23/03/2025
दमक ३ मा रेबिज लागेकाे कुकुरले १४ वटा चाैपायलाई टाेक्याे
- चाैपाय धनी ३२ जनालाई लगाईयाे रेबिजकाे सुई
दमक ३ स्थित दुम्सेमा गत फागुन १४ गते एउटा कुकुरले १४ वटा चाैपायलाई टाेकेकाे थियाे । जसमा कुकुरले टाेकेकाे २ दिनमै एउटा र पछि अर्काे गरि २ वटा गाई मरेका छन् भने टाेक्ने कुकुरलाई स्थानीयहरुले मारिसकेका छन् । उक्त कुकुरले टाेकेका अन्य चाैपायहरुमा पनि र्याल काड्ने, तर्सिने, पानी खाेले तथा खाने कुराहरु केही नखाने लगायतकाे समस्या देखिएपछि रेबिजकाे शंखा गरी स्थानीयहरुले दमक नगरपालिकाकाे पशुपंक्षी शाखाकाे टाेलीलाई खबर गरी उक्त टाेलीले मरेकाे गाईकाे मासु ल्याबबाट टेस्ट गर्दा रेबिज पुष्टि भएकाे बताइएकाे छ ।
हाल दमक नगरपालिकाकाे स्वास्थ्य शाखाले ३२ जना ती चाैपाय धनीहरुलाई दमक अस्पतालमा ल्याएर पहिलाे डाेजकाे रेबिजकाे खाेप लगाएकाे छ । दाेस्राे डाेज आइतबार लगाइने दमक नपाकाे स्वास्थ्य शाखाले जानकारी गराएकाेछ ।
अहिले सम्म प्राप्त जानकारी अनुसार मृत्यु हुने चौपाया मध्ये
१: दमक ३ दुम्से निवासी मान बहादुर कुरुम्बाङ १ थान गाई मृत्यु भएको
२: दमक ३ दुम्से निवासी मनमाया राई १ थान बहर गोरु मृत्यु भएको
३: दमक ३ दुम्से निवासी रविन आङदेम्बे १ थान गाई मर्न लागेको अवस्था, साथै अन्य चौपाया पनि निरीक्षणमा राखिएको छ ।
यता दमक नपाका मेयर राम थापाले पीडित परिवारकाे पहिचान गरी ती परिवारलाई खाेप मात्र नभएर उचित राहत समेत बितरण गर्ने बताएका छन्।