23/08/2026
चार लाख रुपैयाँ बराबरका मोटरसाइकलका पार्ट्स बरामद
झापा । सशस्त्र प्रहरी बल नेपालले विशेष सूचनाका आधारमा झापाको महेन्द्र राजमार्ग क्षेत्रमा चेकजाँचका क्रममा करिब चार लाख रुपैयाँ बराबरका मोटरसाइकलका स्पेयर पार्ट्स बरामद गरेको छ ।
आज आइतबार सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले शंकास्पद रूपमा लैजाँदै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका मोटरसाइकलका स्पेयर पार्ट्सको अनुमानित मूल्य करिब ४ लाख रुपैयाँ रहेको जनाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–निकासी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ ।