Damak Info

Damak Info तपाईंलाई Top News Media Nepal Pvt.

Ltd. द्वारा सञ्चालित “Damak Info” मा हार्दिक स्वागत छ।
यदि तपाईंलाई कुनै समस्या, गुनासो, सुझाव दिनु छ वा आफ्नो कुनै पनि व्यापार/व्यवसायको विज्ञापनका लागि सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर:
📞9817094679
📞 9746975292 About Us
“Damak Info – A news and information page watched nationwide, delivering updates and insights from across the country.”

मानवीय सेवामा ईन्स्पायर इङ्गलिस स्कूलको साथ । रसुवा बाढीपीडित तथा भोटेकोशी खोलाको बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ...
11/09/2026

मानवीय सेवामा ईन्स्पायर इङ्गलिस स्कूलको साथ ।
रसुवा बाढीपीडित तथा भोटेकोशी खोलाको बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ रु. ५५,०००/- सहयोग
हालै आएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्र तथा भोटेकोशी खोलामा आएको बाढीबाट प्रभावित परिवारहरूले ठूलो कठिनाइ र पीडा भोगिरहेका छन्। यस्तो विषम परिस्थितिमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै ईन्स्पायर इङ्गलिस स्कूल, दमक–०१, झापा ले सहयोगको हात अघि बढाएको छ।
विद्यालयका विद्यार्थीहरू, शिक्षक–शिक्षिकाहरू तथा प्रशासनिक टोलीको सामूहिक पहल र योगदानबाट संकलित रु. ५५,०००/- (पचपन्न हजार रुपैयाँ) रसुवा तथा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि प्रदान गरिएको छ ।

11/09/2026

झापाका जेन्जी बस्नेतले नुवाकोटबाट गरे अपिल

11/09/2026

हंसे तुमसे सामुदायिक वनभित्र रुख काट्दै गर्ने क्रममा स्थानीय ले खबर गरेपछि तुरुन्तै वन समितिका टोलीहरू पुग्दा नपुग्दै तस्करहरू भागेका छन् , उनीहरूको खोज्ने क्रम जारी छ र रुख कटान गर्दै गरेको स्थानमा तस्करहरूको लत्ता कपडा झोला बस्ने म्याट डोरीहरू नाम्लोहरू बरामत गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहु...
10/09/2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह।

दमक ध्रुवतारा स्पोर्टिङ क्लब द्वारा इलाका प्रहरी कार्यालयलाई सवारी पार्किङ ग्यारेजको ट्रस निर्माण हस्तान्तरणदमक - जेन्जि...
10/09/2026

दमक ध्रुवतारा स्पोर्टिङ क्लब द्वारा इलाका प्रहरी कार्यालयलाई सवारी पार्किङ ग्यारेजको ट्रस निर्माण हस्तान्तरण
दमक - जेन्जि आन्दोलनको क्रममा क्षति पुगेको दमकस्थित इलाका प्रहरी कार्यालयको सवारी साधन पार्किङ व्यवस्थापनका लागि दमक ध्रुवतारा स्पोर्टिङ क्लबले आज एउटा ग्यारेजको ट्रस तयार गरी हस्तान्तरण गरेको छ।
क्लबको लोगोमा अंकित मूल नारा 'Never Think Alone...' लाई सार्थक बनाउँदै, सामाजिक उत्तरदायित्वको भावका साथ क्लबले २ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त ट्रस निर्माण गरेको हो।
आज आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका पदाधिकारीहरूले इलाका प्रहरी कार्यालय लाई ट्रस निर्माण हस्तान्तरण गरेका थिए। प्रहरी कार्यालयले क्लबको यस सहयोगप्रति आभार व्यक्त गरेको छ। क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

10/09/2026


अध्यक्षको चेतावनी, तुरुन्तै सुध्रिनुहोस् अन्यथा

10/09/2026

Damak Info दमक ६ मा नयाँ कोठा सरेकै रात दुई युवामाथि चक्कु प्रहार, तीन जना पक्राउ
​दमक १ मा कोठा भाडामा सरेकै पहिलो रात इलामको माङ्सेबुङ ६ घर भएका दुई युवामाथि धारिलो हतियार (चक्कु) प्रहार भएको छ। इलाम घर भई हाल दमक १ हवल्दार चोकमा नयाँ कोठा सरेर बसेका १९ वर्षीय जोन राई र १९ वर्षकै अङ्कित राईमाथि गएराति करिब १० बजे अज्ञात समूहले आक्रमण गरेको घाइतेकाे फुपू पुनम राईले जानकारी दिनुभएको हो।
​६ देखि ७ जनाको समूहमा आएका युवाहरूले एक्कासी चक्कु प्रहार गर्दा दुवैजना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये अङ्कित राईको टाउको र पछाडि ढाडमा गम्भीर चोट लागेको छ भने जोन राईको अगाडि छातीमा गम्भीर चोट लागेको राईले बताउनु भयाे।
​घाइते दुवैको हाल बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

09/09/2026

दमक नगरपालिका, झापा - Damak Municipality Official Damak Info
हमसेदुम्से सामुदायिक वन क्षेत्रबाट तस्करीको आशंकामा काठ बरामद, ।

खुसिको खबर!!!
09/09/2026

खुसिको खबर!!!

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Damak Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Info:

Shortcuts

Share