अभिव्यक्ति बुद्धशान्ति

  • Home
  • Nepal
  • Jhapa
  • अभिव्यक्ति बुद्धशान्ति

अभिव्यक्ति बुद्धशान्ति बुद्धशान्तिको आवाज Welcome to the official page of Abhibyakti Buddhashanti! Your support motivates us to bring you even better content. Thank you!

This page is managed by Abhibyakti Media and is dedicated to providing news and information about Buddhashanti Rural Municipality in Jhapa. Here, you will find the latest updates, news, and events related to Buddhashanti Rural Municipality. Don't forget to like and follow our page, and share it with your friends and family. Abhibyakti Media Team

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको बुद्धशान्ति गाउँपालिका-३ कार्यालय भवनमा स्थानीय बासिन्दा, कार्यालय...
16/09/2025

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको बुद्धशान्ति गाउँपालिका-३ कार्यालय भवनमा स्थानीय बासिन्दा, कार्यालयका कर्मचारी तथा एरा एभर अंग्रेजी विद्यालय (एन.सी.सी) का विद्यार्थीहरूले सरसफाइ गरेका छन्।

बुद्धशान्ति पुनःनिर्माण हाम्रो सामूहिक दायित्व हो। छिट्टै सेवाहरूलाई पूर्ववत् अवस्थामा ल्याउँदै नागरिकलाई सहज र निर्वाध ...
15/09/2025

बुद्धशान्ति पुनःनिर्माण हाम्रो सामूहिक दायित्व हो। छिट्टै सेवाहरूलाई पूर्ववत् अवस्थामा ल्याउँदै नागरिकलाई सहज र निर्वाध सेवा प्रवाह गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।

बुधबारे । जेनजि आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीका कारण बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक संरचना पूर्ण....

झापाका बिरिङ, टाङटिङ, हडिया, नेते, रतुवा, मावा लगायतका खोलानालामा नदीजन्य सामग्रीको चोरी बढेको हो ।
14/09/2025

झापाका बिरिङ, टाङटिङ, हडिया, नेते, रतुवा, मावा लगायतका खोलानालामा नदीजन्य सामग्रीको चोरी बढेको हो ।

विर्तामोड । संक्रमणकालको फाइदा उठाउदै झापामा नदीजन्य सामग्रीको चोरी बढेको छ ।

बुद्धशान्ति गाउँपालिकाको अनुरोध ।हालै देशव्यापी  रुपमा भएको Gen-Z  आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण बुद्धशान्ति गाउँ ...
12/09/2025

बुद्धशान्ति गाउँपालिकाको अनुरोध ।

हालै देशव्यापी रुपमा भएको Gen-Z आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण बुद्धशान्ति गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरुमा रहेका विभिन्न सामग्रीहरु (कम्प्युटर, प्रिन्टर, फर्निचर,उपकरण, फाईल तथा कार्यालय संचालन सम्बन्धी सामग्रीहरु आदि) हराएको पाइएको छ l

सार्वजनिक सम्पत्ति गाउँपालिका तथा सम्पूर्ण नागरिकको साझा सम्पत्ति भएकाले भविष्यमा हाम्रै प्रयोगका लागि हुन।तसर्थ कोहि कसैले जानी/नजानी गाउँपालिका तथा मातहतका कार्यालयबाट सार्वजनिक/सरकारी सामान लिनुभएको भए स्वेच्छिक रूपमा फिर्ता गरिदिनुहुन यो सूचना जारी गरिएको छ l

सार्वजनिक सम्पत्ति फिर्ता गर्दा कुनै प्रश्न उठाइने छैन र निजको परिचय र पहिचान गोप्य राखिनेछ।
साथै यस कार्यमा सहयोग गर्न स्थानीय नागरिक, समाजसेवी ,पत्रकार लगायत सम्बन्धित सरोकारवाला सबैबाट सहयोग को अपेक्षा गरिएको छ l

सम्पत्ति बुझाउने स्थान:
बुद्धशान्ति गाउँ कार्यपालिका कार्यालय

सम्पर्क न. 9842640012(नगर प्रहरी)

बुद्धशान्ति गाउँपालिका, बुधबारे झापा
मिति:२०८२/०५/२७ गते

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
11/09/2025

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजन.....

