13/08/2026
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट औपचारिक राजीनामा दिएका छन्। प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गरेलगत्तै मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख नजिर मियाँसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच मुख्यमन्त्री शाहले पद त्याग गरेसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।