Saptarangi FM 101.6 mhz Jhapa

Saptarangi FM 101.6 mhz Jhapa दमक झापामा अबस्थित saptarangi fm 101.6 mhz को आधिका?

यो एफ.एम. बिबिध जात,जाती,भाषा,भाषी,कला,संस्कृतीको संगम जस्तो देखिन्छ ।यही यथार्थतालाई मनन् गर्दै एफ.एमले बिबिध जातजाती,भाषाभाषीको कला,संस्कृती र परम्परा झल्किने एवं पूर्वी पहाड एवं तराइका ऐतिहासिक तथा पुरातत्विक महत्व रहेका स्थानहरुको पहिचान झल्कने सप्तरङ्गी गाथा हरेक दिन बिहान पौने ५बजे प्रसारण गर्ने गरेको छ ।सबै जातजाती तथा भाषा भाषीको प्रतिनिधित्व हुने सप्तरङ्गी गाथा एफ.एम.को मौलिक पहचिान हो । � यसका साथै एफ एमले स्थानिय भाषामा समाचार प्रसारण गर्ने लक्ष्य अनुसार तथा धिमाल भाषाको समाचार प्रत्येक दिन प्रसारण गर्दै आइरहेको छ ।यसका अतिरिक्त बिभिन्न जातजातिका मौलिक कला,संस्कृतीलाई प्रर्वद्धन गर्ने खालका शिक्षामुलक तथा जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रसारण गरी रहेको छ �।लोपोन्मुख अवश्थामा रहेका बिबिध जातजातीका कला संस्कृतिलाई संरक्षण गर्ने तर्फ हामी प्रतिबद्ध रहेको एफएमले जनाएको छ ।
लक्षित श्रोता

यस एफ.एम.ले हरेक बर्ग,क्षेत्र,समुदाय,जात जातीलाई उत्तिकै प्राथमिकता दिदै आएको छ ।बालबालिका, यूवा, बृद्धबृद्धा, दलित, महिला, आदीबासी, जनजाती, मधेसी सबैलाई समेट्ने गरी कार्यक्रम प्रसारण गरीरहेको छ ।सबै नागरिक आफना लक्षित साथी हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै एफएमले सबै बर्ग क्षेत्र,लिङ्ग,समुृदाय प्रति लक्षित भएर कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । गतबर्ष देखि एफएमले आफनो प्रसारण क्षमतामा केही बृद्धी गरेको छ ।जसले गर्दा उसको प्रसारण क्षेत्र पनि बढेको छ ।जस्तै भोजपुर,खोटाङ,धनकुटा,तेह्रथुमसम्मका श्रोताले सप्तरङ्गी एफ.एम.सुन्न सक्ने भएका छन् । एफ.एम.ले गरेको श्रोता सर्भेक्षणको आधारमा २०लाख श्रोता भएको दाबी गरेको छ ।

सञ्चार संस्थासंगको समन्वय

एफएमले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार संस्थाहरुसंग सम्पर्क,समन्वय र सम्बन्ध सुदृढ गर्ने कार्यलाई निरन्तरता दिइरहेको देखिन्छ ।यस एफ.एमको बिकासका लागी काठमाण्डौमा रहेको सगरमाथा एफ.एम,कम्यूनिकेसन कर्नर,इक्वेल एक्सेस,सर्च फर कमन ग्राउण्ड,एण्टेना फाउण्डेसन,प्रो पब्लिक,बि.बि.सी,वल्र्ड ट्रष्ट जस्ता संस्थाहरुसंग सहकार्य गरेको देखिन्छ ।यि संस्थाहरुले उत्पादन गरेका जनहितका निम्ती उत्पादन गरेका कार्यक्रमहरुलाई उपयूक्त स्थान दिई प्रसारण गरेर पूर्वाञ्चलका स्रोतालाई राजधानी र पश्चिम नेपालसंग जोडेको देखिन्छ ।

08/09/2026

सुर्खेतमा रेस्क्यु नेटवर्क नेपालको प्राथमिक उपचार तालिम सम्पन्न !!!

07/09/2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा दमक ९ पूर्वेली टोलमा दीप प्रज्ज्वलन !!