‘Gen Z - Team Buddhashanti’ ले आन्दोलनमा ज्यान गुमाउनुहुने मृतात्माको चिर शान्तिको कामना गर्दै बुद्धशान्ति तल्लो  चोकमा ...
10/09/2025

‘Gen Z - Team Buddhashanti’ ले आन्दोलनमा ज्यान गुमाउनुहुने मृतात्माको चिर शान्तिको कामना गर्दै बुद्धशान्ति तल्लो चोकमा मौन धारण तथा दीप प्रज्ज्वलन गरेका छन् । 🙏🇳🇵

बुद्धशान्ति गाउँपालिकाको अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सुचना सम्मको लागि बन्द ।
10/09/2025

बुद्धशान्ति गाउँपालिकाको अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सुचना सम्मको लागि बन्द ।

माघे सन्क्रान्तिको अवसरमा झापाको बुद्धशान्ति गाउँपालिकामा अवस्थित कोशी प्रदेशकै लामो, नेपालकै तेस्रो लामो झोलुङ्गे पुलमा...
14/01/2025

माघे सन्क्रान्तिको अवसरमा झापाको बुद्धशान्ति गाउँपालिकामा अवस्थित कोशी प्रदेशकै लामो, नेपालकै तेस्रो लामो झोलुङ्गे पुलमा फोटो खिच्नेको भीड ।

तस्बिर : कृतिम राई

बुद्धशान्तिमा कुखुराको खोरमाथि नवजात शिशु फेलाबुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरम...
09/12/2024

बुद्धशान्तिमा कुखुराको खोरमाथि नवजात शिशु फेला

बुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरमाथि आइतबार दिउँसो नवजात शिशु (छोरी) फेला परेको छ। करिब दुई दिनकी शिशुलाई घाँस काट्न गएकी मिना लिम्बूले फेला पारेकी हुन्।

शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणका लागि जिम्मा दिई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। शिशुको अवस्था सामान्य रहेको जनाइएको छ।

यसअघि, कात्तिक २९ गते मेचीनगरको निन्दा खोलामा सालनालसहित नवजात शिशु फेला परेको थियो, जसको पाँच दिनपछि निधन भएको थियो।

आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा आयोजना भइरहेको हाउजी खेलमा भोलि अन्तिम दिन विशेष पुरस्कार अन्तर्गत हाउसफुल बिजेतालाई ब...
07/11/2024

आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा आयोजना भइरहेको हाउजी खेलमा भोलि अन्तिम दिन विशेष पुरस्कार अन्तर्गत हाउसफुल बिजेतालाई बुलेट बाइक पुरस्कार दिइने भएको छ ।

बुधबारे । आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा आयोजना भइरहेको हाउजी खेलमा भोलि अन्तिम दिन विशेष पुरस्कार अन्तर्गत...

भोलि हाउजीमा बुलेट ३५०सिसि मोटरसाइकल आदर्श युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति -३ स्थित बालुवाटार चोकमा संचालन ...
07/11/2024

भोलि हाउजीमा बुलेट ३५०सिसि मोटरसाइकल
आदर्श युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति -३ स्थित बालुवाटार चोकमा संचालन भईरहेको हाउजी बिङ्गो खेलमा भोलि बम्पर हाउसफुल जिते बुलेट ३५०सिसि मोटरसाइकल पाइने ।
मिति: २०८०/०७/२३ (शुक्रवार)
टिकट दर रु: १००० /-
समय: बेलुका ७:३० बजे

झापाको बुद्धशान्ति ३ बुधबारे स्थित हडिया खोलाको किनारमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
07/11/2024

झापाको बुद्धशान्ति ३ बुधबारे स्थित हडिया खोलाको किनारमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुधबारे । झापाको बुद्धशान्ति ३ बुधबारे स्थित हडिया खोलाको किनारमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पुज.....

Address

Buddhashanti-03
Jhapa
57200

Alerts

Be the first to know and let us send you an email when अभिव्यक्ति बुद्धशान्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अभिव्यक्ति बुद्धशान्ति:

Share