Routine Of Rong Banda

Routine Of Rong Banda RORB मा स्वागत छ — नवीनतम समाचार, प्रचलनमा रहेका कथाहरू, प्रेरणादायी भिडियो र निरन्तर मनोरञ्जनको लागि तपाईंको विश्वसनीय स्रोत।

11/09/2026

रोङ बिद्युत् अप्डेट !!
गए रातीदेखिको वर्षा र हावाहुरीका कारण अवरुद्ध बिद्युत् प्रसारण लाइनको निर्माण कार्य जारी!
बेलुकासम्म हेरौं।

मलामी जाने सम्बन्धी सूचना ‼️ इलामको रोङ गाउँपालिका–२, बदमटार निवासी देवराज रिमालकी धर्मपत्नी भिमादेवी रिमालको आज मिति २०...
11/09/2026

मलामी जाने सम्बन्धी सूचना ‼️
इलामको रोङ गाउँपालिका–२, बदमटार निवासी देवराज रिमालकी धर्मपत्नी भिमादेवी रिमालको आज मिति २०८३/०५/२६ गते बिहान ६:०७ बजे झापास्थित निजी निवासमा दुःखद निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएकी स्वर्गीय रिमालको पार्थिव शरीरको आजै कनकाई आर्यघाट, कोटीहवनमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। यस दुःखद घडीमा सम्पूर्ण आफन्तजन, बन्धुबान्धव तथा शुभेच्छुकहरूलाई मलामी तथा अन्तिम श्रद्धाञ्जलीका लागि जानकारी गराइएको छ। थप जानकारीका लागि: खगेन्द्र प्रसाद दाहाल, सम्पर्क नं. ९८१४९४१६६४। स्वर्गीय भिमादेवी रिमालप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

रोङ–५ मा सुधारिएको फलामे चुलो वितरण सम्पन्न ‼️वातावरण संरक्षण शिविर (ECCA Nepal) र रोङ गाउँपालिकाको संयुक्त सहकार्यमा सञ...
10/09/2026

रोङ–५ मा सुधारिएको फलामे चुलो वितरण सम्पन्न ‼️
वातावरण संरक्षण शिविर (ECCA Nepal) र रोङ गाउँपालिकाको संयुक्त सहकार्यमा सञ्चालित ‘स्वच्छ हावा चुलो कार्यक्रम’ अन्तर्गत रोङ गाउँपालिका–५ स्थित वडा कार्यालय, इरौटारमा हिजो २०८३ भाद्र २४ र आज भाद्र २५ गते सुधारिएको फलामे चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। धुवाँमुक्त भान्सा निर्माण गर्दै नागरिकको स्वास्थ्य संरक्षण तथा स्वच्छ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत स्थानीय लाभग्राहीहरूलाई सुधारिएको फलामे चुलो वितरण गरिएको हो। कार्यक्रमले परम्परागत चुलोबाट हुने अत्यधिक धुवाँको समस्या न्यूनीकरण गर्दै स्वच्छ हावा र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।❤️

रोङ गाउँपालिकाद्वारा वडाबासीलाई बितरण गरिएको सुधारिएको चुलो कस्तो लाग्यो त ❓️सर्वेक्षणमा तपाईंको नामावली टिपोट गरेर बितर...
10/09/2026

रोङ गाउँपालिकाद्वारा वडाबासीलाई बितरण गरिएको सुधारिएको चुलो कस्तो लाग्यो त ❓️
सर्वेक्षणमा तपाईंको नामावली टिपोट गरेर बितरण गर्ने बेला नाम गायब त भएको छैन ❓️

Great Work❤️🙏फरक शैलीमा जन्मदिन मनाइन् बदमटार टोल विकास संस्थाकी देविका कार्की नेपालले ‼️इलामको रोङ–२ स्थित बदमटार टोल व...
10/09/2026

Great Work❤️🙏
फरक शैलीमा जन्मदिन मनाइन् बदमटार टोल विकास संस्थाकी देविका कार्की नेपालले ‼️
इलामको रोङ–२ स्थित बदमटार टोल विकास संस्थाकी सचिव देविका कार्की नेपालले गत भदौ २३ गते मंगलबार आफ्नो जन्मदिन फरक र सिर्जनात्मक ढंगले मनाएकी छन्। जन्मदिनको अवसरमा उनले संस्थाका सम्पूर्ण पदाधिकारीलाई संस्थाको नाम र लोगो अंकित टिसर्ट वितरण गरेकी हुन्। हरेक वर्ष आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउँदै आएकी देविकाले यसपटक संस्थाको पहिचान, एकता र आत्मीयतालाई प्राथमिकता दिँदै टिसर्ट वितरण गरेको बताइन्। उनका अनुसार यो कुनै स्टन्ट वा लोकप्रियता हासिल गर्ने उद्देश्यले नभई संस्थाको पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको प्रयास हो। समाजसेवी भावनाकी देविका दर्जनौँ संघसंस्थामा आबद्ध रहँदै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय बन्दै आएकी छन्। व्यक्तिगत खुसीलाई सामाजिक भावना र संस्थागत एकतासँग जोड्दै मनाइएको उनको यो जन्मदिनले सकारात्मक सन्देश दिएको छ। देविका कार्की नेपालको आगामी दिन अझ सुखद, सफल र प्रेरणादायी बन्दै जाओस्।
शुभकामना 👏

हार्दिक बधाई ❤️🙏शिक्षा सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ।
10/09/2026

हार्दिक बधाई ❤️🙏
शिक्षा सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ।

09/09/2026
हाम्रो तर्फबाट पनि शुभकामना
09/09/2026

हाम्रो तर्फबाट पनि शुभकामना

कोशी प्रदेश, इलामको उत्कृष्ट खुल्ला विद्यालयमा सरुवा हुनुहोस्
09/09/2026

कोशी प्रदेश, इलामको उत्कृष्ट खुल्ला विद्यालयमा सरुवा हुनुहोस्

Address

Surunga
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rong Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share