09/10/2025
केपी ओलीलाई छोए देशैभर आगो बल्ने महेश बस्नेतको चेतावनी !
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। उनले अध्यक्ष ओलीलाई छोए मात्रै देशभरि आगो बल्ने चेतावनी दिएका हुन्।
बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बस्नेतले अन्तरिम सरकारलाई ओलीलाई पक्राउ गर्न चुनौती दिए। ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ। अध्यक्ष ओली र म छाती फर्काएर कहिल्यै हिँड्दैनौं। हिजो राणा, पञ्च र शाही शासनविरुद्ध माओवादीलाई युथफोर्स बनाएर लडेका हौं। डराउँदैनौं।’
बस्नेतले विदेशीको आडमा जेनजी आन्दोलनका क्रममा १९ जना भाइबहिनीको हत्या भएको र त्यसको मुख्य दोषी बालेन र सुधन गुरुङ रहेको आरोप लगाए। हत्यामा तत्कालीन प्रधानमन्त्रीले आदेश दिएको देखाउन उनले सरकारसँग आग्रह गरे ।