09/09/2025
एउटा कुरा भन्छु, नरिसाई मनन गर्नु है ! तपाईले नेपालको भुराजानिति बुझ्नुभएको छ ? विश्व राजनिति अध्ययन गर्नुभएको छ? अनि नेपालको राजनैतिक इतिहास बुझ्नुभएको छ ? जस्तै कि २००७ साल, २०१५ साल, २०१७ साल, २०१९ साल, ३६ साल, २०४६ साल, २०५२ साल, २०५८ साल, २०६२/०६३ सालको बारेमा बुझ्नुभएको छ ? फेरीपनि भन्छु नरिसाउनुस, तर के अहिलेको जेन्जी आन्दोलनले यही अवस्थाको परिकल्पना गरेको थियो त ? फेरीपनि भन्छु गाली नगर्नुस, प्रहरी, शसत्र र नेपाली सेनाले समयमै हात उठाउनु र लिडरशिप लिन नसक्नु, अनि प्रचण्ड लगायतका नेताहरुले हिजै काठमाडौं छाड्नु संयोग मात्र होला र ? देशका महत्वपुर्ण सरकारी कार्यलयहरु, अदालतहरु आगजनि गर्नु जेन्जीको उदेश्य थियो र ? फेरीपनि भन्दैछु गाली नगर्नुस, तर के जेन्जी आन्दोलनको लिडरशिप गर्ने केही व्यक्तिहरु अ्मेरिका, युरोपियन युनियनसँग आवद्ध थिएनन र ? र अन्त्यमा बुझ्नुस देशको लागी आन्दोलनको सुरुवात भएपमि त्यसको अन्त्य नेपालीले गरेनन। बुझ्नको लागी, अमेरीकाको चुनावमा त रुस र चिनले घुषपैठ गर्न सक्छ भने नेपाल के हो ? फेरीपनि मनन गर्नुस, नेपालमा दुतावासबाट तलब खाने रअ का एजेन्ट कति छन ? अर्को कुरा थाह छ ? हामिले सबै सरकारी भवन र निकाय आगो लगायौँ, प्राईभेट संघसंथामा आगो लगायौं अब नेपामा कोही बिदेशी पर्यटक आउला ? कुनै बिदेशी निकायले नेपालमा लगानि गर्ला ? नेपालको राष्ट्रीय पुँजी कति छ ? अहिलेसम्म नेपालको सार्वजनिक सम्पत्ति कति नष्ट भयो ? हेल्लो जेन्जीहरु मलाई गाली गर्नुस, तर एकचोटी मनन गर्नुस्। हुनत नेपाल Non-Colonial देश हो तर यसको प्रत्यक्ष प्रभाव इतिहासले प्रष्ट पार्दछ। विश्व हामीभन्दा ५० वर्ष अघी बढिसकेको थियो तर आजबाट हामी झन १० वर्ष पछी धकेलिएका छौँ। सरकारी संयन्त्र र डाटाहरुमा आगजनि तथा लुटपाट भएका छन, देशका सबैजसो सरकारी निकाय ध्वस्त भएका छन अब यो संयन्त्र र संरचना तयार पार्न कति समय लाग्ला ? अनुमा छ ? प्राईभेट संथा र कम्पनि कति आगो लागेको छ अनि त्यहाँ काम गर्ने कतिको रोजगारी गुमेको छ हेक्का छ ? फेरीपनि सम्झना गराउँछु हामी उबेलाको Third World हौँ। हामि Non Colonial देश भएपनि हामिलाई कसैले देश मान्दैनथिए। अब हामी झन कमजोर भएका छौँ र कमजोर बनाउनमा जेन्जी होइन, जेन्जीको फाईदा उठाएर अरु कसैले कब्जा गरिरहेको छ। फेरीपनि भन्छु, तपाईँहरुलाई कमेन्टमा गाली गर्ने छुट छ ... copied man paryo