Shivasatakshi Updates

Shivasatakshi Updates Welcome to official page of Shivasatakshi Update. Follow us for latest updates about Shivasatakshi.

08/10/2025

We are getting ready

07/10/2025

पीडाको पराकाष्ठा ! मानबियता देखाउनै पर्ने भिडिओ शिवसताक्षी १० टेक्राका पिडित हेमन्त बर्देवा यहि नवमीको दिन दुर्घटनामा परी अहिले ओछ्यान परेका छन ,उनको कम्बर मुनिको अङ्ग चल्दैन दिसा पिसाब ओछ्यानमै गर्छन आर्थिक अवस्था कम्जोर भएकले उनको उपचार समेत भएको छैन , अज्ञात गाडीले ठक्कर दिएर गाडी फरार भएको बुझिएको छ ,उनलाई हालसम्म स्थानीय सरकार वडा आर्थात कहि कतैबाट सहयोग प्राप्त भएको छैन ,उनका बुढा बुबा पनि बिगत एक सालदेखि प्यारालाईसिस भएर ओछ्यानमा थलो परेको सामाजिक अभियान्ता फाराङ तामाङले जानकारी दिएका छन।
भिडियो फाराङ तामाङबाट!!

07/10/2025

एक मासु लभर दशै सक्किए पछि भन्छन् ,"मासु कै झोल, मासु कै ग्रेभी, मासु कै अचार, मासु कै भुटन खाईरहेको बेला एक्कासी बन्दाकोपी, घिरौंलामा प्रवेश गर्न नहुने रहेछ यार !"😐️🍖

06/10/2025

देश भर भारी वर्षाको कारण विपतमा परेका शिबसताक्षी नगरको दक्षिण कन्काई खोला तटिय बस्ती भेलामुनीमा युवा सामाजिक अभियान्ता एनि ब्रान्ड का संचालक सन्तोष थोप्रा लिम्बु ले लत्ताकपडा वितरण गर्नु भएको छ। भोलि लालपानी क्षेत्रमा जाने जानकारी समेत दिनु भएको छ ।

06/10/2025

🌟🌟
लगातार दुई दिनसम्म परेको अविरल वर्षा र कठिन परिस्थितीबीच पनि भालुखोला क्षेत्रको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा खटिनुहुने शिवसताक्षी ओपन स्काउट क्रुका सदस्यहरू, स्काउट मास्टरहरू र रोभर रेंजरहरूलाई हार्दिक धन्यवाद 🙏

Highway Update: पुर्व पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिकाको भालु खोला डाइभर्सनबाट यातायात सुचारू भएको छ ।
06/10/2025

Highway Update: पुर्व पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिकाको भालु खोला डाइभर्सनबाट यातायात सुचारू भएको छ ।

06/10/2025

शिवसताक्षिको भालु खोलामा भत्किएको पुल मर्मत भैइ एशियन हाईवे खुलि सकेको जानकारी

06/10/2025

पुर्वामा हिजोबाट वर्षा हुन कम भएसंगै माईखोला आफ्नो सामान्य रुपमा फर्किएको छ ।

05/10/2025

विपतको समयमा आफै उद्दारमा सक्रिय शिवसताक्षी न पा मेयर साप मेघाहाङ थोप्रा लिम्बू।

भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन शनिबारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई माई र दुधेबीचको...
05/10/2025

भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन
शनिबारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई माई र दुधेबीचको भालुखोला डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएपछि वैकल्पिक बाटोमा सवारीसाधनको लामो लाइन लागेको छ । असहज अवस्थामा नेपाल स्काउट अन्तर्गत Shivasatakshi Open Scout Crew का स्वयंसेवकहरूले सवारी आवागमनलाई सहजीकरण गराउन सहयोग गर्दै।

तस्बिरहरू :Shivasatakshi Open Scout Crew

Address

Shivasatakshi
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Shivasatakshi Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share