ejhapa.com

ejhapa.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ejhapa.com, Media/News Company, Jhapa, Jhapa District.

बिर्तामोड, १६ असार : बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठक...
30/06/2025

बिर्तामोड, १६ असार : बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ।

नीति तथा बजेट पारित र प्रतिवेदनहरूको अनुमोदन: नगर सभाका सभाध्यक्षबाट बैठकको प्रारम्भ भएको घोषणा गरिएसँगै असार ९ गतेको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बजेट, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ माथि सदस्यहरूले व्यापक छलफल गरी आफ्ना विचार राखेका थिए। छलफलपश्चात् सभाध्यक्षले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

बैठकले बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई नगरको पहिलो ५ वर्षे नगर आवधिक योजनासँग तादात्म्य कायम गरी दीर्घकालीन दृष्टिकोणका साथ सर्वसम्मत पारित गरेको छ। त्यसैगरी, गत असार ९ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गर्नुभएको बजेट, योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ लाई पनि सर्वसम्मत पारित गर्ने निर्णय भएको छ।

यसका साथै, न्यायिक समिति, अर्थ तथा सार्वजनिक लेखा समिति, सुशासन तथा क्षमता विकास समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र विधेयक समितिका आर्थिक वर्ष २०८१/०८२ का प्रतिवेदनहरू पनि सर्वसम्मत पारित गरिएको छ।

बिर्तामोड नगरपालिकाले असार ९ गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

 #हर्कटेमालायन्स_क्लब_अफ_बिर्तामोड_सिटीको_पदहस्तान्तरणहर्कटे, इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको वर्ष सन् २०२५–२६ का...
30/06/2025

#हर्कटेमालायन्स_क्लब_अफ_बिर्तामोड_सिटीको_पदहस्तान्तरण

हर्कटे, इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको वर्ष सन् २०२५–२६ का लागि निर्वाचित समितिलाई पदहस्तान्तरण गरिएकाे छ ।

आइतबार साँझ इलामको प्रसिद्ध पर्यटकीय स्थल हर्कटेमा आयोजित कार्यक्रमकाबिच राजकुमार गुप्ताको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गिरएकाे हो ।

गुप्ताको नेतृत्वमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा सञ्जय चौधरी, द्वितीय उपाध्यक्षमा पदम बहादुर पुरी (प्रकाश), तृतीय उपाध्यक्षमा लक्ष्मण खड्का (प्रेम),सचिवमा दीपक साफी र कोषाध्यक्षमा शंकर भगत चयन हुनुभएको थियो ।

क्लबका संस्थापक अध्यक्ष निरज ओलीको प्रमुख आतिथ्य तथा वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बानियाँले नयाँ निर्वाचित अध्यक्ष गुप्तालाई लायन्स क्लबको विधि अनुसार पद हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष गुप्ताले वर्ष २०२५–२६ मा क्लबलाई सामाजिक उत्तरदायित्वप्रति थप क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह, सरकारी निकाय र संघसंस्थासँग समन्वय गर्दै जनसेवामूलक कार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

त्यसअघि, तत्कालीन अध्यक्ष उपेन्द्र बानियाँले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै सबैको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू मनोज बानियाँ, घनश्याम चौधरी, रामेश्वर दुवेदी, दुर्गा थपलिया लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमकाे सञ्चालन क्लबका निवर्तमान सचिव लक्ष्मण खड्का (प्रेम)ले गर्नुभएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरू र विभिन्न जिम्मेवारीमा रहेका अतिथिहरूको उपस्थिति रहेको थियो।

26/06/2025

#मोरङको_भाउन्ने_देखि_लक्ष्मीमार्गसम्म_एसियन_हाइवे_पिच..

