01/09/2023
यस्तो हुँदासम्म कुन ठाउँ लुकेर बसेका होलान् जनप्रतिनिधि भनौदाहरु महोदयहरु😥
जुम्ला चन्दननाथ नगरपालिका को कालेखोली लाइन सडक को यस्तो हालत छ।😥😥
निर्वाचनमा होमिएका उम्मेदवारहरुले समृद्ध नगर सम्पन्न नगरबासी बनाउने ठुलठुला घोषणाका चाङ दिनु भएको थियो तर ब्यबहारमा आज ठाउँ ठाउँमा भएका फोहोर समेत उठाउन सकेको छैन भैरहेका बिकासहरुमा थोरै मात्र मर्मत गरे जनतालाई सहज हुने बिकास निर्माणका संरचना हरु समेत मर्मत गर्न सकिरहेको छैन जनताका दैनिक समस्यका कुराहरु पनि त्यस्तै छन , भए गरेका कामहरुको समेत सार्वजनिक सुनुवाइ भएको छैन जनताका चाहना अनुरुप काम गर्नसकेको छैन । तथा र संघ प्रदेश निर्वाचनमा होमिएका थुप्रै उम्मेदवारहरुले समृद्व जुम्ला बनाउने , कुरा गर्न भएको थियो माननीय ज्यु समृद्व जुम्लाको खाका के हो ? कहिले सम्म आउन्छ समृद्ध जुम्लाको खाका ? कसरी बन्छ समृद्व जुम्ला त्यसको उत्तर के हो?
कि यस्तै जुम्ला एयरपोर्ट बाट झर्ने बित्तिकै कालेखोली चोक जस्तो हो ?
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान आसपासको फोहोरको डुङ्गो जस्तो हो ?
बसपार्कको पक्की पुल पारिको फोहोरको रास जस्तो ?
अब्यबस्थित खाल्डाखुल्डी को बजार , यत्रतत्र छरिएको अब्यबस्थित ढल ?
कि जनप्रतिनिधि दामासायी बजेट बाड्ने खाने अनि प्रतिनिधि समृद्ध बन्ने हो ?
के यसैका लागि जनता सामु पिडित भएको हुनाले न्याय दिनुपर्यो भन्दै भोट मागेको हो त ? त्यो निर्वाचनमा जनता सामु खसालेको आशुको मूल्य उठेकै होत ?
यस्तै अन्य तस्बिरहरु भए कमेन्ट गरौ जनप्रतिनिधि लाई समृद्धिको लागि दबाब सृजना गरौ।