Janaprabha.com

  • Home
  • Janaprabha.com

Janaprabha.com "Amplifying the Voice of the People."

कुञ्जीबारीमा ओल चिकी लिपिसम्बन्धी कक्षा, ६३ जनाभन्दा बढी सहभागीझापा । गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीस्थित श्री बाल कल...
10/08/2026

कुञ्जीबारीमा ओल चिकी लिपिसम्बन्धी कक्षा, ६३ जनाभन्दा बढी सहभागी

झापा । गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीस्थित श्री बाल कल्याण माध्यमिक विद्यालयमा सन्थाली ‘ओल चिकी’ लिपिसम्बन्धी विशेष कक्षा उत्साहजनक सहभागिताका साथ सञ्चालन भएको छ।

कार्यक्रममा ६३ जनाभन्दा बढी सहभागी भएका थिए। सन्थाली भाषा तथा ओल चिकी लिपिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको ज्ञान विस्तार गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो।

कार्यक्रमका तालिम सहजकर्ता श्याम हेमरमका अनुसार सहभागीहरूले कक्षा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्। सहभागीहरूको उत्साहलाई मध्यनजर गर्दै आउँदो आइतबारदेखि कक्षा पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ।

📝 सहजकर्ता श्याम हेमरम:
“६३ जनाभन्दा बढी सहभागी भेला हुनुभएको छ। सहभागीहरूले अझै कक्षा निरन्तर गरिदिन आग्रह गर्नुभएको छ।”

आफ्नो भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षणका लागि सबैको सहभागिता आवश्यक छ।

#ओलचिकी #सन्थालीभाषा #सन्थाल #गौरीगञ्ज #कुञ्जीबारी #झापा

07/08/2026

पत्रकार महासंघ झापा अध्यक्ष एक राज गिरी ज्युले निरन्तर सामाजिक संजालमा आफुमाथी चरीत्र हत्या गरेको बिषयमा वास्तविक वक्तव्य सार्वजनिक गर्नु भएको छ ।
सबैमा नमस्कार ।
केही समयदेखि सामाजिक सञ्जालमा मेरो चरित्र हत्या हुने गरी प्रेषित सामग्रीका विषयमा चासो र चिन्ता व्यक्त गर्नुहुने तथा प्रतिक्रिया जनाउनुहुने सबैमा धन्यवाद व्यक्त गर्दछु ।
नितेश ओली नामले चिनिने व्यक्तिका विषयमा नेपाल पत्रकार महासंघ झापाले संस्थागत रुमपा दिएको जाहेरीको सन्दर्भ महासंघ लगायतका संस्था र संगठनहरुले सार्वजनकि वक्तव्य मार्फत स्पष्ट पारिसकेको विषय छ । तर, संस्थाको कुरालाई पदीय जिम्मेवारीको दृष्टिले व्यक्ति केन्द्रित गरेर चरित्र हत्या गर्नु निक्कै गम्भीर विषय हो ।
नितेश ओली जसलाई मैले आजसम्म प्रत्यक्ष देखेको छैन, दोहोरो चिनजान छैन । जहाँसम्म मेरो व्यक्तिगत विषयमा गम्भीर आरोप लगाइएको छ ती सबै कुरा भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले प्रेषित भएको स्पष्ट गर्दछु ।
आज समाजमा नकारात्मकता बढ्दो छ । दण्डहिनता बढ्दो छ । कसैले कसैलाई पनि निराधार रुपमा जे पनि आरोप लगाइदिने अनि साँच्चै हो कि भन्ने भ्रम पालेर बस्नेको जमात पनि बढ्दो छ ।
जहाँसम्म ४१ लाख रुपैयाँको चेकको कुरा छ यस विषयमा केही कुरा स्पष्ट गर्न चाहन्छु । चार वर्षअघि यो एक जग्गा सम्बन्धी प्रोजेक्टका लागि काटिएको चेक हो । त्यसबारे सरकारी निकायमै बसेर नेपाली कागजमा तमसुक समेत भएको र सरकारी निकायले प्रमाणित गरेको विषय हो । तर, बढ्दो आर्थिक मन्दीका कारण प्रोजेक्ट अघि बढाउन नसकिने भएपछि चेक र तमसुक दुबै कार्यान्वनयमा आउन सकेन र त्यसलाई साँक्षीहरु राखेर च्यातियो । जहाँसम्म सुरेन्द्रकुमार उप्रेतीको केही विषय छ यो इलाका प्रहरी कार्यालय र सम्मानित झापा जिल्ला अदालतबाट तीन वर्षअघि टुंगिएको विषय हो । त्यस कुरालाई प्रतिशोधपूर्ण ढंगले उठाएर चरित्र हत्या गर्नु र अदालतको अवहेलना गर्नु कहाँसम्म उचित हो ? यस विषयको निरुपणका लागि मैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको पनि स्पष्ट गर्दछु । र, आरोप प्रमाणित गर्न चुनौति पनि दिन्छु ।
चेकवाला साथी मात्र होइन म सार्वजनिक अपिल नै गर्दछु कि यदि मैले कसैको पनि रकम चलाएर नतिरेको भए प्रमाणसहित आउनुहोला । कसैलाई व्यक्तिगत रुपले म बाट अन्याय परेको भए न्यायका लागि सम्बन्धित निकायमा जानुहोला । मैले कुनै कमीकमजोरी, कानून विपरीतको कार्य गरेको भए म सजाय भोग्न तयार छु ।
नितेश ओलीजीलाई पनि मेरो अपिल छ– भागेर समस्याको समाधान हुँदैन । तपाई सही, असल र इमान्दार हुनुहुन्छ भने उपस्थित भएर सम्वन्धित निकायमा आरोपहरुका प्रमाण पेश गरिदिनुहोला । कानून कार्यान्वयनमा सहयोग गरिदिनुहोला । सबैले बुझनु पर्ने कुरा यो छ कि सामाजिक सञ्जालको इजलासले कसैलाई न्याय दिन सक्दैन, यसले थप पीडित बनाउँछ ।
र, म गर्वका साथ भन्छु मैले कसैको एक रुपैयाँ पनि खाएको छैन । मेरो २८ वर्षको पत्रकारिता यात्रामा यो निक्कै दुःखद् क्षण हो कि म माथि जुन आरोप लगाएर मेरो मान, प्रतिष्ठा र चरित्रमा आघात पु¥याइयो, यसको क्षति कुनै पनि मूल्यले पूरा गर्न सक्दैन । तथापि म विधिको शासन र राज्यका निकायबाट निरुपण हुने न्यायमा विश्वास गरिरहेको छु । प्रतीक्षा गरिरहेको छु ।
म मेरो पेशा र पदीय जिम्मेवारीप्रति गर्व गर्छु । आजसम्म पत्रकारिता पेशा, यसको निष्ठा र मर्यादामा आँच पु¥याउने कुनै काम गरेको छैन । मेरा माता पिता, गुरुहरु र परिवारको आदर्श गुम्ने कुनै काम गरेको छैन । मप्रति कसैलाई औला उठाउने ठाउँसम्म दिएको छैन । समाजको अघि शिर झुकाउने कुनै काम गरेको छैन, गर्ने पनि छैन । र म विचलित र कमजोर भएको छैन । पेशा, समाज र राष्ट्रप्रतिको निस्वार्थ उत्तरदायित्व तथा तपाईहरुको शुभेच्छाले, प्रश्न र प्रतिक्रियाले म अझ सचेत र बलियो मानसिकताका साथ उभिएको छु ।
दण्डहिनताका कारण सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । यसले समाजमा नकारात्मकता बढाएको छ । भ्रम र असत्य छिटो फैलिन्छ । सत्य र न्याय निरुपणमा समय लाग्छ तर असत्य, भ्रम र अन्यायका लागि कुनै समय चाहिँदैन । र, मेरो यो सन्देश धेरैमा नपुग्न सक्छ जतिमा भ्रम फैलिसकेको छ । आरोप लगाउनेले जे पनि लगाउन सक्छ तर प्रतिक्रिया दिनेहरुले सत्य, तथ्य र घटनाको गहिराइमा पुगेर यथार्थ बुझेर मात्र धारणा व्यक्त गर्नुहोला ।
असल र इमान्दार मानिसहरु चुप लागेर बस्दा खराब र चरित्रहीन मानिसहरुको जमात बढेको देखिन्छ । धेरै मानिस म जस्तै पीडित बनेका छन् । यस विषयमा सबै गम्भीर हुन जरुरी छ । मुलुकमा सुशासन र न्यायका लागि नागरिक तहबाट सरकारलाई सकारात्मक दवाव दिन जरुरी छ । म र मेरो पेशाप्रति सद्भाव र शुभेच्छा राख्नुहुने सबैमा फेरि पनि धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।
एकराज गिरी
अध्यक्ष - नेपाल पत्रकार महासंघ झापा शाखा ।