सार्क राष्ट्रहरूलाई आपसी सम्पर्कमा ल्याउने उद्देश्यसहित निर्माण भइरहेको एसियन हाइवे अन्तर्गत मोरङको भाउन्नेदेखि लक्ष्मीमार्गसम्मको करिब २ किलोमिटर सडक खण्ड पहिलो चरणमा पिच गरिएको छ।
यस अन्तर्राष्ट्रिय महत्वको सडकले व्यापार, पर्यटन र यातायात सञ्जालमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।

24/06/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुद्धशान्ति गाउँ समितिले भिजिट भिसाको नाममा भइरहेका दुरुपयोग, मानव तस्करी र त्यसमा सत्तासीन नेताहरूको संलग्नताप्रति गम्भीर आपत्ति जनाउँदै आज बुद्धशान्ति गाउँपालिका अध्यक्षमार्फत ज्ञापनपत्र बुझाएको छ।

बुद्धशान्ति, झापा —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुद्धशान्ति गाउँ समितिले भिजिट भिसाको नाममा भइरहेका दुरुपयोग, मा...
24/06/2025

बुद्धशान्ति, झापा —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुद्धशान्ति गाउँ समितिले भिजिट भिसाको नाममा भइरहेका दुरुपयोग, मानव तस्करी र त्यसमा सत्तासीन नेताहरूको संलग्नताप्रति गम्भीर आपत्ति जनाउँदै आज बुद्धशान्ति गाउँपालिका अध्यक्षमार्फत ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमार्फत पार्टीले विदेशमा रहेका युवाहरूको वेदनाप्रति ऐक्यबद्धता जनाउँदै, राज्य संयन्त्रप्रति जनअपेक्षा व्यक्त गरेको छ भने स्थानीय तहमा जरा गाडेर बसेका दलाल प्रवृत्तिविरुद्ध स्पष्ट र कडा जनदबाव पनि प्रस्तुत गरेको छ। पार्टीको धारणा ब्यक्त गर्दै यी तीन तहमा व्याप्त समस्या समाधान बिना न त मानव तस्करीको चक्र रोक्न सकिन्छ, न त राज्यप्रति जनविश्वास पुनःस्थापित गर्न नै सकिन्छ ।

रास्वपा बुद्धशान्ति सभापति दीपक भट्टराईको नेतृत्वमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडालाई बुझाइएको हो। सभापति भट्टराईले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीलाई केवल व्यक्तिगत लाचारिका घटना भनेर हेर्न नहुने उल्लेख गर्दै भने: “यो सञ्जाल राज्य संयन्त्रको लापरवाही र सत्तासीन संरचनाको संरक्षणमा चलिरहेको आपराधिक मिलेमतो हो। स्थानीय सरकार हाम्रो आवाजको प्रारम्भिक माध्यम हो। यहाँबाट सुरु भएको चासोले केन्द्रसम्म दबाब सिर्जना गर्नेछ भन्ने आशा छ।”

रास्वपा बुद्धशान्तिका उपसभापति कृष्ण ढकालले भने:
“हामी चुप लाग्नेवाला छैनौं। अन्याय जहाँ हुन्छ, प्रतिरोध त्यहीँ जरुरी हुन्छ। दोषी जहाँ छन्, तिनीहरू उजागर गरिन्छन् र गरिनुपर्छ।”

उपसभापति ढकालले स्थानीय तहमा मौन सहमतिमा काम गरिरहेका मानव तस्करीका एजेन्टहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई निषेध गर्नुपर्ने माग पुन दोहोर्याएका छन् ।

रास्वपा बुद्धशान्तिले ज्ञापनपत्रमार्फत दोषीमाथि कारबाही गर, पीडितको संरक्षण गर।” भन्ने सन्देश
स्थानीयदेखि केन्द्रसम्म पठाएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा बुद्धशान्तिका सबै वडाका सभापति, रास्वपाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

22/06/2025

झापा बुद्धशान्तिमा रहेको कमेरे माउन्टेन पर्यापर्यटनको
औपचारिक रुपमा समुदघाटन भएको छ ।

