Eps Nepal

Eps Nepal Remember that, this is not an official page of Eps Nepal or HRD korea.

तपाईंले यस पेजमा EPS सम्बन्धी सबै जानकारी पाउन सक्नुहुनेछ।
कृपया ध्यान दिनुहोस्, यो EPS Nepal वा HRD Korea को अधिकारिक पेज होइन।

You may find all Information about EPS on this page.

10/11/2025

Manufacturing EPS TOPIK 2025 परीक्षा सम्बन्धी केहि जानकारीहरु;

- जम्मा परीक्षार्थी: ६७,२९७ जना

- परीक्षा सुरु मिति: २०८२ मंसिर ०१ (17 November, 2025)

- परीक्षा सकिने मिति: २०८२ माघ २७ (10 February, 2026)

- बायोमेट्रिक गर्नुपर्ने मिति: आफ्नो परीक्षा दिनको अघिल्लो दिन

- बायोमेट्रिक गर्ने स्थान: इपिएस कोरिया शाखा कार्यालय, ग्वार्को, ललितपुर

- परीक्षा सञ्चालन हुने स्थान: UBT परीक्षा भवन, भैंसेपाटी, ललितपुर (राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भवन)

- बायोमेट्रिक र परीक्षामा उपस्थित हुँदा आवश्यक कागजातहरु: सक्कल राहदानी (Passport) र प्रवेश पत्रको रङ्गिन प्रति

- परीक्षा भवनमा पुग्नुपर्ने समय: आफ्नो परीक्षा समय भन्दा २ घण्टा अगावै

- Agriculture & Livestock तर्फको परीक्षा: Manufacturing तर्फ परीक्षा समाप्त भएपछि मात्र यस तर्फ सुचना प्रकाशन हुनेछ।

नोट: परीक्षा तालिकाको लिङ्क, बायोमेट्रिक स्थान र परीक्षा भवनको Google Map लिङ्क कमेन्टमा राखिएको छ।

Manufacturing तर्फ इपिएस शाखा, ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। मिति २०८२‌ मंसिर ०१ गते (17 November, 2025)...
10/11/2025

Manufacturing तर्फ इपिएस शाखा, ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। मिति २०८२‌ मंसिर ०१ गते (17 November, 2025) बाट परीक्षा सञ्चालन हुनेछ। Agriculture & Livestock तर्फ भने Manufacturing तर्फ परीक्षा सकिएपछि सुचना आउनेछ।

तालिका हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।

Manufacturing तर्फ परीक्षा तालिका Update!!!HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको ...
10/11/2025

Manufacturing तर्फ परीक्षा तालिका Update!!!

HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।

अन्य विस्तृत जानकारी सहितको तालिका इपिएस शाखा ग्वार्कोद्वारा पुनः प्रकाशन हुनेछ।

HRD Korea ले आज Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गर्ने Schedule राखेता पनि यो आज प्रकाशित तालिकामा दैनिक परीक्ष...
10/11/2025

HRD Korea ले आज Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गर्ने Schedule राखेता पनि यो आज प्रकाशित तालिकामा दैनिक परीक्षा Shift मध्ये पाँचौं Shift को मात्र प्रकाशन भएको छ। दैनिक पाँच Shift मा हुने परीक्षाको पाँचौं Shift को मात्र तालिका प्रकाशन भएकाले पहिलो, दोश्रो, तेश्रो र चौथौ Shift को तालिका पुनः अपडेट हुनेछ। यो पोष्ट लेख्दासम्म पाँचौं Shift बाहेकको नामावली वेबसाइटमा भेटिदैन।

इपिएस शाखा ग्वार्कोद्वारा तालिका प्रकाशन नभएसम्म HRD Korea को वेबसाइटमा पुर्ण रुपमा आधारित नहुनुहोला। यो वेबसाइटमा केहिबेर मै फरक फरक अपडेट भईरहेका हुन्छन्, त्यसर्थ इपिएस शाखा, ग्वार्कोको सुचना पर्खनुहोला।

P.S.: HRD Korea वेबसाइटमा पुनः सबै तालिका देखाउन थालेको छ। The 4th recruitment of the Point system in Nepal_Manufacturing मा पहिलो देखि चौथो Shift र The recruitment of the Point System in Nepal_Manufacturing(2) मा पाँचौं Shift तालिका हेर्न सकिनेछ। लिङ्क कमेन्टमा राखिएको छ।

इपिएस शाखा ग्वार्कोले प्रकाशन गरे अनुसार Labour Contract सम्बन्धी जानकारी।
09/11/2025

