Digo Post.Com

Digo Post.Com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digo Post.Com, Media/News Company, Jumla.

हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

काठमाडौँमा ‘१०० बुँदे एजेन्डा’बारे अन्तरपुस्तीय संवाद सम्पन्न
17/04/2026

काठमाडौँमा ‘१०० बुँदे एजेन्डा’बारे अन्तरपुस्तीय संवाद सम्पन्न

काठमाडौँ । युवा र नीति–निर्माताबीच संवाद बढाउने उद्देश्यसहित ‘१०० बुँदे एजेन्डा: सुशासन सुधार र युवा आकांक्षा’ ....

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधा...
16/04/2026

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

अदालतले खड्कालाई तत्काल रिहा गर्न भनेको छ भने विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने शर्त पनि राखिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा पक्राउ परेका खड्काको पक्षमा उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको थियो।

यसअघि बुधबार भएको सुनुवाइमा सर्वोच्चले सम्बन्धित निकायसँग अनुसन्धान फाइल झिकाउन र लिखित जवाफ माग गरेको थियो।

खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। यसअघि उनको फाइल विभिन्न निकायबीच पठाउने–फिर्ता गर्ने क्रममा अनुसन्धान अघि बढाइएको थियो।

हर्क सम्पाङको किन गायब भयो फेसबुक पेज |
16/04/2026

हर्क सम्पाङको किन गायब भयो फेसबुक पेज |

जिल्ला अदालत झापाले व्यवसायी दुर्गा प्रसाईं को पूर्वाञ्चल क्यान्सर अस्पताल लाई थप ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैंक त...
16/04/2026

जिल्ला अदालत झापाले व्यवसायी दुर्गा प्रसाईं को पूर्वाञ्चल क्यान्सर अस्पताल लाई थप ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई आदेश दिएको छ।
न्यायाधीश लोकबहादुर हमालको इजलासले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र गुडविल फाइनान्सलाई उक्त रकम उपलब्ध गराउन निर्देशन दिएको हो। अदालतले उपकरण खरिदका लागि करिब ३० करोड ९ लाख रुपैयाँ र चालु पूँजीका लागि ३५ करोड रुपैयाँ ऋण दिनुपर्ने उल्लेख गरेको छ।
सम्झौता अनुसार ऋण नदिएको भन्दै प्रसाईंले २०८० पुस २६ गते अदालतमा रिट दायर गरेका थिए। अदालतले सहवित्तीयकरण सम्झौता कार्यान्वयन गर्नुपर्ने ठहर गर्दै बैंकहरूलाई पछि हट्न नमिल्ने स्पष्ट पारेको छ।
@फलोअरहरू@शीर्ष प्रशंसकहरू

ऊर्जा क्षेत्र सुधारमा समय सीमासहित मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
16/04/2026

ऊर्जा क्षेत्र सुधारमा समय सीमासहित मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार.....

रास्वपामा प्रमुख सचेतक र सचेतक चयन, सांसद र मन्त्रीका लागि मासिक लेबी तोकियो
16/04/2026

रास्वपामा प्रमुख सचेतक र सचेतक चयन, सांसद र मन्त्रीका लागि मासिक लेबी तोकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेव...

रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार    @फलोअरहरू@शीर्ष प्रशंसकहरू
16/04/2026

रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार
@फलोअरहरू@शीर्ष प्रशंसकहरू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ । ब....

16/04/2026

सम्पत्तिको बारेमा के भन्छन गृहमन्त्री सुदन गुरुङ

नेपथ्य : संगीत, भूगोल र संघर्षको जीवन्त दस्तावेज
16/04/2026

नेपथ्य : संगीत, भूगोल र संघर्षको जीवन्त दस्तावेज

नेपाली सांगीतिक इतिहासमा नेपथ्य केवल एउटा ब्यान्डको नाम होइन । यो सांस्कृतिक चेतना, लोकपहिचान र समय सँगै बदलिँदै...

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सन् २०२६ का लागि TIME Magazine द्वारा प्रकाशित ‘The 100 Most Influential People’ सूच...
16/04/2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सन् २०२६ का लागि TIME Magazine द्वारा प्रकाशित ‘The 100 Most Influential People’ सूचीमा समावेश भएका छन्।
यसअघि सन् २०२३ मा ‘TIME100 Next’ सूचीमा परेका शाह यसपटक मुख्य सूचीमा समावेश भएका हुन्।
टाइमले उनको कलाकारदेखि राजनीतिसम्मको यात्रा उल्लेख गर्दै उनलाई दक्षिण एशियामा युवा नेतृत्वको प्रतीकका रूपमा चित्रण गरेको छ।
उनको नेतृत्वशैली, जनकेन्द्रित दृष्टिकोण र सुधारमुखी कार्यलाई पनि टाइमले महत्त्व दिएको छ।
यस उपलब्धिलाई नेपालमा सकारात्मक रूपमा लिइएको छ।

इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्। बुधबार उनलाई इरानले रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको ...
15/04/2026

इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्। बुधबार उनलाई इरानले रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार झा रिहा भएको जानकारी प्राप्त भइसकेको छ र अब आवश्यक प्रक्रिया अघि बढाइनेछ।

झा रिहा भएको जानकारी उनका परिवारलाई समेत दिइएको छ। परिवारका सदस्यका अनुसार सरकारी अधिकारीबाट रिहाइबारे पुष्टि भएको हो।

इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनु अघि इन्धन लिन इरान पुगेका झा फर्किने क्रममा नियन्त्रणमा लिइएका थिए।

दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी वैदेशिक रोजगारीका लागि दुई वर्षअघि त्यहाँ गएका थिए।

उनसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए।

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।पवित्र रमजानको अवसर पारेर विभिन्न क...
15/04/2026

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।

पवित्र रमजानको अवसर पारेर विभिन्न कारणले सजाय भोगिरहेका नेपालीहरूलाई माफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति यूएई सरकारलाई हार्दिक आभार व्यक्त गरेको छ। ‘मानवीय आधारमा गरिएको यो कदम दुई देशबीचको सम्बन्धको सकारात्मक उदाहरण हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारको पहल तथा अबुधाबीस्थित नेपाली दूतावासको समन्वयमा उक्त माफी प्रक्रिया सम्पन्न भएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयले यस निर्णयलाई उच्च मूल्याङ्कन गर्दै नेपाल–यूएई सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

Address

Jumla
087

Alerts

Be the first to know and let us send you an email when Digo Post.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share