Kapilvastu news

  • Home
  • Kapilvastu news

Kapilvastu news सत्य , निश्पक्ष समाचारहरु तथा सुचनाका

नेपाली क्रीकेटका उदाउदो तारा कपिलबस्तु बाट!!मलेसियामा जारी ईस्ट जोन U-16 क्रीकेट प्रतियोगितामा भुटान बिरुद्व रौनक श्रीवा...
01/07/2025

नेपाली क्रीकेटका उदाउदो तारा कपिलबस्तु बाट!!
मलेसियामा जारी ईस्ट जोन U-16 क्रीकेट प्रतियोगितामा भुटान बिरुद्व रौनक श्रीवास्तवले १६८ रनको शतकिय पारी खेलेका छ्न । हार्दिक बधाई🎊🎉👍

विना ढेउवा के ,ढेउवा धेरै खाएछ्न ।।
06/06/2025

विना ढेउवा के ,ढेउवा धेरै खाएछ्न ।।

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा चोक, रुद्रपुर चोक र खरेन्द्रपुर चोकमा हाईमास्ट लाइट जडानका लागि खाडल खनेर छाडिए...
21/05/2025

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा चोक, रुद्रपुर चोक र खरेन्द्रपुर चोकमा हाईमास्ट लाइट जडानका लागि खाडल खनेर छाडिएको छ ।

ठेकेदार कम्पनी नेपालटेक ग्रुप कम्पनी लिमिटेड काम अधुरो छाडेर बेपत्ता भएपछि स्थानीयवासी सास्तीमा परेका छन ।

वैशाख २३ गते मंगलबार जेसिबी प्रयोग गरी खाडल खन्ने काम नगरप्रमुख अजय थापा लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो । तस्बिरहरू सामाजिक सञ्जालमा उत्साहका साथ सार्वजनिक गरिए ।

नगरवासीहरूले उज्यालो हुने अपेक्षा गरेका थिए । तर आजसम्म पनि खाडलकै अवस्थामै पानी जमेको छ । कुनै काम अगाडि बढेको छैन ।

हाईमास्ट लाइट जडानका लागि शिवराज नगरपालिकाले २०८१ चैत ५ गते नेपालटेक ग्रुप कम्पनी लिमिटेड, जावलाखेलसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार रु २७ लाखको योजना ४८ प्रतिशत बिलोमा रु १२ लाख ९६ हजारमा सम्झौता गरिएको थियो । यति सस्तोमा काम जिम्मा लिएको कम्पनीले गुणस्तरीयता त परै जाओस्, खाडल बाहेकको अन्य काम सुरु पनि नगरेको गुनासो बढेको छ ।

सम्झौता भएको दुई महिना बितिसक्दा पनि खाडल बाहेक लाइट जडान सम्बन्धी कुनै काम अघि बढेको छैन । यसले निर्माण कम्पनीको नियतमै प्रश्न उठाएको छ ।

निर्माण कम्पनीले निर्माणस्थलमा कुनै पनि किसिमको सूचना पार्टी समेत राखेको छैन । उक्त योजना कसले निर्माण गर्न लागेको हो ? कति लागतमा लागेको हो ? कहिले निर्माण हुने हो समेत केही नखुलेको स्थानीयको भनाइ छ ।

शिवराज नगरपालिकाका प्राविधिक प्रमुख रामजी नेपालीले पटक–पटक निर्माण कम्पनीलाई पत्र र फोनमार्फत ताकेता गर्दा पनि कुनै जवाफ नआएको बताएका छन् । “हामीले धेरै प्रयास गर्‍यौं, तर ठेकेदार कम्पनीसँग सम्पर्क हुन सकेको छैन,” इन्जिनियर नेपालीले भन्नुभयो ।

समाचार तयार पार्ने क्रममा न्युज सेन्टर नेपालले नेपालटेक ग्रुप कम्पनी लिमिटेडका सञ्चालकलाई ९८५५०४१८५० नम्बरमा सम्पर्क गर्दा फोन नै उठेन ।

