16/06/2026
कलैया बजारलाई व्यवस्थित बनाउन युवाहरूको अग्रसरता! 🤝कलैया
बजार क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ र ट्राफिक जामको दीर्घकालीन समाधानका लागि 'जेनजी एण्ड यूथ अफ बारा' का प्रतिनिधि युवाहरूले कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह र बाराका प्रमुख जिल्ला अधिकारी (CDO) धर्मेन्द्र कुमार मिश्र दुवैलाई भेटेर ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। कार्यालयमा ज्ञापनपत्र बुझाउँदै युवाहरू)मुख्य बजार क्षेत्रमा मोटरसाइकल पार्किङ निषेध गर्ने, घण्टाघर र भरतचोकका अटो/ई-रिक्साहरूलाई निश्चित खाली ठाउँमा स्थानान्तरण गर्ने र सर्वपक्षीय बैठकबाट उचित निकास निकाल्ने युवाहरूको माग रहेको छ। स्वच्छ, सुन्दर र आधुनिक कलैया सहरका लागि यो कदम तत्काल कार्यान्वयन होस्!