Jhapa.com

Jhapa.com जनताको आवाज, सत्यको पहरेदार।
स्थानीयदेखि विश्वसम्मका तथ्यपरक र विश्वसनीय समाचारको स्रोत।

दार्चुलामा विद्यालयकै आवासमा प्रधानाध्यापको  मृत्यु थप विवरण आउन बाकी :
19/05/2026

दार्चुलामा विद्यालयकै आवासमा प्रधानाध्यापको मृत्यु
थप विवरण आउन बाकी :

आज को काटुन दुर्गा प्रसाई पक्राउ परेका छन्न ।..
19/05/2026

आज को काटुन
दुर्गा प्रसाई पक्राउ परेका छन्न ।..

19/05/2026

सांसद आकृति अवस्थीले १० रुपैयाँको मोबाइल बैं’किङ शु’ल्कले बोझ थप्ने र डिजिटल बैंकिङलाई निरुत्साहित गर्ने भन्दै यसको समीक्षा गर्न आग्रह गरेकी छन्।😲

Send a message to learn more

कनकाई का युवाहरूले देखाएको एकता, मेहनत र सामाजिक सेवाप्रतिको समर्पण साँच्चै प्रेरणादायी बन्यो । एक हप्तासम्म सञ्चालन गरि...
19/05/2026

कनकाई का युवाहरूले देखाएको एकता, मेहनत र सामाजिक सेवाप्रतिको समर्पण साँच्चै प्रेरणादायी बन्यो ।

एक हप्तासम्म सञ्चालन गरिएको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
सफा वातावरण, स्वस्थ समाज र जिम्मेवार नागरिकताको सन्देश फैलाउँदै युवाहरूले सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गरेका छन् ।
“सफा सुरुङ्गा, हाम्रो पहिचान” भन्ने सन्देशलाई आत्मसात गर्दै युवाहरूको यो अभियान उदाहरणीय बनेको छ ।

दमकमा एक पुरुष मृत अवस्थामा फेला : झापाको दमक नगरपालिका–८ निवासी पीताम्बर खड्का मृत अवस्थामा फेला पर्नुभएको छ। सामाजिक स...
19/05/2026

दमकमा एक पुरुष मृत अवस्थामा फेला : झापाको दमक नगरपालिका–८ निवासी पीताम्बर खड्का मृत अवस्थामा फेला पर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूलाई मेन्सन गर्दै मानसिक पीडा झल्किने भावुक स्टाटस पोस्ट गरेको केही समयपछि उहाँको निधन भएको घटना सार्वजनिक भएको हो।घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ। श्रद्धाञ्जली। 🕊️

🌞 शुभ बिहानी 🙏आजको दिन पवित्र, सुखद र मंगलमय रहोस्।बराहक्षेत्र को दिव्य आशीर्वादलेसबैको जीवनमा शान्ति, सकारात्मक ऊर्जा र...
19/05/2026

🌞 शुभ बिहानी 🙏
आजको दिन पवित्र, सुखद र मंगलमय रहोस्।
बराहक्षेत्र को दिव्य आशीर्वादले
सबैको जीवनमा शान्ति, सकारात्मक ऊर्जा र सफलताको प्रकाश फैलियोस्। 🕉️❤️

काभ्रेमा मोसो बाँसको विस्तार हुँदैवन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहलले २०६४ सालमा परीक्षणका लागि धनेश्वर बैकिवा ...
18/05/2026

काभ्रेमा मोसो बाँसको विस्तार हुँदै

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहलले २०६४ सालमा परीक्षणका लागि धनेश्वर बैकिवा सामुदायिक वन, काभ्रेमा मोसो प्रजातिको चिनियाँ बाँस रोपण गरेको थियो । त्यसयता यस क्षेत्रमा मोसो बाँसको विस्तार क्रमिक रूपमा हुँदै आएको छ ।

यसबारे थप जानकारीका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ:
- सुनिता उलक: ९८५१२४२७३९
- बद्रि अधिकारी: ९८४९८५८९५४

