12/09/2025
"बालेन, तिमीले हाम्रो विश्वास मात्र होइन, हाम्रो सपना जलायौ..."
कहिल्यै नबिर्सनेछु म त्यो दिन
जब तिमी सिंहदरबार जलाउछु भन्थ्यौ त्यो अनन्त सपना पूरा भयो।, त्यो पनि जनता आफैंले काँधमा राखेर।
त्यो दिन देशका लाखौं युवाको आँखामा आशाको उज्यालो थियो।
हामी रोएका थियौं खुसीले।
हामी उफ्रेका थियौं उत्साहले।
हामी विश्वास गरेका थियौं
कि परिवर्तन अब सम्भव छ।
हामीले तिमीमा शेरबहादुर पनि देखेनौं, ओली पनि देखेनौं, प्रचण्ड पनि देखेनौं।
हामीले तिमीमा 'आफ्नै मान्छे' देख्यौं।
त्यो मान्छे जसले र्यापमा सिस्टम चिरफार गर्थ्यो, जसले शब्दहरूमा विद्रोह हुन्थ्यो, जसको आँखा भरी सपना हुन्थे।
हामीलाई लाग्यो
अब यो देश बाँच्नेछ।
तर बिस्तारै...
तिमी सहरभित्र हरायौ।
तिमी सिंहदरबारको ढोकासम्म आइपुगेका थियौ , तर त्यही ढोकाभित्र जनता छाडेर, तिमी भित्रि सौदाबाजीसँग रमायौ।
र आज, जब देश फेरि इतिहासकै सबैभन्दा अन्धकार समय पार गर्दैछ
तिमी त्यहीँ छौ,
Facebook मा।
जहाँ जनताको चीत्कार स्टाटस बनेर हराउँछ।
जहाँ आन्दोलनको आगो rhyme मा परिवर्तन हुन्छ।
जहाँ नेतृत्वको जिम्मेवारी टार्न "मैले त पहिल्यै भनेको" भन्ने मौनता बोल्छ।
तिमीलाई थाहा छ B***n ?
Gen Z ले इतिहास नपढेका हुन सक्छन्,
तर उनीहरू आफ्नो रगतले नयाँ इतिहास लेख्न तयार छन्।
यी युवाहरूका सपनामा रङ छ रगतको।
यी सपना कुनै किताबमा लेखिएका होइनन्,
सडकमा, आँसुमा, गोलीमा, नारा र आक्रोशमा अंकित छन्।
तर जब यस्तो संकटमा,
तिमी अगाडि उभिनुपर्ने बेला
तिमी फेसबुकमा कविता लेखेर जिम्मेवारीबाट पन्छियौ।
हामीले तिमीलाई फाल्सो Hero बनाएनौं,
तिमी आफैं ढलौ।
ढोंगको भारीले, डरको बोझले, र कायरताको सिद्धान्तले।
र अब स्पष्ट सुन...
यदि तिमीले जनताको सपना कुल्चेर,
फेरि "राजा" भन्ने सिनो बोकेर ल्याउने खेलमा सहभागी हुने हो भने
सम्झ,
त्यो दिन अर्को जनयुद्धको उद्घोष हुनेछ।
तर यो जनयुद्ध पहिले जस्तो हुने छैन।
अब न त नेतृत्व कुनै पार्टीले गर्नेछ,
न त कुनै हतियार चाहिनेछ।
अब जनता आफैं लड्नेछन्,
शब्दले, सडकले, सोचले र सम्पूर्ण चेतनाले।
र तिमी...
त्यो युद्धको इतिहासमा एउटा 'गद्दार अनुहार' को रूपमा अंकित हुनेछौ।
हामी अब पछि फर्किने छैनौं।
Gen Z का ती आँखामा आँसु मात्र छैन,
ज्वालामुखी छ।
यो पुस्ताले अब भोग्न होइन,
बदल्न जन्म लिएको हो।
तिमी हाम्रा सपना थियोौं बालेन,
तर अब...
तिमी एउटा चेतावनी बनिसकेका छौ।
अन्तिम भनाइ...
हामीलाई "hero" बनाउने नेताहरू चाहिएको छैन।
हामी आफैं लड्न तयार छौं,
तर हाम्रो घाउमा नुन छर्किनेहरूलाई इतिहासले माफ गर्ने छैन।
तिमीले गुमाएको छौं — विश्वास।
हामीले पाएको छौं — आँखामा आगो।
अब यो आगोले क्रान्ति बाल्नेछ।