ISPL

ISPL Tax Preperation Services (Accounts and Tax management Consulting Company)

Illuminate ले नेपालीमा " #उज्यालो_पार्नु " भन्ने अर्थलाइे जनाउदछ । अर्थात यस ILLUMINATE SEWA ले तपाइेहरुको लेखा हिसाब , ब्यबसायको स्थिती , कर को स्थितीउपर उज्यालो पार्ने कार्य गर्दछ ।
हाम्रो लोगो चार समानान्तर घेरा भित्र भएको IS भन्ने शब्द रहेको छ । जस अनुरुप उक्त चार समानान्तर घेरा हरुले , लेखा ( ) ,कर ( ) ,ब्यबस्थापन ( ) र कानुन ( ) लाइे जनाउद छ भने बिचमा रह

ेको अक्षरले कम्पनीको नामको छोटकरीमा हुँने अक्षरलाइे जनाउदछ ।
पूर्णरुपमा कम्पनीको नाम उक्त चार समानान्तर रुपका घेरा हरुको बिचमा रहनुले यस illuminate sewa यिनै चार सेवाहरुको सेरोफेरोमा काम गर्ने भन्ने जनाउद छ ।

तलब बढ्यो🚨 श्रमिकको तलब बढ्यो ! 🚨अब नेपाली श्रमिकको न्यूनतम मासिक तलब रु. १९,५५० हुने भयो ।श्रम, रोजगार तथा सामाजिक सुरक...
17/07/2025

तलब बढ्यो

🚨 श्रमिकको तलब बढ्यो ! 🚨
अब नेपाली श्रमिकको न्यूनतम मासिक तलब रु. १९,५५० हुने भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेको हो।

यसअघि न्यूनतम तलब रु. १७,३०० मात्र थियो भने प्रतिघण्टा ज्याला रु. ८९ थियो।
अब सबै श्रमिकले यस नयाँ तलब दरअनुसार तलब पाउनु पर्नेछ। 👷‍♂️👷‍♀️💪

👉 जानकारी सबैसँग सेयर गरौं

जरुरी सूचना (आ.व. २०८१/८२ तेस्रो किस्ता कर बुझाउने सम्बन्धमा):आयकर ऐन, २०५८ अनुसार आ.व. २०८१/८२ को तेस्रो (अन्तिम) किस्त...
16/07/2025

जरुरी सूचना (आ.व. २०८१/८२ तेस्रो किस्ता कर बुझाउने सम्बन्धमा):
आयकर ऐन, २०५८ अनुसार आ.व. २०८१/८२ को तेस्रो (अन्तिम) किस्ताबापतको बाँकी कर रकम, TDS तथा अन्य बक्यौता २०८२ आषाढ मसान्तभित्र बुझाउनुहोस् । विलम्बमा शुल्क, ब्याज र जरिवाना लाग्नेछ ।
— आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापा

बिर्तामोड नगरपालिकाको राजस्व संकलन प्रणाली आ.व. २०८२/०८३ का लागि अध्यावधिक गर्ने कार्यका कारण मिति २०८२ श्रावण १ र २ गते...
16/07/2025

बिर्तामोड नगरपालिकाको राजस्व संकलन प्रणाली आ.व. २०८२/०८३ का लागि अध्यावधिक गर्ने कार्यका कारण मिति २०८२ श्रावण १ र २ गते राजस्व बुझिलिने कार्य बन्द रहनेछ।
सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ।
– बिर्तामोड नगरपालिका, राजस्व शाखा

  कर रकम र विवरण समयमा नबुझाएमा नियमानुसार शुल्क तथा जरिवाना लाग्नेछ। साथै, कर मिलानमा समस्या आउने र राज्यको राजस्व संकल...
16/07/2025

कर रकम र विवरण समयमा नबुझाएमा नियमानुसार शुल्क तथा जरिवाना लाग्नेछ। साथै, कर मिलानमा समस्या आउने र राज्यको राजस्व संकलनमा ढिलाइ हुने देखिएकोले:

👉 हालसम्म अग्रिम रुपमा कट्टी गरिएको कर रकम यो महिनाको मसान्तभित्र दाखिला गर्नुहोला।
👉 सम्बन्धित विवरण भने महिना समाप्त भएको २५ दिनभित्र E-TDS प्रणालीमा अनिवार्य रुपमा दाखिला गर्नुहोला।

