02/12/2025
आदरणीय सृजनशील मनहरू
तपाईंले नेपाली साहित्यलाई कसरी नियाली राख्नु भएको छ? कसरी यसलाई अझैँ परिष्कृत बनाउने भन्ने सोच्नु त भएकै होला, नेपाली साहित्य अझैँ परिष्कृत, अझै लोकप्रिय, अझैँ सम्मानयोग्य होस् भन्ने हेतुका साथ हामीले सुदुरपश्चिमकाे बुलन्द आवाज स्पन्दन् स्पन्दन साहित्य प्रतिष्ठान कैलालीकाे एक पृथक साहित्यिक कार्यक्रम स्पन्दन् मार्फत विभिन्न फेस्बुक लाइभ श्रृङखला संचालन गरिरहेका छौँ तपाईंहरूले हामीलाई दिनुभएको साथले हामी अझ धेरै खुशी भएका छौँ ।।
"साहित्यिक यात्राको धड्कन, जय साहित्य जय स्पन्दन् भन्ने आदर्श वाक्यका साथ सदाझैँ आजको रात्रीकालीन प्रहरलाई साहित्यमय बनाउन स्पन्दन् काे पर्दा मार्फत स्पन्दन्'का अब्बल प्रस्तोता Karki DB ज्यू यहाँहरूसामु आउदै हुनुहुन्छ ।।
सदाझैँ यहाँहरूको साथ रहनेछ भन्नेमा विश्वस्त छौँ यो शृङ्खलामा यहाँहरुको न्यानो माया, साथ र सहयोग पाउनेछौँ भन्ने विश्वास लिएका छौँ ।।
कार्यक्रम स्पन्दन्
प्रस्तोता : कार्की डिबी
स्थान : नवलपरासी
समय : आज राति ०९:०० बजे
मिति : मङ्गलवार, १६ मंसिर, २०८२