Sajha Television

Sajha Television “Voice of All”

बाटोमा गुडिरहेको एउटा गाडीमा लेखिएको यो सन्देशले मन छोयो। ❤️"आमाको माया मात्र यस्तो औषधि हो, जुन कहिल्यै Expire हुँदैन।"...
06/08/2026

बाटोमा गुडिरहेको एउटा गाडीमा लेखिएको यो सन्देशले मन छोयो। ❤️
"आमाको माया मात्र यस्तो औषधि हो, जुन कहिल्यै Expire हुँदैन।"
संसारमा निस्वार्थ प्रेमको सबैभन्दा सुन्दर नाम नै आमा हो। उहाँको माया, त्याग र आशीर्वादको कुनै मूल्य हुँदैन।
Love You Mom!

कैलालीको भजनी नगरपालिका–९ स्थित सडकको बीचमै रहेको यो ठूलो रुखले आवतजावत गर्ने सवारीसाधनका लागि सम्भावित दु*र्घटनाको जो_ख...
29/07/2026

कैलालीको भजनी नगरपालिका–९ स्थित सडकको बीचमै रहेको यो ठूलो रुखले आवतजावत गर्ने सवारीसाधनका लागि सम्भावित दु*र्घटनाको जो_खिम बढाएको देखिन्छ। वन संरक्षण र सार्वजनिक सु*रक्षालाई सँगै ध्यानमा राख्दै सम्बन्धित निकायले यस विषयमा आवश्यक अध्ययन गरी उचित समाधान खोज्नु आवश्यक देखिन्छ।

यस्तो अवस्थामा तपाईंको विचार के छ? रुख यथावत् राखेर सडकलाई अझ सुरक्षित बनाइनुपर्छ, कि अर्को उपयुक्त विकल्प अपनाउनुपर्छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।

कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण...
01/07/2026

कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण सुरु भएको छ। मोहन्याल गाउँपालिकाको समन्वयमा निर्माण गरिएको यो परियोजनाले नदीको प्राकृतिक बहावबाटै विद्युत् उत्पादन गर्नेछ। परीक्षण सफल भएपछि जयारिमे गाउँका स्थानीयले विद्युत् सेवा पाउने अपेक्षा गरिएको सामुदायिक विकास अधिकृत दलबहादुर ओलीले बताएका छन्।

धेरै संघर्षपछि प्रेमलाई विवाहमा बदल्न सफल यो जोडी अहिले नयाँ सपना बोकेर दुबई हिँडेका छन्। उनीहरूको साथ सधैं यस्तै बलियो ...
17/05/2026

धेरै संघर्षपछि प्रेमलाई विवाहमा बदल्न सफल यो जोडी अहिले नयाँ सपना बोकेर दुबई हिँडेका छन्। उनीहरूको साथ सधैं यस्तै बलियो रहोस्। ❤️

सुप्रभात 🙏आजको दिन Hanuman को कृपाले शुभ, सफल र सुखद रहोस्।जय बजरंगबली 🚩
05/05/2026

सुप्रभात 🙏
आजको दिन Hanuman को कृपाले शुभ, सफल र सुखद रहोस्।
जय बजरंगबली 🚩

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत श्रमिकहरू नाला सरसफा...
28/04/2026

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत श्रमिकहरू नाला सरसफाई लगायतका काममा सक्रिय भएका छन्। स्थानीय तहको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्दै सार्वजनिक पूर्वाधार सुधारका काम अघि बढाइएको हो।
वडाभित्रका विभिन्न स्थानमा नाला सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने तथा वातावरण सुधार गर्ने उद्देश्यले श्रमिकहरू दैनिक रूपमा खटिएका छन्। यस कार्यक्रमले एकातिर स्थानीय स्तरमा सरसफाइ र विकासका कामलाई तीव्रता दिएको छ भने अर्कोतर्फ बेरोजगार नागरिकलाई आयआर्जनको अवसर समेत सिर्जना गरेको छ।
स्थानीयवासीले पनि यस्ता कार्यक्रमले गाउँको सरसफाइमा सुधार आएको र श्रमिकलाई राहत मिलेको प्रतिक्रिया दिएका छन्।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन...
09/03/2026

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन्। वर्षातको समयमा खेत डु*बानमा पर्ने भएकाले बर्खामा धान लगाउन नसकिने भन्दै किसानहरूले अहिले नै धान रोपाइँ सुरु गरेका हुन्।

स्थानीय किसानहरूका अनुसार हिउँदमा पानी व्यवस्थापन गरेर चैते धान लगाउनुपरेको छ। उनीहरू भन्छन्, “हाम्रो खेत बर्खामा डु_बानमा पर्छ, त्यसैले बर्खामा धान लगाउन पाउँदैनौँ। बा*ध्य भएर अहिले चैते धान लगाउनुपरेको हो।”
किसानहरूले सरकारले कृषि क्षेत्रमा आवश्यक सहयोग नगरेको भन्दै समयमा मल नपाउने समस्या पनि रहेको गु;नासो गरेका छन्। समयमै मलजल र आवश्यक कृषि सामग्री नपाउँदा उत्पादनमा असर पर्ने उनीहरूको भनाइ छ।
डु*बानको दी;र्घकालीन स"माधान र कृषि सामग्रीको सहज उपलब्धता गराउन स्थानीय तथा संघीय सरकारसँग किसानहरूले मा;ग गरेका छन्।

Address

Dhangadi
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share