कमेरे पर्यापर्यटनको औपचारिक रुपमा पुर्ब मन्त्री तथा साम्सद अनिसा झागरले समुद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी झागरले पर्यापर्यटनको लागि आर्थिक बर्षका लागि ५ लाख ५० हजार बजेट छुट्याइएको पनि उद्घोष पनि गर्नुभयो ।

झापा बुद्धशान्तिमा रहेको कमेरे माउन्टेन पर्यापर्यटनकोऔपचारिक रुपमा समुदघाटन भएको छ ।कमेरे पर्यापर्यटनको औपचारिक रुपमा पु...
22/06/2025

झापा बुद्धशान्तिमा रहेको कमेरे माउन्टेन पर्यापर्यटनको
औपचारिक रुपमा समुदघाटन भएको छ ।

कमेरे पर्यापर्यटनको औपचारिक रुपमा पुर्ब मन्त्री तथा साम्सद अनिसा झागरले समुद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी झागरले पर्यापर्यटनको लागि आर्थिक बर्षका लागि ५ लाख ५० हजार बजेट छुट्याइएको पनि उद्घोष पनि गर्नुभयो ।

यसअघि प्रदेशका पुर्ब बन तथा वातावरण राज्य मन्त्री अनिसा झागरको सहजीकरणमा करिव १६ लाखमा कमेरे माउन्टेन पर्यटकीय क्षेत्रमा तीन वटा गोल घर, महिला र पुरुष शौचालय निर्माण , खानेपानीको ब्यवस्था र बिजुलिको काम पनि सम्पन्न भईसकेको छ । निर्माण सम्पन्न भई सकेका संरचना संरक्षणका लागी तारजाली पनि लगाईएको अध्यक्ष प्रदिप देव खतिवडाले बताए ।

कोषी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको श्री चुल्ठे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खतिवडाले बताए । अध्यक्ष खतिवडाका अनुसार पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय स्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्न श्री चुल्ठे शान्तिनगर सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धन थालिएको हो।

यस कार्यक्रमबाट पर्यापर्यटन प्रवद्र्धनसँगै वनको दिगो व्यवस्थापन र संरक्षणमा टेवा पुगेको छ”, उनले भने, “स्थानीय उपभोक्तालाई उद्यमशील बन्न पनि यसले प्रेरित गरेको छ।”
पर्या–पर्यटनअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र हरित उद्यान, पदमार्ग निर्माण र संरक्षणलगायत कार्य हुँदै आएका छन्।

“सामुदायिक वनलाई खाली घाँस, दाउरामा मात्र सीमित नगरेर नयाँ उद्यम र आम्दानीसँग जोड्नुपर्छ भन्ने मान्यतामा पर्या–पर्यटनको अवधारणा सुरु भएको हो”, अध्यक्ष खतिवडाले भने, “कार्यक्रमको प्रभावकारिता बढाउन स्थानीय उपभोक्तालाई पर्या–पर्यटनबारे अझै बुझाउनुपर्ने खाँचो छ, समुहले यसलाई निरन्तरता दिन्छ।”

वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्या–पर्यटनका गतिविधि सञ्चालन भइरहेको वनले जनाएको छ। सामुदायिक वनका सचीव चुडामणि न्यौपानेले पर्या–पर्यटन प्रवद्र्धन सुरु भएपछि सामुदायिक वनमा आम्दानीको नयाँ बाटो खुलेको बताए।

“पहिले सामुदायिक वनमा अन्य गतिविधि गर्न बन्देज थियो, अहिले पर्या–पर्यटन सञ्चालन भएपछि स्थानीय उपभोक्ता आयआर्जनमा जोडिएका छन्, वनमा आधारित नयाँ पर्यटकीय गन्तव्यको विकास भइरहेको छ”, उनले भने, “वन उद्यमसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढ्न थालेका छन्, यसबाट वन व्यवस्थापनमा पनि सहयोग पुग्ने आशा छ।”

