09/05/2026
भोलि परदेश उड्न लागेका एक युवाको कथाले अहिले धेरैको मन रुवाएको छ। घरमा सम्पत्तिको नाममा केवल साहुको ऋण र झुप्रो घर मात्र छ। विदेश जानका लागि लुगा प्याक गर्ने एउटा 'सुटकेस' समेत किन्ने पैसा नभएपछि ती युवा पुरानो जेब्रामा सामान बाँधेर हिँड्न तयार भएका छन्।
रुँदै गरेका बुवा-आमालाई सम्झाउँदै ती युवाले भने, "बा, सुटकेस नभए के भो र? म विदेश पुगेर रगत-पसिना बगाउनेछु र घरको सबै ऋण चुक्ता गरेर हाम्रो बारी फुकुवा गराउनेछु।"
विदाईको समयमा उनले आफ्नो व्यक्तिगत सुखभन्दा परिवारको भविष्य ठूलो भएको बताउँदै परदेश लागेका छन्। ती युवाको यो हिम्मत र बाध्यताले वैदेशिक रोजगारीमा जाने हजारौँ नेपालीहरूको यथार्थ चित्रण गरेको छ।