Gatha Media Network

Gatha Media Network Official page of Gatha Media Network Pvt. Ltd.

काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा आगजनी, तोडफोडको आरोपमा थप १ जना पक्राउ
05/05/2025

काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा आगजनी, तोडफोडको आरोपमा थप १ जना पक्राउ

जादु चलाएमा नयाँ सरकार बन्न सक्ने तर आफू अहिले सरकारमा नजाने प्रचण्डको भनाइ
05/05/2025

जादु चलाएमा नयाँ सरकार बन्न सक्ने तर आफू अहिले सरकारमा नजाने प्रचण्डको भनाइ

भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् ।दुर्घटना सोमबार बिहान करिब २:३० बजे ...
05/05/2025

भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् ।
दुर्घटना सोमबार बिहान करिब २:३० बजे उत्तर प्रदेशको अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रको राष्ट्रिय राजमार्ग-९ मा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्डबाट दिल्लीतर्फ जाँदै गर्दा उनी सवार एमजी हेक्टर कार सडक किनारमा पार्क गरिएको कन्टेनरसँग ठोक्किएको थियो । दुर्घटनामा पवनदीप, उनका चालक राहुल सिंह बोहर र अर्का यात्रु अजय मेहरा गम्भीर घाइते भएका छन् । तीनै जना उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् ।
दुर्घटना चालक निदाएका कारण कारले तीव्र गतिमा पार्क गरेर राखिएको कन्टेनरसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ । दुर्घटनापछि, घाइतेहरूलाई तत्कालै सरकारी अस्पतालमा लगिएको थियो । तर, अवस्था गम्भीर देखिएपछि उनीहरूलाई मोरादाबाद हुँदै नोएडास्थित एक निजी अस्पतालको आईसीयूमा सारिएको छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंककमा रहेका वेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री त...
02/05/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंककमा रहेका वेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । यस विषयमा अनेक अड्कलबाजी भइरहेका वेला ओलीले देउवाकै सिफारिसमा तामाङलाई बर्खास्त गरेका कांग्रेसनिकट स्रोतले जानकारी दियो ।

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्...
02/05/2025

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) नियुक्त गरेका छन्। वर्तमान एनएसए माइक वाल्ट्जलाई पदबाट हटाएर संयुक्त राष्ट्र संघको राजदूतको रूपमा नियुक्त गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। ...
02/05/2025

अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको हो।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ।

२०७७ जेठ १० गते जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या भएको सोती घटनामा संलग्न २३ जनाको जन्मकैदको फैसला उच्च अदालतबाट पन...
01/05/2025

२०७७ जेठ १० गते जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या भएको सोती घटनामा संलग्न २३ जनाको जन्मकैदको फैसला उच्च अदालतबाट पनि सदर भएको छ ।
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जिल्ला अदालतको जन्मकैद फैसला सदर गरेको हो । न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जनाको जन्मकैद सदर गर्दै जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने नि...
01/05/2025

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका छन्।

01/05/2025

जसपा नेपालकी नेतृ डा. बबी सिंह यादवले नाच्दै यसरी गरिन् पेस्तोलबाट फायरिङ

बालेनसँग नेपालका लागि जापानका राजदूत मायादा तोरुको भेट भएको छ ।
01/05/2025

बालेनसँग नेपालका लागि जापानका राजदूत मायादा तोरुको भेट भएको छ ।

नेपाल सरकार र शिक्षक महासंघ बिच भएको ९ बुंदे सहमतिहरु। १. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निज...
01/05/2025

नेपाल सरकार र शिक्षक महासंघ बिच भएको ९ बुंदे सहमतिहरु।

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका शिक्षक – राहत, अस्थायी, करार, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आ.व २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घा'इते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकारहरु तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।

७ दिन भित्र दर्ता नगरे फेसबुक बन्द हुन्छः सुचना तथा संचार मन्त्री गुरुङ
25/04/2025

७ दिन भित्र दर्ता नगरे फेसबुक बन्द हुन्छः सुचना तथा संचार मन्त्री गुरुङ

Address

Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when Gatha Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share