सार्वजनिक रकमको दुरुपयोग गर्दै स्थानीयलाई सास्ती दिएको यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कडा कारबाही गर्नु पर्ने स्थानीयको माग छ ।
https://newscenternepal.com/2025/05/134778?fbclid=IwY2xjawKawBZleHRuA2FlbQIxMQABHm1eDPAVpl19xr_XqidQTzF-WC71C8jkOywkOi__W7AiL5AgX5LRlWc4W0U1_aem_n9-0rzRSJK4cwtBJiex1gw

सनिउल्ला धोबी, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा चोक, रुद्रपुर चोक र खरेन्द्रपुर चोकमा हाईमा.....

कपिलवस्तुको चन्द्रौटाबाट स्रोत नखुलेको साढे ४२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ ।।
27/04/2025

कपिलवस्तुको चन्द्रौटाबाट स्रोत नखुलेको साढे ४२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ ।।

10/09/2024

टिकटकबाट केटा फसाउने दिदीबहिनी, युरोप पठाउने भन्दै लाखौं ठगिएपछि युवाहरुको बिचल्ली ।।
शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु निवासी यी दुई पुन थरका दिदिबहिनी ठगी धन्धामा लागेको आरोप !!

29/08/2024

नेकपा एमाले शिवराजको अध्यक्षमा महादेव पोखरेललाई सर्वसम्मत बनाउने सहमति नजिक, अन्य पदमा भने चुनाब हुने संभावना ।
#एमाले_स्रोत

नेकपा एमाले शिवराज नगर कमिटी कपिलवस्तुको अधिवेशनमा नया ट्विस्ट आएको छ ! नगर अध्यक्ष पदका लागि दुई कडा प्रतिद्वन्द्वी महा...
28/08/2024

नेकपा एमाले शिवराज नगर कमिटी कपिलवस्तुको अधिवेशनमा नया ट्विस्ट आएको छ ! नगर अध्यक्ष पदका लागि दुई कडा प्रतिद्वन्द्वी महादेव पोखरेल र रामचन्द्र केसी (विराट)बीच कडा प्रतिस्पर्धा हुने भएको छ।

नेकपा एमाले शिवराज नगर कमिटी कपिलवस्तुको अधिवेशनमा ठूलो ट्विस्ट आएको छ ! नगर अध्यक्ष पदका लागि दुई कडा प्रतिद्वन.....

24/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Dharmaraj Bhattarai, Manko Raj, Kamala Kamala, Surendra Kurmi, Harikala Kandel, Tulasa Acharya, Ankit R Magar, निरन्जन पौडेल, Sinha Parin, Rajesh Barai, Maksud Ali

SEE 2080 को पुनर्योग (Retotaling)का लागि असार ३१गतेसम्म अनलाईन निवेदन दिनु पर्ने सम्बन्धी सूचना I
30/06/2024

SEE 2080 को पुनर्योग (Retotaling)का लागि असार ३१गतेसम्म अनलाईन निवेदन दिनु पर्ने सम्बन्धी सूचना I

शिवराज नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिधालयहरुको SEE नतिजा।।
28/06/2024

शिवराज नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिधालयहरुको SEE नतिजा।।

शिवराजले शिक्षकहरुलाई अनावश्यक सरुवा गर्दै दुख दिएकोमा शिक्षा समिती सदस्य खनालको ध्यानाकर्षण ।।कपिलवस्तुको शिवराज नगरपाल...
25/06/2024

शिवराजले शिक्षकहरुलाई अनावश्यक सरुवा गर्दै दुख दिएकोमा शिक्षा समिती सदस्य खनालको ध्यानाकर्षण ।।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर शिक्षा समिति सदस्य हुमकान्त खनालले नगरपालिकामा ध्यानाकर्षण पत्र दर्ता गराउनु भएको छ ।

शिवराज नगरपालिकाले शिक्षकहरुलाई अनावश्यक सरुवा गरी दुख दिएको भन्दै शिक्षा समिति सदस्य खनालले ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।