31/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो पटक सम्बोधन

29/07/2026

दमकमा ४५ वर्षीय पुरुष मृत फेला

झापाको दमक–९ निवासी ४५ वर्षीय रमेश दर्जीको शव एमाले पार्टी कार्यालय नजिक फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

29/07/2026

सर्वदलीय बैठकमा राष्ट्रिय एकतामा जोड

सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका छन्। बैठकमा आपसी संवाद, सहकार्य र संयमतामार्फत वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

27/07/2026

वास्तविक कुरा भन्दै असोक दर्जीले भिडियो मार्फत घटना सम्बन्धमा स्पष्ट परेका छन ।

27/07/2026

🚨 १० हजार रुपैयाँ घुससहित
गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव साह पक्राउ

27/07/2026

हिजो देखी तनावग्रस्त भएको सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन थालेपछि सेना परिचालन!

27/07/2026

नेपाल–भारत सीमाको संवेदनशील यथार्थ—मानव तस्करीबारे एसएसबी कमान्डर धिरज पावर।

26/07/2026

"समयमै स्वास्थ्य परीक्षण गराऔं, अकाल मृत्युबाट जोगिऔं"

स्थानीयनिय गाउँपालिकाको आयोजना र दमक आम्दा हस्पिटलका दक्ष नर्स तथा स्वास्थ्यकर्मी टोलीको प्राविधिक सहकार्यमा हाम्रो स्थानीय वडा/गाउँमा "डेङ्गु तथा एच.आई.भी./एड्स रोकथाम एवं निःशुल्क परीक्षण अभियान" सञ्चालन हुन गइरहेको छ ।

Address

Birtamode

Website

Alerts

Be the first to know and let us send you an email when Janaprabha.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share