YOB kalaiya

YOB kalaiya कंपनी रेजिस्टर नेः 258041/038/079

प्रेस काउन्सिलिङ नः 16470

प्रिय कलैया वासी नयाँ अपडेट को लागि �

06/12/2025

बेलारुस पठाईदिन्छु भन्दै कलैयाका ८ जना जेन्जी युवा सङ्ग ६० लाख ठगि,ठगिएका युवाहरु पत्रकार सङ्ग रुदै न्यायका लागि गरे गुहार,

प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ, "निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ भन्ने होइन । भ्रष्टाचार न...
22/11/2025

प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ, "निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ भन्ने होइन । भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताको साथ अघि बढ्दछ । पारदर्शिताका लागि सरकारले विकास निर्माण सुशासन र सेवा प्रवाहमा सुधार नभएको ठोस कार्यप्रगतिहरु नियमित रुपमा सार्वजनिक गर्छ । मेलम्ची खानेपानी आयोजना, बञ्चरे डाँडामा फोहोर व्यवस्थापन, प्रभावित क्षेत्रका विवाद तथा राजदेनी संकट समाधनमा गरिएका पहल हाम्रो सुशासन प्रतिको सुदृढ उदाहरण हुन् ।"

11/11/2025

मधेश प्रदेश भवन अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीद्वारा लठ्ठी चार्ज ।

08/11/2025

महोत्तरी जिल्ला प्रशासनले कार्तिक २२ गते साँझ ६ बजेदेखि कार्तिक २५ गते ६ बजेसम्म नेपाल- भारत सीमा नाका बन्द गरेको छ ।

PS. अन्य जिल्लाहरुले पनि सीमा नाका बन्द गरेको वा नगरेको बुझेर मात्र यात्रा गर्नुहोला ।

Important: नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले आज कलैया देखि मटिअर्वा सम्म TATA PROJECT बाट निर्माण सम्पन्न भए...
05/11/2025

Important: नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले आज कलैया देखि मटिअर्वा सम्म TATA PROJECT बाट निर्माण सम्पन्न भएको ११ केभी लाइन Testing/ Charge चार्ज गरिने भएकोले Stay, तार, पोल लगायतका विद्युतीय सामग्रीहरूको छेउमा नजान साथै नछुन आग्रह गरेको छ। भने उक्त क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र ५८ सांसदका स्वकीय सचिवको पद खारेज,सरकारले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभा...
03/11/2025

उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र ५८ सांसदका स्वकीय सचिवको पद खारेज,

सरकारले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष, संसदीय समितिका सभापति सहित सांसदहरुको स्वकीय सचिवको पद खारेज गरहेको छ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ मा रहेको पदाधिकारकी तथा सदस्यहरुलाई दिइने सुविधा सम्बन्धि अनुसूची संशोधन गरेर सरकारले सुविधा कटौती गरेको हो।

नयाँ संशोधनले प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्तापक्ष दलको नेता र सत्ता पक्षका मुख्य सचेतक, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका प्रमुख सचेतक र समिति सभापति, दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलका सचेतकहरुको राजपत्राङ्कित द्वितीय श्रेणी बराबरको स्वकीय सचिवको सुविधा खारेज गरेको हो।

प्रतिनिधि सभा हाल विघटित अवस्थामा रहेकाले सकारको नयाँ निर्णयले उपसभामुख इन्दिरा रानामगर मात्र प्रभावित बन्ने भएकी छिन्। उनले पाउने कम्प्युटर अपरेटर, २ जना कार्यालय सहयोगी र २ जना चालक भने यथावत् रहनेछन्।

राष्ट्रिय सभा तर्फ भने सरकारको नयाँ निर्णयले ५८ सांसदका स्वकीय सचिव हटेका छन्। जसमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको पनि स्वकीय सचिव हटेका छन्। सांसदहरुले अधिकृत सरहका स्वकीय सचिव प्राप्त गर्ने गरेका थिए। उपाध्यक्ष, संसदीय समितिका ४ जना सभापति, राष्ट्रिय सभामा दलका नेता, प्रमुख सचेतक र सचेतकहरुले पनि उपसचिव सरहको स्वकीय गुमाएका छन्
सरकारले कानुनमा हेरफेर नगरी गत असोज ५ गते स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा सरकारले ऐनको अनुसूची हेरफेर गरेर कात्तिक २ गते बल्ल कार्यान्वयनमा गएको हो।

संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका सचिवालय सुविधा भने यथावत् रहेको छ।

मतदाता नामावली दर्ता गर्न अब करिब १३ दिन मात्र बाँकी रहँदा ठूलो सङ्ख्यामा मतदाता दर्ता हुन बाँकी छ ।विस्तृत समाचार पढ्न ...
03/11/2025

मतदाता नामावली दर्ता गर्न अब करिब १३ दिन मात्र बाँकी रहँदा ठूलो सङ्ख्यामा मतदाता दर्ता हुन बाँकी छ ।

विस्तृत समाचार पढ्न पहिलो कमेन्ट हेर्नुहोला ।

Happy Birthday to Popular Bollywood actor, Shah Rukh Khan. He has huge fan following in Nepal as well. ❤️
02/11/2025

Happy Birthday to Popular Bollywood actor, Shah Rukh Khan. He has huge fan following in Nepal as well. ❤️

Indian cricketer Rohit Sharma is ranked as No. 1 ODI batsman for the first time in his career in latest ICC Ranking. 🫨
01/11/2025

Indian cricketer Rohit Sharma is ranked as No. 1 ODI batsman for the first time in his career in latest ICC Ranking. 🫨

01/11/2025

Breaking News : बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ स्थित पचगछिया टोलमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल यादव,अजमुल मिया र रविशंकर यादव रहेका छन् । मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

थप विवरण आउन बाकी ......

31/10/2025

एकैछिन गाइज आफ्नो श्रीमतीलाई कुकुरै कुकुरले पिटिराको भिडियो अहिले भर्खरै ताजा न्युज हो यो। ल केटाहरु सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला यो भिडियोलाई एउटा follow पनि गरिदिनुहोला।

Address

Kalaiya
277

Alerts

Be the first to know and let us send you an email when YOB kalaiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share