Sudur Saar

Sudur Saar सुदूर सार
साचों खबरको साथी

19/07/2026

सुशासन प्रवर्धनका निम्ति संविधान संशोधन आवश्यक : कांग्रेस सभापति थापा।

15/07/2026

गौरिगङ्गामा सामुदायिक वनको भवनमा आगजनी प्रकरण: छानबिनमा ढिलाइ भएको भन्दै तालाबन्दी

कैलालीको गौरिगङ्गा नगरपालिका–३ स्थित केदारेश्वर सामुदायिक वनको भवनमा भएको आगजनी घटनाको छानबिनमा ढिलासुस्ती भएको आरोप लगाउँदै स्थानीय युवा मनिस साउदले एक्लै तालाबन्दी गरेका छन्।

साउदका अनुसार आगजनी भएको लामो समय बितिसक्दा पनि घटनाको निष्पक्ष र प्रभावकारी छानबिन हुन नसकेको तथा दोषीलाई जोगाउने प्रयास भइरहेको देखिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको हो। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयवासीले पनि आगजनीजस्तो गम्भीर घटनाको छानबिन पारदर्शी, निष्पक्ष र छिटो सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरेका छन्। घटनाबारे सम्बन्धित निकायले के प्रतिक्रिया दिन्छ र छानबिन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय अहिले स्थानीयको चासोको विषय बनेको छ।

09/07/2026

अत्तरिया उद्योग वाणिज्य संघकाे यही असार २८ गते हुने चुनावका लागि व्यवसायी नैनसिंह कार्की नेतृत्वको प्यानल घाेषणा।

30/06/2026

कैलालीको बडैपुरमा दुर्घटनामा परेको गाडी यसरी निकालियो, हेर्नुहोस् दृश्य।
भिडियो : समीर विक

28/06/2026

“वन संरक्षणसँगै उपभोक्ताको जीवन सहज बनाउने यस्ता कार्यक्रमले दिगो वन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ : डिभिजनल वन अधिकृत

28/06/2026

उपभोक्ताहरूलाई ग्याँस चुलो वितरण कार्यक्रममा आफूले गरेका कामहरूको बारेमा जानकारी दिँदै केदारश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हर्कबहादुर नेगी।

गोदावरी नगरपालिकाको १७औँ नगरसभा सुरु, १ अर्ब ३० करोड बढीको बजेट प्रस्तुत।नगर उपप्रमुख शारदा देवी रोकाया ले आगामी आर्थिक ...
24/06/2026

गोदावरी नगरपालिकाको १७औँ नगरसभा सुरु, १ अर्ब ३० करोड बढीको बजेट प्रस्तुत।
नगर उपप्रमुख शारदा देवी रोकाया ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३० करोड ५ लाख ८२ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ।
प्रस्तावित बजेटमध्ये ६७.४ प्रतिशत रकम चालु खर्चतर्फ र ३२.६ प्रतिशत रकम पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

22/06/2026

सुदूरपश्चिम प्रदेशको सान छलिया

Address

Attariya Kailali
Kailali

Alerts

Be the first to know and let us send you an email when Sudur Saar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share