Padajungi Bhetghat Chautari

Padajungi Bhetghat Chautari पाडाजुङ्गी भेटघाट चौतारीमा यहाँहरु सबैलाई स्वागत छ 🙏❤️ Padajungibhetghatchautari

 #नोटः उहाको पार्थिव शरिरलाई आजै १२:३० बजे पछी पवित्र कन्काई माई घाटमा अन्त्येष्टीका लागी लगिने पारिवारिक स्रोतबाट जानका...
10/09/2026

#नोटः उहाको पार्थिव शरिरलाई आजै १२:३० बजे पछी पवित्र कन्काई माई घाटमा अन्त्येष्टीका लागी लगिने पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

करिब चालिस वर्षअघिको त्यो समय अझै पनि आँखा अगाडि झल्झली नाच्छ, जहाँ पाडाजुङ्गी चोकको मध्य भागमा उभिएको त्यो ठुलो पिपलको ...
07/09/2026

करिब चालिस वर्षअघिको त्यो समय अझै पनि आँखा अगाडि झल्झली नाच्छ, जहाँ पाडाजुङ्गी चोकको मध्य भागमा उभिएको त्यो ठुलो पिपलको रुख केवल एउटा चौतारी मात्र थिएन, सिङ्गो गाउँको जीवन र उत्सवको केन्द्र थियो। पिपलको छहारीमुनि रहेको फलैचा नै हाम्रा खुसी र जमघटको साक्षी बन्थ्यो। त्यही फलैचालाई सिँगारेर मञ्च बनाइन्थ्यो र कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण गाउँ उत्सवमय बन्थ्यो। पूजाअर्चनाको भक्तिभावपूर्ण वातावरणपछि कृष्णको मूर्तिलाई बाजागाजा र नाचगानका साथ रिक्सामा राखेर रतुवा खोलामा लगेर विसर्जन गर्दाको दृश्य साँच्चै नै अद्भूत र अविस्मरणीय हुन्थ्यो।
त्यस पर्वमा बालबालिकादेखि वृद्धवृद्धाहरूसम्मको उत्साहजनक सहभागिताले गाउँलाई एउटै परिवारजस्तै जोड्थ्यो। उत्सवका खेलकुदहरू त झनै रोमाञ्चक हुन्थे। तेल घसिएको बाँसको चिप्लो लिङ्गो ठड्याएर टुप्पोमा बाँधिएको रिबन चुम्न युवाहरूले गर्ने सङ्घर्ष र माथि पुगेर विजेता बन्दाको त्यो खुसी बयान गरिसाध्य छैन। आँखामा पट्टी बाँधेर माटोको हन्डी फुटाउने होडबाजी, भाले जुधाइ र डोरी तान्ने घम्साघम्सीले चौतारीवरपर हाँसो र हुटिङको माहोल सिर्जना गर्थ्यो। समयको बहावसँगै धेरै कुराहरू बदलिए पनि रतुवा खोलाको सिरटो र पिपलको चौतारीमा बिताएका ती पुराना यादहरू आज पनि उत्तिकै ताजा र आत्मीय बनेर मनमा बसिरहेका छन्।

झापाको कमल-५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भब्य रूपमा सम्पन्न भएको छ। सं...
05/09/2026

झापाको कमल-५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भब्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सेर बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित प्रशिक्षणमूलक उक्त साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव बिनोद ढकाल प्रमुख प्रशिक्षक रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सन्जय कुमार कुमालले गर्नुभएको थियो। सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी र सदस्यहरूका साथै शेयर सदस्यहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी संस्थाका ब्यवस्थापक रेवत गुरुङले दिनुभयो।
साधारण सभामा प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको सेयर पुँजी १५ हजार ८ सय रुपैयाँले वृद्धि भई २ करोड ७३ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ। सोही अवधिमा संस्थाको कुल निक्षेप ९ करोड ७५ लाख ८४ हजार ३८ रुपैयाँ र कुल ऋण लगानी ११ करोड ७६ लाख १३ हजार ८ सय ४४ रुपैयाँ रहेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल आम्दानी १ करोड ४८ लाख ६४ हजार ८ सय ५१ रुपैयाँ र कुल कारोबार १६ करोड ७७ लाख ४ हजार ८ सय २८ रुपैयाँ पुगेको कोषाध्यक्ष रण बहादुर बराईलीले जानकारी दिनुभयो।
१६ औँ साधारण सभाको सुखद अवसरमा संस्थाको प्रगतिमा महत्त्वपूर्ण योगदान पुऱ्याउने उत्कृष्ट कारोबार गर्ने सदस्यहरू, उत्कृष्ट बाल बचतकर्ताहरूका साथै २०८३ को एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुन सफल शेयर सदस्यका छोराछोरीहरूलाई नगदसहित सम्मान तथा प्रोत्साहन पत्र प्रदान गरिएको थियो।

लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कमल-५ द्वारा संचालित तेस्रो आयोजनाको आज एक विशेष कार्यक्रमका बीच भव्य शुभारम्...
03/09/2026

लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कमल-५ द्वारा संचालित तेस्रो आयोजनाको आज एक विशेष कार्यक्रमका बीच भव्य शुभारम्भ भएको छ। स्थानीय बासिन्दालाई स्वच्छ, सुरक्षित र निरन्तर खानेपानी पहुँच पुर्‍याउने दीर्घकालीन लक्ष्यका साथ यो आयोजना अघि बढाइएको हो।
यस आयोजनाको सफल सञ्चालनसँगै कमल गाउँपालिका वडा नं. ५ राजमार्ग उत्तरका धेरै घरधुरीमा खानेपानीको समस्या समाधान हुने विश्वास लिइएको छ। उपभोक्ता समितिको निरन्तर प्रयास, स्थानीयको सक्रिय सहभागिता र सम्बन्धित निकायको सहयोगका कारण आयोजना निर्माण कार्यले पूर्णता पाएको हो।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Padajungi Bhetghat Chautari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share