27/08/2026

झापा मेरिगोल्ड स्कुलद्वारा बाढीपीडितलाई १५ हजार सहयोग 🙏🇳🇵
कन्काई नगरपालिका–४ मा रहेको झापा मेरिगोल्ड स्कुलले रसुवा जिल्ला तथा अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि रु. १५ हजार आर्थिक सहयोग गरेको छ।
विद्यालयले विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

26/08/2026

रसुवा 💔

24/08/2026

झापाको क्षेत्र ४ कि सांसद खुस्बु ओली गरिमा चौधरी बलत्कार घटना माथी चिन्तित र सजायको माग 🇳🇵🙏

24/08/2026

झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकले बलात्कारी लाई मृत्युदण्ड को सजायको माग गरेका छन 🇳🇵🙏

23/08/2026

झापामा जापानी इन्सेफलाइटिसको संक्रमणबाट ६ जनाको मृत्यु र ११ जनामा संक्रमण पुष्टि भएको खबरपछि यो रोगबारे जान्न र सचेत रहन जरुरी छ।

जापानी इन्सेफलाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट सर्न सक्छ र गम्भीर अवस्थामा मस्तिष्कमा असर पुऱ्याउन सक्छ। लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

सचेत बनौँ, सुरक्षित रहौं।

कनकाई–३ मा ग्यास वितरणको अनुगमन : अभावभन्दा हल्लाले समस्याकनकाई नगरपालिका–३ मा रहेका १७ वटा ग्यास बिक्री केन्द्रमा गरिएक...
21/08/2026

कनकाई–३ मा ग्यास वितरणको अनुगमन : अभावभन्दा हल्लाले समस्या
कनकाई नगरपालिका–३ मा रहेका १७ वटा ग्यास बिक्री केन्द्रमा गरिएको अनुगमनका क्रममा असारको तुलनामा श्रावण महिनामा ५९९ वटा सिलिण्डर बढी आएको पाइएको छ।
अनुगमनका क्रममा कनकाई ग्यासको आपूर्ति तुलनात्मक रूपमा कम रहेको तथा यस क्षेत्रमा बढी खपत हुँदै आएको कोशी ग्यासको बिक्री बन्द भएपछि केही समस्या देखिएको पाइएको छ।
त्यस्तै, स्थानीय तहबाट ग्यास वितरण सहजीकरण तथा बजार अनुगमनमा अपेक्षित चासो नदेखिएको र बजारमा ग्यास अभावको अनावश्यक हल्लाका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास मौज्दात राख्दा समेत समस्या उत्पन्न भएको पाइएको छ। यसअघि आधा सिलिण्डर मात्र बिक्री हुने व्यवस्था हुँदा पनि केही समस्या सिर्जना भएको अनुगमनबाट देखिएको छ।

कन्काईमा उन्नत जातको तोरीको बीउ वितरण हुँदै 🌱कृषकको लागि कन्काई नगरपालिकाले मोरङ–२ को उन्नत जातको तोरीको बीउ वितरण गर्ने...
20/08/2026

कन्काईमा उन्नत जातको तोरीको बीउ वितरण हुँदै 🌱

कृषकको लागि कन्काई नगरपालिकाले मोरङ–२ को उन्नत जातको तोरीको बीउ वितरण गर्ने भएको छ। इच्छुक कृषकहरूले नजिकैको वडा कार्यालयमा सम्पर्क गरी आवश्यक जानकारी लिनुहुन अनुरोध गरिएको छ ! 🙏🇳🇵

सुरुङ्गाकाे प्राय सबै पसलमा आज मेची ग्यास आएकाे छ । हिजाे र आज सुरुङ्गा क्षेत्रमा २००० थान ग्यास र २००० बाेरा युरिया वित...
19/08/2026

सुरुङ्गाकाे प्राय सबै पसलमा आज मेची ग्यास आएकाे छ ।

हिजाे र आज सुरुङ्गा क्षेत्रमा २००० थान ग्यास र २००० बाेरा युरिया वितरण गरिएको छ ।

आवश्यक भए नजिकैको वितरण केन्द्र मा सम्पर्क गर्नुहोला ! 🙏🇳🇵

कन्काईले कस्तो मेयर खोजिरहेको छ?२०८४ सालको स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरू आ–आफ्ना गतिविधि बढाउन...
19/08/2026

कन्काईले कस्तो मेयर खोजिरहेको छ?
२०८४ सालको स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरू आ–आफ्ना गतिविधि बढाउन थालेका छन्।
यता, हरेक नगरमा चर्चित समाजसेवी तथा स्थानीय व्यक्तिहरू मेयर पदमा उठ्ने चर्चा पनि चिया पसलदेखि फलैँचासम्म सुनिन थालेको छ।
अब प्रश्न हाम्रो कन्काई नगरपालिकामा चाहिँ कस्तो मेयर चाहिएको छ?
पार्टीभन्दा माथि उठेर नगरको विकास, सुशासन, पारदर्शिता र नागरिकका समस्यालाई प्राथमिकतामा राख्ने मेयर कि अरू केही?
👉 कन्काई नगरवासीको नजरमा कस्तो मेयर आवश्यक छ? आफ्नो धारणा कमेन्टमा राख्नुहोस्।

#चुनाव #२०८४ #मेयर

Address

Surunga

Alerts

Be the first to know and let us send you an email when Our Surunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Columbus.