कम्पनी ऐन,अनुसार, कम्पनीले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी CAMIS प्रणालीमार्फत अनलाइनमा पेश गरेमा जरिवानामा ९०% छुट...
16/07/2025

कम्पनी ऐन,अनुसार, कम्पनीले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी CAMIS प्रणालीमार्फत अनलाइनमा पेश गरेमा जरिवानामा ९०% छुट दिइनेछ।
निवेदन पेश गर्ने अन्तिम म्याद: असार ३२, २०८२, अपराह्न ५:०० भित्र।

अबदेखि सुन खरिद गर्दा अनिवार्य रूपमा निर्धारित ढाँचामा तयार गरिएको बिल लिनुपर्नेछ। अन्य कुनै स्वरूपका बिलहरू मान्य नहुने...
15/07/2025

अबदेखि सुन खरिद गर्दा अनिवार्य रूपमा निर्धारित ढाँचामा तयार गरिएको बिल लिनुपर्नेछ। अन्य कुनै स्वरूपका बिलहरू मान्य नहुने व्यवस्था गरिएको छ।

अबदेखि निकासी पैठारी संकेत नम्बर (EXIM Code) लिँदा तीन लाख रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्ने व्यवस्था हटाइएको छ।बैं...
03/07/2025

अबदेखि निकासी पैठारी संकेत नम्बर (EXIM Code) लिँदा तीन लाख रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्ने व्यवस्था हटाइएको छ।

बैंक तथा त्यसअन्तर्गतका शाखा कार्यालयहरूले EXIM कोड लिने प्रयोजनका लागि राखिएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गरिदिनुहुन,भन्सार विभागको मिति २०८२/०३/१९ को निर्णयअनुसार अनुरोध गरिन्छ।

29/05/2025

सूचना !! नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणामा उल्लेखित महत्वपूर्ण व्यवस्था (सूचना प्रविधि, उद्योग, कर छुट तथा सहुलियत सम्बन्धी) 📣

नेपाल सरकारको बजेट वक्तव्य २०८२/८३ मा तपाईँको व्यवसाय, उद्योग र कर व्यवस्थालाई सहज बनाउने महत्वपूर्ण प्रावधानहरू घोषणा गरिएको छ। यी व्यवस्था बारे जानकारी लिनुहोस्:

✅ विशेष उद्योग सरह छुट र सहुलियत:

सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिइनेछ।

✅ सूचना प्रविधि सेवा निर्यातमा कर छुट:

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा ७४% कर छुट।

नेपालमै बसेर विदेशमा सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५% मात्र अन्तिम आयकर।

✅ स्टार्टअपलाई आयकर छुट:

दश करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था।

✅ विशेष भन्सार छुट तथा कर छुट:

काठ सिजनिङ उद्योगलाई आवश्यक मिल/मेसिनरीको पैठारीमा १% मात्र भन्सार महसुल, अन्य कर छुट।

प्राङ्गारिक मल उत्पादनका उपकरणमा सबै कर हटाइने।

खेलकुद सामग्री, फुटबल, क्रिकेट र बहुउद्देश्यीय नर्सरी निर्माण उपकरणमा १% मात्र भन्सार महसुल।

ग्रीन हाइड्रोजन उत्पादन उद्योगलाई ४ वर्षसम्म आयकर छुट, उपकरणमा सबै कर छुट।

सौर्य र वायु ऊर्जासम्बन्धी उपकरणमा १% भन्सार महसुल मात्र।

ई-भेइकल चार्जिङ मेशिन निर्माण उद्योगलाई १० वर्षसम्म आयकर छुट, उपकरणमा १% मात्र भन्सार महसुल।

✅ सार्वजनिक/निजी पुराना गाडी कर छुट:

२० वर्षभन्दा पुराना सञ्चालन नहुने सवारी साधनको २ वर्षको आयकर बुझाए बाँकी कर छुट।

✅ निर्माणका उपकरणमा कर सहुलियत:

सडक, सिंचाइ, जलविद्युतका टनेल बोरिङ मेशिनमा १% मात्र भन्सार महसुल।

✅ डिजिटल भुक्तानी र ई-सेवामा प्रोत्साहन:

डिजिटल भुक्तानी सेवामा लाग्ने मूल्य अभिवृद्धि कर खारेज।

डिजिटल कारोबारमा सेवा करको आधार विस्तार।

✅ ट्रान्सपोर्ट व्यवसायको खर्च कटौतीको व्यवस्था:

