19/02/2023
क्षणिक उज्यालो
--------------------
अझै अन्धकार छ
मेरो बस्तीमा
जुनकीरी मात्र
मात्र जुनकीरी
जो हिजो पनि थिए
बल्दैछन आज पनि
बस्ती बासिको
टाउकोमा टेकेर
सिमित ठगहरु
माथी डांडामा
चम्किलो अनि न्यानो उज्यालो
ताप्दैछन्,खाँदैछन्
अनि
डकार्दैछन्
टाउकोमा कफन बाँधेर
त्यो
बोल्न नसकिने
सुन्न नसकिने
अनि
देख्न नसकिने
निष्पट्ट अन्धकार डढाउन
यात्रा तय भयो
अामाले छोरा गुमाईन्
बच्चाहरू टुहुरा बनाएर
उज्यालोको निम्ति
बाबुले ज्यान समर्पण गरे
अाँट,जोस
र
प्रगतिका झिल्काहरु
मसाल बनेपछि
डढ्यो अन्धकार
पोखियो बस्तीमा उज्यालो
बज्र पर्नु भन्दा अघाडिको
उज्यालो झैँ
निमिषमा हरायो
सिमित ठगहरुको मुठ्ठीमा
साँगुरियो उज्यालो
मेरो बस्ती
झुठा अनि भ्रमित
अाश्वासन खाएर
यथास्थिति मै
जीवनशैली गुजार्दैछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