“अहिले घुम्ने संस्कृति बढिरहेका बेला पर्या–पर्यटन पनि देशको समृद्धिका लागि एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ”, उनले भने, “पर्या–पर्यटनमा लगानी र क्षमता विकासमा राज्यले जोड दिनुपर्छ।”

सोही कार्यक्रमका बिच उपभोक्ता परिसरमा रहेका ४ वटा बिध्यालयका ४/४ जना गरिव तथा जेहेन्दार बिध्यार्थिलाई नगद २ हजार १ सय रुपैयाँका दरले सम्मान पनि गरिएको थियो ।

कमेरे पर्यापर्यटन कार्यक्रममा रोङ गाउँपालिका ५ का अध्यक्ष दल बहादुर पुलामी मगर, बुद्धशान्ति ६ का वडाध्यक्ष शिवराज पौडेल, गडिगाउँ मा.बि. का प्र.अ. घनश्याम आचार्य, बनका पुर्ब अध्यक्ष धन बहादुर श्रेष्ठ, नेकपा बुद्धशान्तिका अध्यक्ष प्रेम नेङ्बाङ लगायतले शुभकामना मन्तब राख्नु हुँदै कठिन परिस्थितिमा पनि वनले गरेको गतिबिधिको प्रशम्सा गर्नु भयो ।

उपाध्यक्ष पबित्रा ढकाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव चुडामणी न्यौपानेले गर्नु भएको थियो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।आज एक...
22/06/2025

बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।

आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो।

त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसून्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। उहाँले गएको वर्षदेखि एक जना बालशिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जादले दुआ पढ्नुभएको थियो। मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ।

मोरङको लेटाङ नगरपालिका–३ मा गएराति परेको चट्याङ लागेर एक हल गोरु मरेका छन्।स्थानीय दल बहादुर लिम्बूको गोठ अगाडि बाँधिएका...
22/06/2025

मोरङको लेटाङ नगरपालिका–३ मा गएराति परेको चट्याङ लागेर एक हल गोरु मरेका छन्।

स्थानीय दल बहादुर लिम्बूको गोठ अगाडि बाँधिएका हल गोरु गए राति करिब २ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर मरेका हुन्।

अचानक परेको चट्याङले गोठ नजिकै बाँधिएका गोरुमा ठोक्किँदा घटनास्थलमै दुबै गोरुको ज्यान गएको परिवारले जनाएको छ।

एक हल गोरुको मूल्य लाखौँ पर्ने हुँदा लिम्बू परिवारलाई आर्थिक क्षति भएको छ। घटनापछि स्थानीय वडाध्यक्ष र प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेका छन्।

बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्...
15/06/2025

बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ ।
५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो ।
विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३० रुपैयाँमा प्लम तथा सव बेसको काम भएको थियो । ओजस इन्जिनियरिङ सोलुसन प्रा.लिले बैशाख ३० गते अघि काम सम्पन्न गरेको थियो ।

चालु आर्थिक वर्षमा बिर्तामोड नगरपालिका भित्र भौतिक तथा पूर्वाधारका क्षेत्रमा साना ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।

बिर्तामोड, ३० जेठ : नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रम...
13/06/2025

बिर्तामोड, ३० जेठ : नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्नु भयो । भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै राजदुत सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैच्छिक सामाग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केहि दिन अघि झापा आउनु भएको थियो ।

राजदुत सोङ्गले यस अघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गर्नु भएको छ । यस्तै उहाँले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४ सय जना विद्यार्थीलाई स्टेशनरीसहित व्याग वितरण गर्नुका साथै दुर्गा मा.वि, शुक्रराज आ.वि र देवकोटा आ.विका १०/१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृति प्रदान गर्नु भएको थियो ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा आयोजित स्वागत सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र,
वडाअध्यक्ष, कार्यपालिका सदस्य, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई लगायत एमाले नेताहरुको उपस्थिति रहेको थियो ।

