29/05/2026
जुम्लामा सुटिङ भएकाे वास्तविक घटनाबाट प्रेरित नेपाली फिल्म ‘हली’ साउन २२ गते रिलिज हुँदै
वास्तविक जीवनका घटनाबाट प्रेरित नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सामाजिक कथावस्तुमा आधारित यस फिल्मले दर्शकमाझ विशेष उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।
फिल्ममा कलाकारहरू सरोज खनाल, अर्जुन गुरुङ ‘भङ्गेरे डन’, प्रोमोद दीप, सुजता थापा, अरुणा कार्की, विद्या कार्की, कमल गाउले, विशाल पहाडी, ओम प्रतीक तथा कन्चन दुलालको अभिनय रहेको छ।
‘हली’ शुभचिरायु फिल्म्स र जापुरा फिल्मस प्रडक्सनको ब्यानरमा निर्माण गरिएको हो। फिल्मका निर्माता पुजा गुरुङ्ग र जस्मिन श्रेष्ठ रहेका छन् भने कार्यकारी निर्माता अर्जुन भुसाल हुन्। मिडिया कोर्डिनेटरको जिम्मेवारी कुमार आचार्यले सम्हालेका छन्।
फिल्मको पोस्ट प्रडक्सन बिजि बि इन्टरटेन्मेन्टले गरेको हो भने सम्पादन राम प्रसाद चौधारीले गरेका छन्। निर्देशक ओम प्रतीक गुरुङ्गको निर्देशन रहेको यस फिल्ममा राहुल राईको छायांकन रहेको छ।
त्यस्तै, फिल्मको श्रृङ्गार स्वर्गीय अशोक रोक्काले गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्। एक्सन निर्देशन कुमार महर्जन, सङ्गीत शम्भुजित बास्कोटा तथा निर्माण नियन्त्रण प्रकाश जङ्ग कार्कीले सम्हालेका छन्।
सामाजिक यथार्थ र वास्तविक घटनालाई पर्दामा उतारिएको फिल्म ‘हली’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद दिने विश्वास निर्माण टिमले लिएको छ।
fans