HARI BIKRAM DUTPAU

HARI BIKRAM DUTPAU Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HARI BIKRAM DUTPAU, Radio Station, Arjundhara-2 Khudunabari Kumal Tol Jhapa, Jhapa.

14/12/2022
15/04/2019

नवबर्षको उपलक्ष्यमा बैशाख महिना भित्र सम्पर्क गरि बार्षिक बिज्ञापन बजाउन चाहाने बिज्ञापनदातालाई ५०%छुटका साथ बिज्ञापन बजाउन सक्नुहुने छ । आजै सम्पर्क गर्नुहोस ९८४२६३४९६६

लागुऔषध मुद्दाका फरार एक पक्राउ बिराटनगर, जेष्ठ २४ गते।अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ गर्ने स...
06/06/2016

लागुऔषध मुद्दाका फरार एक पक्राउ
बिराटनगर, जेष्ठ २४ गते।

अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समुह (RIP) ले लागुऔषध मुद्दामा फरार रहेका मोरङ बिराटनगर ७ बस्ने प्रदिप कुर्मीलाई पक्राउ गरी हिजो जेल पठाएको छ।

कुर्मी उपर सम्मानित पुनरावेदन अदालत बिराटनगरले मिति २०७२।३।२ गते लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा एक लाख रुपैया जरिवाना फैसला गरेको थियो।

उनलाई क्षेत्रीय अनसुन्धान समुहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरी उनको घर वतनबाटै पक्राउ गरेको हो।

पक्राउ परेका कुर्मीलाई हिजो सम्मानित अदालतमा उपस्थित गराउँदा फैसला कार्यान्वयकालागी पठाउने आदेश भएको हुँदा मोरङ कारागार पठाइएको क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताउनुभयो।

त्यसैगरी मोरङ जिल्ला अदालतबाट वन सम्बन्धि मुद्दामा बिस हजार छ सय रुपैया जरिवाना फैसला भएका झापा दमक नगरपालिका १ बस्ने धिरज बुढाथोकीबाट अनुसन्धान समुहले तोकिएको जरिवाना असुल उपर गराएको छ।

लामाको भेषमा ठगी गर्ने पक्राउपाँचथर, जेष्ठ २४ गते।जिल्ला प्रहरी कार्यालय पाँचथरले लामाको भेषमा ठगी गरी फरार रहेका एक ब्य...
06/06/2016

लामाको भेषमा ठगी गर्ने पक्राउ
पाँचथर, जेष्ठ २४ गते।
जिल्ला प्रहरी कार्यालय पाँचथरले लामाको भेषमा ठगी गरी फरार रहेका एक ब्यक्तिलाई पक्राउ गरी हिजो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा 10'th mile Rishi Road kalimpong india ठेगाना भई वर्षौदेखि नेपालमा बस्दै आएका ४१ वर्षिय तेन्जी छिरीङ भुटिया रहेका छन्।

आफूलाई अवतारी लामा भन्दै पाँचथर जिल्लाका स्थानीय दश जनालाई ठगी गरी भागेका भुटियालाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले तनहुँ जिल्लाको बन्दिपुर नगरपालिका १ भानुडुम्रे बजारबाट शुक्रबार पक्राउ गरी पाँचथर ल्याएको हो। उनी स्थानीय सुन पसलहरुमा आफू बेखर्ची भएको भन्दै ठगी गरेको सुन चाँदीका गरगहनाहरु जाकटी राख्दै थिए।

भुटियाको साथबाट अन्दाजी १६ तोला सुन र तीन तोला चाँदीका गहना, नगद १ लाख ५८ हजार ३ सय पचास रुपैया, तामाका लोटाहरु, ल्यापटप र क्यामेरा बरामद भएको छ।

लामाले गतजेष्ठ ५ गतेदेखि १७ गतेसम्म पाँचथरको फिदिम नगरपालिका १ स्थित होटल सगुनको कोठा नम्बर १०२ मा बसेर आफू अवतारी लामा हुँ भन्दै फिदिम बजारका स्थानीयहरुलाई जागीर नहुनेलाई जागीर लगाई दिने, निसन्तानलाई सन्तान दिलाई दिने, बिरामीलाई झारफुक गरि निको बनाई दिने भन्दै ठगी गरेका थिए।

उनले ती व्यक्तिहरुसंग सो कार्यसम्पादनकालागि पुजा गर्नु पर्ने सनचाँदीका गहना तथा नगद राख्न लगाई जेठ १७ गते होटलबाट दिन दहाडै फरार भएपछि पिडितहरुले सो बारेमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका थिए।

पक्राउ परेका भुटियासंग अनुसन्धानकाक्रममा उनी यस अघिपनि नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ठगी गरेको आरोपमा सिन्धूपाल्चोक कारागारमा तीन बर्षको कैद सजाय बिताई २०७२ बैशाख १२ को महाभुकम्पमा कारागार भत्किदा त्यहाँबाट भागी भारततर्फ गई केही समय बसेर पुनः सोही धन्धामा सकृय रहेको खुल्न आएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनु भयो।
भुटियालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आइतबार ठगी ऐन अन्तरर्गत सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरेको उक्त कार्यालयले जनाएको छ।

20/05/2016

दु:ख,कष्ट र हातमा सीप सिकेका छोराछोरी कहिल्यै भोकले मर्दैनन् ।

Address

Arjundhara-2 Khudunabari Kumal Tol Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when HARI BIKRAM DUTPAU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category