Daily Khabar Nepal

Daily Khabar Nepal Daily online news portal from Nepal - dailykhabarnepal.com
(1)

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ( किओच ) अन्तर्गत निर्माणाधीन बाल अस्पतालका ...
20/05/2026

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ( किओच ) अन्तर्गत निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

उक्त रकम अस्पतालको वेस्ट ब्लक भवन निर्माणमा प्रयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने आगामी जेठ ९ गते भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ।

अत्याधुनिक पूर्वाधार तयार भइसके पनि एमआरआई र सिटी स्क्यान मेसिन अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

20/05/2026

रूस–युक्रेन युद्ध रोक्न नयाँ कूटनीतिक पहल! पुटिनसँग वार्ताका लागि एङ्गेला मर्केल मैदानमा आउन सक्ने l

20/05/2026

सर्वोच्च अदालतमा ठूलो समीकरण फेरबदल! न्याय परिषद् संरचनामै परिवर्तन, रेग्मी बाहिरिए, मल्ल सदस्यमा फर्किइन् l

20/05/2026

सुकुम्बासी राहत विवाद चर्कियो! १५ हजार अपुग भन्दै एमालेको कडा आपत्ति, सरकारलाई निर्णय सच्याउन माग !

20/05/2026

निर्वाचन प्रणालीमा ठूलो परिवर्तनको तयारी , मतदाता नामावलीदेखि प्रतिनिधिसभा चुनावसम्म नयाँ विधेयक संसद्मा दर्ता ।

20/05/2026

पोखरा २२ पुम्दी भुम्दी महादेव मन्दिर र शान्तिस्तुपा जाने बाटो का केही स्थानहरू निर्माण गर्नुपर्ने अवस्थामा!

20/05/2026

रञ्जु दर्शनाले ट्राफिक नियम उल्लंघन बारे संसदमा उठाइन गम्भीर प्रश्न

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका सबै स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र स्वेच...
20/05/2026

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका सबै स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचना नहटाइए महानगरले आफैं डोजर चलाउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने जनाएको छ।

महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी करिब १६० भन्दा बढी संरचना निर्माण गरिएको पाइएको छ।

यसअघि महानगरले २०८० कात्तिक १० गते नै ३५ दिने सूचना जारी गर्दै ती संरचना हटाउन निर्देशन दिएको थियो। सो निर्णयविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले महानगरको कदमलाई नै वैधानिक ठहर गर्दै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको थियो।

20/05/2026

“सीमा विवादले लियो हिंसात्मक रूप ! हुम्लामा भ्रमण टोलीमाथि आक्रमण”

20/05/2026

“पहाडमा वर्षा र हिमपात, तराईमा अत्यधिक गर्मी ! मौसम विभागको चेतावनी”

20/05/2026

सहिदकी आमाको सदनमा प्रश्न : सरकारलाई प्रश्न सोध्न नपाउने हो ?

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Daily Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daily Khabar Nepal:

Share