Game Of Nepal

Game Of Nepal sports for nepal "आफ्नो ठाउँ आफैं बनाउ"

नेपालले मिडफिल्डर आयुष घलानको कप्तानीमा एएफसी यू–२३ एसियन कप छनोट खेल्ने भएको छ।घलानको कप्तानीमा एएफसी अन्डर २० एसियन कप...
30/08/2025

नेपालले मिडफिल्डर आयुष घलानको कप्तानीमा एएफसी यू–२३ एसियन कप छनोट खेल्ने भएको छ।

घलानको कप्तानीमा एएफसी अन्डर २० एसियन कप खेल्न जाने टोलीलाई आज एक कार्यक्रमका बीच विदाई गरिएको छ। टोलीमा आयुषसँगै राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुमित श्रेष्ठ, कृतिरत्न छुन्जु र स्ट्राइकर निरञ्जन धामी छन् ।

प्रशिक्षक नवीन न्यौपानेले सहभागी टोली बलिया भए पनि छनोट हुने लक्ष्य राखेको बताएका छन्। ‘राष्ट्रिय टोलीका चार तथा घरेलु प्रतियोगिता खेलेका खेलाडी हुँदा तालमेल राम्रो छ,’ उनले भने, ‘तयारी समय लामो पाएको थिए । दोस्रो चरणमा पुर्याउने लक्ष्य छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीलाई शनिबार नै बिदाई गरेको छ । टोलीमा आईतबार त्यसतर्फ प्रस्थान गर्नेछ । ३ देखि ९ सेप्टेम्बरसम्म ताजिकिस्तानमा हुने छनोटमा नेपाल समूह ‘के’मा छ। यो समूहमा नेपालसँगै आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन्।

नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेन्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडफिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी

29/08/2025

भारतले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।

भुटानमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलअघि नै भारत च्याम्पियन बनेको हो।

लगातर पाँचौ जित निकाल्ने क्रममा शुक्रबार भारतले नेपालमाथि ५-० को जित निकाल्यो।

प्रतियोगितामा नेपाल र भारतसहित भुटान र बंगलादेश सहभागी छन्।

नेपालले प्रतियोगितामा आफ्ना पाँच मध्ये चार खेल गुमाइसकेको छ। नेपालले भारत र बंगलादेशसँग खेलेका दुवै खेल गुमाएको हो।

Ncell
पहिलो खेलमा भुटानलाई हराएको नेपालले अब अन्तिममा भुटानसँग नै खेल्नेछ। यो खेलको विजेताले तेस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ।

चार टोलीबीच भएको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको हो भने सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्ने व्यवस्था छ

आगामी भदौ २७ गते देखि यता भेटौ है
29/08/2025

आगामी भदौ २७ गते देखि यता भेटौ है

सम्पूर्ण आमा दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना। Game of nepal
26/08/2025

सम्पूर्ण आमा दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना। Game of nepal

25/08/2025

Nabin Rijal In
SUN Podcast
Full Episode Coming soon in
Suhani Media Youtube Channel
https://www.youtube.com/
Stay Tune ....

25/08/2025

बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउ.....

24/08/2025

साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ।
आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे।

भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन । नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचाउ गरिन्। बंलादेशका खेलाडीको करिब आधा दर्जन प्रहारलाई उनले बचाइन्।
तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन्। र्यसपछि ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो।

नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन । निर्धारित ९० मिनेटमा बंलादेशले पनि थप गोल गर्न सकेन । तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ज गर्यो।
यो महत्वपुर्ण जितमा ३ अंक जोडेको छ। तीन खेलमा बंगलादेशले ६ अंक बनाएको छ। यसअघि बंगलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो।

24/08/2025

युवाहरुको साझा आवाज, लागूऔषध रहित समाज” भन्ने मुख्य नारासहित यही भदौ २७ गतेदेखि दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
अर्जुनधारा–९ स्थित गोलधाप युवा क्लबको आयोजनामा आयोजित उक्त प्रतियोगिताको विषयमा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
असोज ६ गते सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष राईले जानकारी दिए । प्रतियोगिताका विजेताले प्राप्त गर्ने नगद पुरस्कार ५१ हजार मचिन्द्र सुब्बाका परिवारबाट सौजन्य हुने उनका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिए ।

स्थानीय नमूना खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकले जनही नगद पुरस्कार दुई हजार पाँच सय तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजार प्राप्त गर्ने छन् ।
११ साइडको फर्मेटमा ४० वर्ष माथि उमेर समूहका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा तीन जना भने ३५ वर्ष माथि उमेर समूहका खेलाडी सहभागी हुन सक्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित तीन लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । क्लबका सचिव भूपाल कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार किरण राईले गरेका थिए ।

आज को दिन विशेष त छदैछ त तपाइको चाही खास बनोश शुभकामना
23/08/2025

आज को दिन विशेष त छदैछ
त तपाइको चाही खास बनोश
शुभकामना

22/08/2025

नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपालले १ गोलले पछि परेकोस्थितमा खेलमा तीन अंक जोडेको हो । नेपालको जितमा दुबै गोल सहारा लिम्बूले गरिन् ।

पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । यता, भुटानको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

20/08/2025

LIVE | SAFF U-17 WOMEN'S CHAMPIONSHIP 2025, BHUTAN | NEPAL VS INDIA

गमस्ता प्लस टु कप २०२५ को उपाधि बाँसबारी रेस्ट्रो बिर्तामोडले जितेको छ। गमस्ता स्पोर्ट्स हब अर्जुनधारा ६ झापाको फुट्सल क...
17/08/2025

गमस्ता प्लस टु कप २०२५ को उपाधि बाँसबारी रेस्ट्रो बिर्तामोडले जितेको छ।

गमस्ता स्पोर्ट्स हब अर्जुनधारा ६ झापाको फुट्सल कोर्टमा हिजो सम्पन्न फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको ओली एन एसोसिएट्सको टिमलाई हराउँदै बासबारीले उपाधि हात पारेको हो। उपाधिसँगै बाँसबारी रेस्टोले नगद रु ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता ओली एन एसोसिएट्सले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेल निर्धारित समयमा पाँच पाँचको बराबरीमा सकिएपछि निर्णयका लागि टाई बेकरको सहारा लिनुपरेको हो। टाई बेकरमा बासबारी रेस्टो भाग्यमानी साबित हुँदै उपाधि जित्न सफल भएको हो। ओलि एण्ड एसोसिएट्सका खेलाडीलेको अन्तिम प्रहार बाहिरिँदा बासबारीले उपाधिमाथि कब्जा जमाएको हो।

गमस्ता स्पोर्ट्स हकको आयोजनामा साउन ३० र ३१ गते सञ्चालित प्रतियोगितामा विभिन्न ३२ वटा स्कुल तथा कलेजहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई ओली एन एसोसिएट्स बिर्तामोडको तर्फबाट पहिलो पुरस्कार र मनकामना फ्रुट एन्ड वेबरेजको तर्फबाट दोस्रो पुरस्कार उपलब्ध गराएको थियो।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला गमस्ता स्पोर्ट्स हपका संस्थापक सरु आचार्य गमस्ता स्पोर्ट्स हबका अध्यक्ष लोक बहादुर कार्की, ओली एन एसोसिएट्स बिर्तामोडका प्रमुख ओजेश ओली, मनकामना फ्रुट एन्ड वेभरेजका प्रतिनिधि ,खेल संयोजक विजय कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन विनय ढकालले गरेका थिए।

Address

Jhapa

Telephone

+9779817038857

Website

Alerts

Be the first to know and let us send you an email when Game Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share