Dairy Development Corporation (डिडिसि) कुनै समय नेपाली भान्साको भरोसायोग्य र लोकप्रिय ब्राण्ड थियो। डिडिसिको दूध, दही, घ...
17/05/2026

Dairy Development Corporation (डिडिसि) कुनै समय नेपाली भान्साको भरोसायोग्य र लोकप्रिय ब्राण्ड थियो। डिडिसिको दूध, दही, घ्यू, बटर र चिज धेरै परिवारको दैनिक जीवनसँग जोडिएको थियो।
२०६२/६३ पछि राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, निजी डेरी उद्योगको बढ्दो प्रभाव र सरकारी उदासीनताले डिडिसि विस्तारै कमजोर बन्दै गएको महसुस धेरै उपभोक्ताले गरेका छन्। पोखरा लगायतका शहरमा उत्पादन र वितरण घटेपछि निजी ब्राण्डले बजार कब्जा गर्न थालेको देखियो।
एक समय “डिडिसिको दूधको बास्ना” भन्ने छुट्टै पहिचान थियो। अहिले पनि धेरैलाई त्यो स्वाद र गुणस्तर सम्झना आउँछ। सरकारी संस्थान भएकाले किसानसँग प्रत्यक्ष जोडिने र स्वदेशी उत्पादनलाई टिकाइराख्ने यसको भूमिका महत्वपूर्ण थियो।
आज सामाजिक सञ्जालमा फेरि डिडिसिको चर्चा हुनु भनेको नेपालीहरूले अझै पनि यो ब्राण्डसँग भावनात्मक सम्बन्ध राखेको संकेत हो। यदि राम्रो व्यवस्थापन, पारदर्शिता र आधुनिक बजार रणनीति अपनाइयो भने डिडिसिले फेरि पुरानो विश्वास फर्काउन सक्छ भन्ने आशा धेरैको छ।
तपाईंले डिडिसिको कुन उत्पादन बढी प्रयोग गर्नुहुन्थ्यो — दूध, दही, घ्यू कि चिज?

सफा सुरुङ्गा, हाम्रो पहिचानझापाको Surunga बजार क्षेत्रलाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित “सुरुङ्गा सरसफाइ स...
17/05/2026

सफा सुरुङ्गा, हाम्रो पहिचान

झापाको Surunga बजार क्षेत्रलाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित “सुरुङ्गा सरसफाइ सप्ताह अभियान” सञ्चालन भइरहेको छ । सामाजिक संघसंस्था, व्यवसायी, युवा समूह तथा सर्वसाधारणको संयुक्त सहभागितामा अभियान अघि बढाइएको हो ।
अभियानअन्तर्गत बजार क्षेत्र, सडक, सार्वजनिक स्थल तथा नालाहरूको सरसफाइ गरिनुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
यस अभियानमा इच्छुक व्यक्ति, संघसंस्था तथा युवाहरूले समेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ । स्वच्छ, हरियाली र सुन्दर सुरुङ्गा निर्माणका लागि सबैलाई अभियानमा जोडिन आग्रह गरिएको छ ।
Jhapa.com
Diwas Karki

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा Butwal मा भूमिहीन तथा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहर...
17/05/2026

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा Butwal मा भूमिहीन तथा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले “हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध ?” भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । विरोध र्‍याली राजमार्ग चौराहाबाट सुरु भएर ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको बताइएको छ ।
Jhapa.com

झापा गाउँपालिका–२ मा कृषि बजार जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटझापा गाउँपालिका वडा नं. २ स्थित कृषि बजारको नाममा रह...
14/05/2026

झापा गाउँपालिका–२ मा कृषि बजार जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेट

झापा गाउँपालिका वडा नं. २ स्थित कृषि बजारको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा हटाउन वडा कार्यालयले ३५ दिने सूचना जारी गरेको छ।
वडा कार्यालयका अनुसार उक्त सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित पक्षलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो।
सूचनामा तोकिएको समयसीमाभित्र अतिक्रमित संरचना खाली नगरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

Address

नेपाल
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Jhapa.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share