अग्रिम कर कट्टी भएको ढुवानी भाडालाई खर्च कट्टी गर्न मिल्ने।

✅ आवश्यक वस्तुहरूमा कर छुट:

खाद्यान्न, गेडागुडी, फलफूल, दूधजन्य वस्तुमा अग्रिम आयकर हटाइने।

श्रवणशक्ति कमजोर व्यक्तिको श्रवणयन्त्रमा मूल्य अभिवृद्धि कर हटाइने।

✅ भन्सार र कर प्रणाली सुधार:

स्वचालित भन्सार मूल्यांकन प्रणाली।

इन्टेलिजेन्समा आधारित राजस्व अनुसन्धान।

निकासी/पैठारी गर्दा व्यावसायिक स्थलमै माल परीक्षण सुविधा।

✅ EXIM प्रक्रिया सरल:

उद्योगी/व्यवसायीका लागि EXIM कोड लिँदा रु. ३ लाखको बैंक ग्यारेन्टी हटाइने।

अस्थायी रुपमा भित्रिने सवारीसाधनमा स्थानीय शुल्क नलाग्ने व्यवस्था।

✅ अन्य कर सुधार र सहुलियतहरू:

न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेज।

कर विवरण नबुझाएका करदातालाई फरफारकको मौका।

विमान टिकट कारोबार गर्नेहरूले बक्यौता कर बुझाए जरिवाना मिनाहा।

अन्तःशुल्क र स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि।

✅ विद्युतिय सवारीलाई प्रोत्साहन:

विद्युतीय सवारी साधनमा सवै प्रकारका कर तथा महसुल यथावत, प्रोत्साहन यथेष्ट।

✅ अन्य महत्वपूर्ण व्यवस्था:

विदेशी मुद्रा ल्याउने सीमामा सहजीकरण (१००० USD वा सो बराबर, सोभन्दा बढी घोषणा आवश्यक)।

एम्बुलेन्सको मूल्य सीमा (१६ लाख) हटाइएको।

🔔 नोट: यो सूचना सरकारको बजेट दस्तावेजबाट संकलन गरिएको सारांश हो। सबै विवरण हेर्न अर्थ मन्त्रालयको आधिकारिक बजेट वक्तव्य हेर्नुहोस्।

📌 Source: नेपाल सरकार, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य

29/05/2025
अब, कर विवरण सही रूपमा बुझाएपछि, सोही दिनको मध्यरात (१२:०० बजे) पछि दर्ता निलम्बन स्वचालित रूपमा हट्नेछ।✅ कर बुझाउनुहोस्...
28/05/2025

अब, कर विवरण सही रूपमा बुझाएपछि, सोही दिनको मध्यरात (१२:०० बजे) पछि दर्ता निलम्बन स्वचालित रूपमा हट्नेछ।
✅ कर बुझाउनुहोस्
✅ विवरणहरू अद्यावधिक गर्नुहोस्
✅ अनि पर्खनुहोस् — प्रणालीले स्वचालित रूपमा निलम्बन हटाउँछ!

यो सूचना कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) को हो, जसअनुसार:२०८१/०२/१५  देखि पुरानो प्रणालीमा सबै इभेन्टहरू (Events) बन्...
25/05/2025

यो सूचना कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) को हो, जसअनुसार:

२०८१/०२/१५ देखि पुरानो प्रणालीमा सबै इभेन्टहरू (Events) बन्द गरिएका छन्।
पुरानो प्रणालीमा बन्द गरिएका इभेन्टहरूको सूची:
(यी सबै कार्यहरू अब नयाँ प्रणालीमार्फत मात्र गर्नुपर्नेछ)

करदाताहरुको लागि अत्यन्त जरुरी सूचना!PAN Search गरेर चेक गर्नुहोस् — तपाईंको नाम मूल्य अभिवृद्धि कर दर्ता निष्कासन सूचीम...
25/05/2025

करदाताहरुको लागि अत्यन्त जरुरी सूचना!
PAN Search गरेर चेक गर्नुहोस् — तपाईंको नाम मूल्य अभिवृद्धि कर दर्ता निष्कासन सूचीमा त छैन?

Address

Birtamode Jhapa
Jhapa
57204

Alerts

Be the first to know and let us send you an email when ISPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ISPL:

Share