JhapaKhabar

JhapaKhabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JhapaKhabar, Media/News Company, birtamode 9 jhapa, Jhapa District.
(1)

प्रसिद्धि मिडिया प्रा. लि. द्वारा सञ्चालित सबै समाचारको एउटै पोको ।
प्रा.लि.नं. २७९४३२/०७८/०७९
स्थायी लेखा नं. ६१०१७१६३५
सुचना तथा प्रसारण बिभाग दर्ता प्रमाणपत्र नं. ४४२६–२०८०/२०८१

05/08/2026
05/08/2026

झापा । अधिकांश मानिस सर्प देख्नासाथ भाग्छन् । सर्पले खेदेर टोक्ने हो कि ? यो बिषालु हो या अबिषालु होला ? यी र यस्ता अ....

05/08/2026

कुन सर्प विषालु, कुन अविषालु? सर्प देखेपछि के गर्ने?
सर्पको सही पहिचान, सुरक्षित उद्धार र अपनाउनुपर्ने सावधानीबारे उपयोगी जानकारी। पूरा भिडियो हेर्नुहोस्।
#झापाखबर

04/08/2026

सर्प देखिएको सूचना पाउनासाथ उद्धारका लागि पुग्ने बिरेन्द्र तिवारी। झापाभरि घर–घर पुगेर सर्पको सुरक्षित उद्धार गर्दै जंगलमा छाड्ने उनको सेवाले धेरैको ज्यान जोगाएको छ। उनको प्रेरणादायी यात्रा हेर्न पूरा भिडियो हेर्नुहोस्।

04/08/2026

झापाको अर्जुनधारा नगरपालिका माहानन्दचोक स्थित एक ग्यास पसलमा सेवाग्राहीको भिडभाड । खाना पकाउने ग्यासकै अभाव हुँदा समेत सरकार बेखबर रहेको सेवाग्राहीको गुनासो ।

04/08/2026

झापाको गौरीगञ्ज गाउँपालिका–३ नमुना टोलमा चुल्होको आगो सल्किँदा एक भान्सा घर जलेर नष्ट भएको छ।
मंगलबार राति करिब ११ बजे गणेश लाल महत्तोको टिनको छानो र बाँसको टाटी भएको एकतले भान्सा घरमा चुल्होको आगो सल्किएर आगलागी भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी नायब निरीक्षक देवराज दाहालको कमाण्डमा ७ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभए पनि भान्सा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

03/08/2026

झापाको बुद्धशान्ती गाउँपालिका–५ स्थित गडिगाउँ स्कुल चोकमा नालीमा बग्दै गरेका दुई जनालाई स्थानीयवासीले उद्धार गरेका छन्। मोटरसाइकल दुर्घटनापछि नालीमा बगेका उनीहरूलाई उद्धार गरी उपचारका लागि तत्काल बिर्तामोड पठाइएको थियो।
साँझ करिब ६:२० बजे प्र.१–०१–०१७ प २०७६ नम्बरको एनएस (NS) मोटरसाइकल दुर्घटनामा पर्दा धुलाबारी निवासी ३६ वर्षीय अमर राई गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय अहुदा लामिछाने सामान्य घाइते भएकी छन्।
सञ्चारकर्मी आयुष निरौलाका अनुसार दुर्घटनापछि दुवै जना नालीमा बग्दै गरेको अवस्थामा स्थानीयवासीले उद्धार गरेका थिए। दुर्घटनाग्रस्त मोटरसाइकल भने बुद्धशान्ती गाउँपालिका–६ सन्तपुर क्षेत्रमा लडेको अवस्थामा फेला परेको जनाइएको छ।
घाइते दुवै जनाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे जानकारी दिँदै टिमाई बेस क्याम्पका शस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र ठाकुरले घाइतेहरू धुलाबारी निवासी रहेको पुष्टि गर्नुभयो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

03/08/2026

श्री चुल्ठे शान्तिनगर सामुदायिक वनद्धारा पशुपालन अनुदान वितरण तथा गोष्ठी सम्पन्न ।

03/08/2026

कन्काई–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु।

03/08/2026

भगवान् शिवप्रतिको अटल आस्था, श्रद्धा र भक्तिले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
महादेवको कृपा सधैँ सबैमाथि रहिरहोस्।
हर हर महादेव! ॐ नमः शिवाय। 🙏
#हरहरमहादेव #ॐनमःशिवाय #साउनकोतेस्रोसोमबार #साउनकोसोमबार #महादेव #शिवभक्ति #सनातनधर्म

Address

Birtamode 9 Jhapa
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when JhapaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JhapaKhabar:

Shortcuts

Share