07/09/2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति कांग्रेस दमक–५ को श्रद्धाञ्जली !!

07/09/2026

भोटेकोशी बाढीपीडितका लागि दमकका किराना ब्यवसायी विष्णु शाहको एक लाख एक हजार रुपैयाँ सहयोग !!

07/09/2026

भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमकले एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने !!

06/09/2026

निष्कर्ष न्यूजका सम्पादक तथा सञ्चालक विष्णु पौडेल धरमपुर बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित !!

सप्तरङ्गी एफ.एम. दमक/भदौ २१/दमक जेसिज वर्ष २०२६ ले आयोजना गरेको जेसी सप्ताह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।जेसी स...
06/09/2026

सप्तरङ्गी एफ.एम. दमक/भदौ २१/
दमक जेसिज वर्ष २०२६ ले आयोजना गरेको जेसी सप्ताह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
जेसी सप्ताहअन्तर्गत विद्यालयका चालक तथा सहचालकहरूका लागि आयोजना गरिएको स्कूल यातायात सुरक्षा जागरूकता तालिम तथा सप्ताह समापन कार्यक्रम दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सप्ताहअन्तर्गत सार्वजनिक वक्तृत्वकला अर्थात् पब्लिक स्पिकिङ तालिम, सामुदायिक विद्यालयका विद्यार्थीहरूको दुर्घटना बीमा, पब्लिक लाइब्रेरी निर्माण, ओपन ब्याडमिन्टन टुर्नामेन्टलगायतका कार्यक्रम सञ्चालन गरिएको दमक जेसिजका कानुनी सल्लाहकार विशाल अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, रेफ्रिजरेटर हस्तान्तरण, पिउने पानी तथा मोही वितरण र दमकमा आयोजित श्रीकृष्ण रथयात्रामा स्वयंसेवक परिचालनलगायतका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
सप्ताह समापन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं तथा दमक जेसिज बोर्ड अफ ट्रस्टीका अध्यक्ष गन्जबहादुर दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दमक जेसिजका पूर्वअध्यक्षहरू सञ्जीव बराल, कमल कटुवाल, नरेन्द्र बराल र सुयोग खरेल तथा सिनेटर राजकुमार भट्टराई, सीता कार्की र निवर्तमान अध्यक्ष सहदेव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका चालक तथा सहचालकहरूलाई सुरक्षित विद्यालय यातायात सञ्चालन, विद्यार्थीको सुरक्षाप्रति चालकको जिम्मेवारी तथा सम्भावित दुर्घटना न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको जनाइएको छ ।

सप्तरङ्गी एफ.एम. दमक/भदौ २१/झापाको दमक नगरपालीका वडा नम्बर –९ मा युवा, ज्येष्ठ नागरिक तथा बाल समूहको आयोजनामा भएको रक्तद...
06/09/2026

सप्तरङ्गी एफ.एम. दमक/भदौ २१/
झापाको दमक नगरपालीका वडा नम्बर –९ मा युवा, ज्येष्ठ नागरिक तथा बाल समूहको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत सङ्कलन गरिएको छ ।
आज २१ गते आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक देवराज अधिकारीले गर्नुभएको थियो भने दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दमक नगरपालिकाको शिक्षा समिति सदस्य तथा कोशी प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराई, शिक्षासेवी तथा समाजसेवी दुर्गा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा दमक रेडक्रसको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो । स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पिताम्बर भण्डारीले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो ।
आयोजक युवा, ज्येष्ठ नागरिक तथा बाल समूह, दमक–९ले आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

05/09/2026

बिबिध कार्यक्रम सहित डाँफे सहकारीको १९ औं बार्षिक साधारणसभा सम्पन्न !!

03/09/2026

झापाको दमक–८ स्थित रोजिएट ब्राइट बोर्डिङ स्कुलका बिद्यार्थिहरुले श्री कृष्ण जन्माष्टमीमा प्रस्तुत गरे राधाकृष्ण नाटक !!

Address

Thana Road
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Saptarangi FM 101.6 mhz Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptarangi FM 101.6 mhz Jhapa:

Shortcuts

Share

Category