Jhapa Electricity Updates and News

Jhapa Electricity Updates and News ELECTRICITY NEWS

नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ए (Trishuli 3A) जलविद्युत केन्द्रमा सिर्जित भयावह स्थिति  छ🙏😭🙏माथिल्लो त्रिशुली १ (U...
28/08/2026

नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ए (Trishuli 3A) जलविद्युत केन्द्रमा सिर्जित भयावह स्थिति छ🙏😭🙏
माथिल्लो त्रिशुली १ (Upper Trishuli 1) मा उद्धार कार्य भए पनि त्रिशुली ३ए (Trishuli 3A) मा हालसम्म कुनै उद्धार भएको छैन।

त्रिशुली ३ए को भूमिगत पावरहाउस तथा सुरुङ (Tunnel) भित्र नेपाल विद्युत प्राधिकरणका करिब ३५ जना कर्मचारी थुनिएर जीवन-मरणको दोसाधमा हुनुहुन्छ।
सुरुङभित्र अक्सिजनको कमी र बढ्दो जोखिमका कारण प्रत्येक सेकेन्ड महत्त्वपूर्ण बनेको छ। ढिलाइ भए ठूलो मानवीय क्षति हुने निश्चित छ।
यसलाई 'सर्वोच्च प्राथमिकता' (Top Priority) मा राखी बकेट (Helibucket) सहितको उद्धार हेलिकप्टर तुरुन्त परिचालन गरियोस्।

सुरुङभित्र प्रवेश गर्न सक्ने विशेषज्ञ उद्धार टोली (Specialized Rescue Team) र उपकरण तुरुन्त पठाउने व्यवस्था गरियोस्।

Er Asha Khanal ma'am

27/08/2026

नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ । ❤️🙏

27/08/2026

132Kv system fail...

27/08/2026

कसैले सहयोग गरेको story/post हाल्दा देखाए जस्तो लाग्छ भने तपाईं पनि सहयोग गरेर देखाइदिनुस, अहिले देशलाई सहयोगको खाँचो छ। ❤️🙏

नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका...
27/08/2026

नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ । ❤️

विद्युत् अवरुद्ध हुने सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!मिति २०८३/०५/१२ गते शुक्रबार, एसियन हाईवेको अन्तर्गत धाइजन ढाँट आ...
27/08/2026

विद्युत् अवरुद्ध हुने सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!

मिति २०८३/०५/१२ गते शुक्रबार, एसियन हाईवेको अन्तर्गत धाइजन ढाँट आसपास डबल सर्किट ११ के.भी. लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले कन्ट्र्याक्टर सोहन कन्स्ट्रक्सनको अनुरोधमा धाइजन फिडरको विद्युत् आपूर्ति बन्द गरिने भएको छ।

🕗 समय: बिहान ०८:०० बजेदेखि बेलुका ०५:०० बजेसम्म

🔴 प्रभावित क्षेत्रहरू:
• कनिस्का धर्मकाँटा आसपास
• ढुकुरे खोला पूर्वका क्षेत्रहरू
• धाइजन ढाँट क्षेत्र
• चार्जिङ स्टेसन आसपास
• बानियाँ गाउँ
• तित्रीडाँगी
• लालिगुराँस खानेपानी आसपास
• बासबारी सामुदायिक आसपास
• कालिका सिमसार पूर्वका सम्पूर्ण क्षेत्रहरू

नोट: कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार छिटो सुचारु गरिनेछ।

यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण, धुलाबारी वितरण केन्द्र क्षमाप्रार्थी छ।

27/08/2026

खुसीको खबर, बिधुत प्राधिकरण
नुवाकोट वितरण केन्द्र का सम्पुर्ण कर्मचारी ज्युहरु सकुशल रहेको जानकारी प्राप्त भएको छ।

27/08/2026

नेपाल मा भोटेकोसी को बाढी कसरी आयो? Nepal Flood Reason . with 3 D Animation. Video by; Poudel.

खुसिको खबर....अपर त्रिशूली–१ मा कार्यरत इन्जिनियर धीरज साह सुरक्षित रहेको  खबर प्राप्त ..सुनसरी: रसुवाको भोटेकोशीमा आएको...
27/08/2026

खुसिको खबर....अपर त्रिशूली–१ मा कार्यरत इन्जिनियर धीरज साह सुरक्षित रहेको खबर प्राप्त ..

सुनसरी: रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका सुनसरीको रामधुनी–१ निवासी सिभिल इन्जिनियर धीरज साह सुरक्षित रहेको खबर प्राप्त भएको छ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा कार्यरत साह बाढी आएपछि परिवारसँग सम्पर्कविहीन भएका थिए। लामो समयसम्म सम्पर्क हुन नसकेपछि परिवारजन चिन्तित बनेका थिए।

सुनसरी क्षेत्र नं. ४ का सांसद दीपककुमार साहका स्वकीय सचिव त्रिलोकनाथ गुप्ताका अनुसार जलविद्युत् कम्पनीमा कार्यरत एक जिम्मेवार व्यक्तिले साह सुरक्षित स्थानमा रहेको जानकारी परिवारलाई गराएका हुन्।

यद्यपि साहसँग परिवारको प्रत्यक्ष सम्पर्क भने अझै हुन सकेको छैन। कम्पनीका जिम्मेवार व्यक्तिबाट उनी सुरक्षित रहेको जानकारी प्राप्त भएपछि परिवारले केही राहत महसुस गरेको गुप्ताले बताए।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण अपर त्रिशूली–१ आयोजनामा कार्यरत केही कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएको खबर सार्वजनिक भइरहेका बेला साह सुरक्षित रहेको जानकारी आएको हो।

27/08/2026

विद्युत् सेवा अवरुद्ध सम्बन्धी सूचना

११ के.भी. बिर्तामोड बजार फिडरमा फल्ट (Fault) आएको कारण विद्युत् सेवा अवरुद्ध भएको छ।

हाल फल्ट पत्ता लगाउने तथा मर्मत गर्ने कार्य जारी रहेको हुँदा विद्युत् सेवा केही समय अवरुद्ध रहनेछ।

मर्मत कार्य सम्पन्न भएपछि विद्युत् सेवा यथाशीघ्र सुचारु गरिनेछ।

नोट: प्राविधिक कार्यको अवस्थाअनुसार विद्युत् सेवा सुचारु हुन केही समय ढिलो वा चाँडो हुन सक्नेछ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Jhapa Electricity Updates and News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share