Crowd Challenge App

Crowd Challenge App Minimountain Khabar

24/12/2025

सुचना सम्बन्धमा ।।।
नेपाल राष्टिय अपाङ्ग पुर्नस्थापना समिति मेचिनगर -२ झापाकाे १६ ओें बार्षिक साधारण सभा यहि पुस मसान्त सम्ममा गर्नु पर्ने भए हुदाँ साथै साधारण सभा पछि केही तालिम लगायत अन्य कार्यक्रम सन्चालनका बिषयमापनि छलफल गर्नुपर्ने भएकाे हुदाँ साविक बाहुण्डाँगी गा.बि.स हाल मेचिनगर-१,२,३ र ४ भित्र रहनुभएका सम्पुर्ण अपाङ्गता भएका ब्यक्तिहरुले सदस्यता दर्ता तथा नविकरण मिति २०८२/०९/१६ गते सम्ममा गर्नु हुन अनुराेध गर्दछाैं ।
सम्पर्क कार्यलय
ब्रहमाण्ड अपाङ्ग र महिला वचत तथा ऋण सहकारी संस्था लि मेनपा-२ बाैद्धमाेड
सम्पर्क नम्बर:
9825907676
9864593538
आवश्यक कागजात
१) जन्म दर्ता या नागरिकताकाे प्रतिलिपि
२) अपाङ्गता परिचय पत्र
३) पास पाेटसाईज फाेटाे -२ प्रति
कार्यलय समय :१० बजे वाट ४ बजे सम्म।

जापानको शिक्षकको कथा:जापानमा विद्यालय बिहान साढे ८ बजेबाट शुरू हुन्छ । तर शिक्षक ७ बजे नै पुगिसक्छन् । डेस्क - बेन्च मिल...
06/10/2025

जापानको शिक्षकको कथा:
जापानमा विद्यालय बिहान साढे ८ बजेबाट शुरू हुन्छ । तर शिक्षक ७ बजे नै पुगिसक्छन् । डेस्क - बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने शिक्षकले नै गर्छन् । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छन् । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सर-सफाइका लागि ४/५ जना विद्यार्थीको फरक-फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।

कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छन् ।
उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छन् । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छन् र समाधानको प्रयास गर्छन् । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।

विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गरिन्छ । विभिन्न क्रियाकलाप गराइन्छ । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराइन्छ । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ ।

जस्तो, खेलमा हार-जीत हुन सक्छ । यसैकारण झगडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो' भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ । जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । शिक्षकले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नपर्छ भनेर सिकाइरहेको हुन्छन् ।

विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भईसकेको हुन्छ ।

हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।

विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।

जापानमा शिक्षकको सेवा-सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नु पर्‍यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ ।
एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।

स्रोत: शिक्षक मासिक पत्रीका

18/09/2025

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्।

18/09/2025

UPDATE: नेपाल टेलिकम कार्यालयको अप्टिकल फाइभर (तामाको तार) चोरी गरेर भारत लादै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–५ स्थित नकलबन्दाबाट मेची खोलाको बाटो हुँदै भारत लान लागेको पाँच बोरा नेपाल टेलिफोन कार्यालयको अप्टिकल फाइभरसहित पाँचै जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले असोज १ गते अप्टिकल फाइभरसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ स्थित पानिट्याङ्कीका २४ वर्षीय कात्तिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी, बुद्धशान्ति गाउँपालिका स्थित सीतल वस्तीका २५ वर्षीय विजय राजबंशी, कचनकबल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय संजय माझी र इलाम माई नगरपालिका–३ स्थित जौँबारीका २७ वर्षीय दिनेश परियार रहेका छन् ।

पछिल्लो समय मेचीनगरमा नेपाल टेलिकम कार्यालयको सडक छेउमा विच्छाइएका अप्टिकल फाइभरहरु रातको समयमा काटेर लाने गरेको पाइएको छ ।

18/09/2025
18/09/2025

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ ।

17/09/2025

Bhat-Bhateni Supermarket has resumed services through its 16 outlets, with 9 inside the Kathmandu Valley and 7 outside.

16/09/2025

Address

Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when Crowd Challenge App posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Crowd Challenge App:

Share