इपिएस शाखा ग्वार्कोले प्रकाशन गरे अनुसार Labour Contract सम्बन्धी जानकारी।

09/11/2025

मिति २०८२ कार्तिक २३, २४ र २६ गते ( 09, 10 & 12 November, 2025 ) का दिन दक्षिण कोरिया तर्फ Eps मार्फत रोजगारीका निमित्त उडान भर्नुहुने नेपाली Eps कामदार प्रति धेरै धेरै बधाई, शुभयात्रा भन्दै कार्यकालको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।☺️🎉

08/11/2025

भोली प्रधानमन्त्री समक्ष पिडित पक्ष र इपिएस पक्षको भेट र‌ छलफल हुने कुरा बुझिएको छ। त्यस छलफलमा प्रत्येक सेक्टरबाट जाने प्रतिनिधिले आफ्नो सेक्टरको समस्या र त्यस समस्याको समाधानको उपाय तथ्य सहित सभ्य र शान्त रुपमा प्रस्तुत गर्नुहोला। आशा गरौँ नेपाल सरकार र कोरियन सरकारले तपाईंहरुको आवाज सुन्नेछ, पिडा बुझ्नेछ।

साथै हाम्रो यो पेज इपिएसको आधिकारिक फेसबुक पेज होइन। हामी तपाईं समक्ष इपिएस सम्बन्धी जानकारीहरु प्रस्तुत मात्र गर्दछौँ। केहि व्यक्तिहरुले यस पेजलाई इपिएसको आधिकारिक फेसबुक पेज मानेर इपिएस सम्बन्धी गुनासो गर्नुहुने भएकाले यस पेजलाई इपिएसको आधिकारिक फेसबुक पेज नमान्नुहुन अनुरोध छ। तर इपिएस सम्बन्धी हाम्रो पहुँचमा रहेका सबै सुचना प्रदान गरिरहने छौँ। ति सुचनाहरु चाहिँ आधिकारिक हुन्छन् र हुनेछन्।

रोष्टर विवरण।
08/11/2025

रोष्टर विवरण।

06/11/2025

आज धेरै मिडियामा इपिएसको ढिलासुस्ती सम्बन्धी समाचार आए। तर त्यहाँ सन् २०२५ मा उत्तीर्ण १७ हजार पिडित व्यक्तिहरु भनेर लेखियो, तर सन् २०२२ मा परीक्षा फाराम भरेका Agriculture, सन् २०२३ मा परीक्षा दिएर उत्तीर्ण भएका Shipbuilding र सन् २०२३/२४ मा परीक्षा दिएर उत्तीर्ण भएका CBT तर्फको कुरा समेटिएन। यहाँ सन् २०२२ देखि पर्खिरहेका व्यक्तिहरु हुनुहुन्छ। सबैलाई न्यायपुर्ण व्यवहार गरियोस्। समाचार लेख्दा सबैलाई समेट्नुहुन‌ अनुरोध छ।

06/11/2025

आज इपिएस प्रमुखले भन्नुभएको कुरा।

सभ्य तरिकाले माग राख्नुहोला। इपिएस र श्रम मन्त्रालयले इपिएस पासरको जायज मागहरु पहिचान गरि अविलम्ब समस्या समाधान तर्फ कदम...
06/11/2025

सभ्य तरिकाले माग राख्नुहोला। इपिएस र श्रम मन्त्रालयले इपिएस पासरको जायज मागहरु पहिचान गरि अविलम्ब समस्या समाधान तर्फ कदम चाल्नुहुन अनुरोध गर्दछौँ। PM Sushila Karki श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

Photo: Himalaya TV

Manufacturing तर्फ परीक्षा तालिका November 10 मा आउने भनी HRD Korea ले आफ्नो वेबसाइटमा पुनः अपडेट गरेको छ। तर इपिएस शाखा...
06/11/2025

Manufacturing तर्फ परीक्षा तालिका November 10 मा आउने भनी HRD Korea ले आफ्नो वेबसाइटमा पुनः अपडेट गरेको छ। तर इपिएस शाखा ग्वार्कोबाट यो भन्दा फरक मितिमा पनि तालिका सार्वजनिक हुनसक्छ। अथवा यहि मितिमा पनि तालिका सार्वजनिक हुनसक्छ। इपिएस शाखा, ग्वार्कोबाट सुचना नआउन्जेल यसलाई अन्तिम निर्णय मान्न सकिँदैन।

Address

Jhapa
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Eps Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share