बिर्तामोड,३० जेठ :  बिर्तामोड नगरपालिकाले 'सिकाइ उपलब्धि सुधार अभियान- २०८१' को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का ...
13/06/2025

बिर्तामोड,३० जेठ : बिर्तामोड नगरपालिकाले 'सिकाइ उपलब्धि सुधार अभियान- २०८१' को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन्।

लक्ष्य हासिल र चुनौती:
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यले मात्र उपलब्धि हासिल हुने बताउनुभयो। उहाँले कक्षा ८ को नतिजा अनुसार गणित, विज्ञान र सामाजिक विषयमा गुणस्तर कमजोर देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताउनु भयो। यद्यपि, माथिल्लो कक्षा पढ्न पाउने विद्यार्थीको सङ्ख्यामा सुधार आएको र गत वर्ष ९६ प्रतिशत रहेकोमा यस वर्ष ९७ प्रतिशत पुगेको जानकारी दिनुभयो।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गत साल प्रतिवद्धता गरिएका ६९ देखि ९१ सम्मका सिकाइ उपलब्धि लक्ष्य हासिल गरिएको जानकारी दिनुभयो। उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन पक्ष सबैको संयुक्त प्रयासले मात्र सिकाइ उपलब्धि हासिल हुने र त्यसबाट नगरपालिकाले पनि सफलताको जस लिने अवसर मिल्नेमा जोड दिनुभयो।

शिक्षा अधिकृत लासाङ तामाङले नगरपालिकाले शिक्षाको गुणस्तरका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसबाट सिकाइ उपलब्धि वृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शैक्षिक सत्र २०८२ का लागि प्रतिबद्धता पत्र:
कार्यक्रममा सिकाइ उपलब्धि सुधारका लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग 'प्रतिबद्धता पत्र-२०८२' मा हस्ताक्षर गराइएको छ। यस प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू यसप्रकार छन्:

१. सिकाइ उपलब्धि सुधार अभियान - २०८१ का प्रतिबद्धताहरू र कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तर कार्यान्वयन गर्ने।
२. विद्यालयबाट शिक्षक तालिममा गएर फर्किएपछि सिकेका मुख्य विषयवस्तुहरू कक्षाकोठामा पूर्णरूपमा उपयोग गर्ने शिक्षकको कार्ययोजना सहितको प्रतिबद्धताको अभिलेख तालिम पुस्तिकामा राखी सोको अनुगमन प्रधानाध्यापकले गर्ने।

३. शिक्षकले गर्ने कार्यमूलक अनुसन्धान र घटना अध्ययन लगायतका अनुसन्धानको प्रमाणित अभिलेख पुस्तिका राखी त्यस्ता अनुसन्धानबाट आएका निष्कर्ष तथा योजना शिक्षण सिकाइमा प्रयोग भए/नभएको प्रभावकारी अनुगमन गर्ने।

४. प्रत्येक कक्षाकोठालाई विद्यार्थीको सहभागितामा शिक्षण सिकाइसँग सम्बन्धित सामग्रीहरू निर्माण गरी कक्षाकोठाको सजावट गर्ने र सिकाइमा प्रयोग गर्ने।

५. अघिल्लो परीक्षाको नतिजालाई आधार मानेर हरेक विषय शिक्षकलाई एक वर्षमा विषयगत सिकाइ उपलब्धि कति वृद्धि गर्ने भन्ने लक्ष्य निर्धारण गरी कार्यान्वयनको योजना सहितको शिक्षण सुधार गर्ने।

कार्यक्रममा मोहनमाया माविका विज्ञान शिक्षक लब तामाङ र लिटल फ्लावर्स अंग्रेजी माविकी अंग्रेजी शिक्षक प्रभा पराजुली शर्मालाई सम्मान गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संस्थागत विद्यालयहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नगर क्षेत्रका सबै अगुवा शिक्षकहरूको उपस्थिति रहेको थियो।

Address

Jhapa
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when ejhapa.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share