RADIO BARA 106.6 MHZ Kalaiya

RADIO BARA 106.6 MHZ Kalaiya तराई बासी को ढुक ढुकी रेडियो बारा हामी सबै को सहारा

युवा ले कलैया को ३ किलोमीटर सडक बारे चिन्ता गर्दै ध्यानाकर्षण गराउन तिर अग्रसर हुदै छ।देश बिकास र सहि निकास को बाटो तिर ...
13/10/2025

युवा ले कलैया को ३ किलोमीटर सडक बारे चिन्ता गर्दै ध्यानाकर्षण गराउन तिर अग्रसर हुदै छ।देश बिकास र सहि निकास को बाटो तिर हुनु पर्ने जोड ।मोटरसाइकलमा तेल र पेटमा मासु खाने उदेश्यले देश बिकास र सहि निकास हुदै ।अब पनि अरु कै इसारामा नच्यौ भने आउने पुस्ताले पनि सरापछ हामी लाई।झोले भएर हैन आफ्नो झोला अरु लाई बोकाउने हैसियत बनौं ।

कलैया अन्धकार नगरीमा हार्दिक स्वागत गर्दा छौ।सोलार भए पनि मर्मत नहुदा अध्यारो कलैया बनेको छ।यो झिल्ली मिलि हुने चाड पर्व...
25/09/2025

कलैया अन्धकार नगरीमा हार्दिक स्वागत गर्दा छौ।

सोलार भए पनि मर्मत नहुदा अध्यारो कलैया बनेको छ।
यो झिल्ली मिलि हुने चाड पर्वको दिनमा यस्तो अन्धकार हुनु गैर जिम्मेवारी को प्रमाण हो।

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

20/09/2025

जेन जेड आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको १३ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सबैको उपस्थितिको लागि आग्रह। युवा, विद्यार्थी, गृहिणी , कर्मचारी,डाक्टर, ईन्जिनियर , शिक्षक, वकिल, पत्रकार, खेलाडी, कलाकार, व्यापारी लगायत समाजका सबै वर्गको उपस्थितिको लागि आग्रह:
स्थान : भरत चोक(सहिद चोक), कलैया
मिति: २०८२/०६/०५
समय: साँझ ६ बजे

आयोजक
कलैया जेन जेड

१० औं संविधान दिवसको अवसरमा बाराको कलैयास्थित रामजानकी मन्दिरको पोखरीमा कलैयाका युवाहरूले बृहत सरसफाइ गरेका छन्।युवाहरू ...
19/09/2025

१० औं संविधान दिवसको अवसरमा बाराको कलैयास्थित रामजानकी मन्दिरको पोखरीमा कलैयाका युवाहरूले बृहत सरसफाइ गरेका छन्।
युवाहरू को जगरुकता र समाज प्रतीको लागाव ले आउदो दिनमा निम्न उदेश्यमा रहि कार्य अगाडि बढाउने आयोजक को धारण रहेको थियो।
१.स्व्च्छ तथा सफा कलैया
२.शिक्षित र स्वास्थ समाज को निर्माण
३.कलैया ३ किलो मिटर रोड निर्माणमाको लागी पहल ।
आफ्नो गाउँ आफै बनौ भने मुल नारा सहित युवाहरू समाज बिकाशको लागि आगाडी सरेका छ्न।
उक्त कार्यक्रममा
सौरभ चौलागाईं,सौरभ पाण्डे
दिपेन्द्र साह,रामानन्द यादव,सुमित पटेल,विकि गुप्ता ,सुरज साह,राजाबाबु गुप्ता,राेसन जैसवाल,सचिन माेदक,राहुल साह,राहुल कुमार पासवान,दिपेश गुप्ता
र बाकि जेनजि कलैयाका सदस्यहरू उपस्तिथ भएका थिए।

सम्पुर्ण युवा तथा समाजसेविहरु लाई उपस्थितिको लागी हार्दिक अनुरोध ।
18/09/2025

सम्पुर्ण युवा तथा समाजसेविहरु लाई उपस्थितिको लागी हार्दिक अनुरोध ।

17/09/2025
10/09/2025

Breaking News,
शुसिला कार्की ज्यु तयार भए केही बेर मा बर्ता हुने ।पहिलो रोजाइ शुसिला कार्की म्याम नै भएको जेनजी को निष्कर्ष

बाराको कलैया उपमहानगरपालिका वडा नं १३ बलिरामपुरमा जेन जी प्रदर्शनमा मृत्यु भएका युवाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै स...
09/09/2025

बाराको कलैया उपमहानगरपालिका वडा नं १३ बलिरामपुरमा जेन जी प्रदर्शनमा मृत्यु भएका युवाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीयहरुले दिप प्रज्वलन गरेका छन् ।

बारा प्रहरीले फरार रहेका १३ जना प्रतिवादीलाई एकैदिनमा पक्राउ गर्‍यो  बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधम...
29/06/2025

बारा प्रहरीले फरार रहेका १३ जना प्रतिवादीलाई एकैदिनमा पक्राउ गर्‍यो

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्लाका फरक–फरक स्थानमा लुकिछिपी बसेका ती प्रतिवादीलाई शनिबार एकैदिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिए।
पक्राउ परेकाहरू कर्तव्य ज्यान, जुगुवा, ठगी, अभद्र व्यवहार, सरकारी कागज किर्ते, गाँजा खेती, बैंकिङ कसूर, अप्राकृतिक मैथुन, ठगी तथा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
यात्रा डेली

डिएसपी पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली परिचालन गरी ती प्रतिवादीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र अदालतको आदेश अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई खोजी गरी पक्रन अभियान जारी रहेको र सार्वजनिक सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको जानकारी दिएको छ।

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको होः प्रधानमन्त्री ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म...
28/06/2025

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको होः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गर्नुभयो ।
एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उहाँले भन्नुभयो, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।”
प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गर्नुभयो । “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गररहेको बताउनुभयो । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

Address

Kalaiya

Alerts

Be the first to know and let us send you an email when RADIO BARA 106.6 MHZ Kalaiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RADIO BARA 106.6 MHZ Kalaiya:

Share

Category