शिक्षकहरुलाई बदनियत पुर्वक सरुवा गरेपछि खनालले असार १० गते सोमबार ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।

राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खनालले पालिकाले असारमा शिक्षकहरुलाई सरुवा गरि दुख दिने नियत राखेको भन्दै ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको छ ।

ध्यानाकर्षण पत्रमा नगरपालिकाका शिक्षकहरुलाई स्थानीय कार्यविधि बनाई सोहि कार्यविधिमा टेकी सरुवा गरिएकोमा अहिले पुनं शिक्षकहरुलाई दुख दिने नियतले सरुवा गरेको शिक्षा समिति सदस्य खनालले बताउनु भयो ।

शैक्षिक सत्र सुरु भएको ३ महिना हुदा महिनैपिच्छे शिक्षक सरुवा गरिनु गैरकानुनी भएको खनालले जानकारी दिनुभयो ।

केहि शिक्षकहरु सरुवा गरिएको विद्यालयमा सरुवा नभई यथास्थानमा अध्यापनरत रहेको र पुनः यस कार्यालयको शिक्षा समितिले केहि शिक्षक सहित बालविकासका सहयोगी कार्यकर्ता समेतको सरुवा गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

पहिला सरुवा भई हाजिर हुन गएको एक महिना नबित्दै पुनः अर्को विद्यालयमा सरुवा गरिनु, यसरी कुनै शिक्षकलाई अपायकमा राखी रहनु, कुनै शिक्षकलाई टिप्पणी उठाएर सरुवा गरिनु, शिक्षकहरुलाई सरुवा गर्दा उनीहरुको इच्छा विपरीत सरुवाका लागि लिइने निवेदन बिना सरुवा पत्र निकालेको पत्रमा उल्लेख गरिएको छ ।

शिक्षकहरुमा भएका कमिकमजोरीका लागि सुध्रिने मौका नदिइनु, यद्दपि स-साना बालबालिकालाई अध्यापन गराउने बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता समेतको मनोभावना नबुझी अपायक स्थानमा पूर्वाग्रही रुपमा सरुवा गरिनु जस्ता कार्यले गुणस्तरीय शिक्षा सहितको निःशुल्क शिक्षा सफल हुन सक्ला र ? भनेर उहाले प्रश्न गर्नु भयो ।

शिक्षकहरुको कार्य गर्ने मनोबल कसरी उच्च हुन सक्ला र ? सत्रको सुरुवातमा नै बिषय अनुसार रुटिन बनाइ शिक्षकले विषयगत रुपमा बार्षिक कार्ययोजना निर्माण गरि अध्ययन अध्यापन कार्यमा सरिक हुनुपर्नेमा बाह्रै महिना शिक्षक फेरबदल गरिरहदा शिक्षाको गुणस्तर तथा शिक्षकमा उच्च मनोबल कायम गर्न सकिएला ?
ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

प्राथमिक तहमा अंग्रेजी माध्यममा अध्यापन गर्न एकै प्रकारका शिक्षक रहँदा साच्चि नै गुणस्तरीय शिक्षाको नारा सार्थक होला ? यी र यस्ता किसिमका गतिबिधि पूर्वाग्रही देखिएकाले सरुवा गरिएका शिक्षक र बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई यथास्थानमा नै राखी शिक्षकहरूको मनोविज्ञानपूर्ण त्रासको बाताबरणलाई हटाउनका लागि यो ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

यस्तै नगरपालिकाले वडा नं ४ को बरगदवा र वडा नं ११ को थुन्हियाका शिक्षकहरुलाई अनावश्यक सरुवा गरेकाले शिक्षकहरु समेत असन्तुष्ट रहेका छन । बिद्यालय ब्यवस्थापन समितिले सरुवा बदरका लागि पालिकामा लिखित अनुरोध समेत गरेका छन ।

ध्यानाकर्षण पत्र

Address


Alerts

Be the first to know and let us send you an email when Kapilvastu news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share