Waikhari Online TV

Waikhari Online TV Welcome to Waikhari Online Tv

21/03/2026
14/03/2026

बुटवलको एक जुत्ता पसलमा आगलागी

बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका-४ संगमपथ स्थित न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आज साँझ आगलागी भएको हो ।

राजु श्रेष्ठले संचालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

14/03/2026

युएईमा बनावटी र भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन आदेश : नेपाली पनि परे

युएईका महान्यायाधिवक्ताले डिजिटल प्लेटफर्महरूमा भ्रामक र बनावटी भिडियो क्लिप प्रकाशित गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

उनीहरुमा २ भारतीयसँगै पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका छन् ।

14/03/2026

रास्वपाद्वारा सचिवालय बैठक आह्वान, समानुपातिकमा पठाउने नामबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ।

शनिवारका लागि बैठक बोलाइए र उक्त बैठकमा समानुपातिकमा पठाउने नाम बारे छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

समय र स्थान तोक्न भने बाँकी रहेको छ। बैठकले समानुपातिक सांसदको नाम केन्द्रीय समितिमा पठाउने बताइएको छ।

14/03/2026

बिहेमा जन्ती आएकाहरूलाई स्कारपियोले ठक्कर दियो : एक जनाको मृत्यु, ११ घाइते

सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले शुक्रबार मृत घोषणा गरेका हुन्।

14/03/2026

भिडियो भाइरल भएपछि बिना गुरुङको स्पष्टीकरण : यस्तो अनावश्यक तामझाम कसैले पनि गर्नु हुँदैन

कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

भिडियोमा केही व्यक्तिहरूले उनलाई घेरा हालेर बाहिर निकालिरहेको दृश्य देखिएपछि विभिन्न टिप्पणीहरू आएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

गुरुङले सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई सम्बोधन गर्दै उक्त भिडियोको अगाडि–पछाडिको वास्तविक परिस्थिति स्पष्ट नभएकाले सामाजिक सञ्जालमा 'महारानी शैली, चटक, नौटंकी' जस्ता टिप्पणीहरू आएको बताइन्।

14/03/2026

३५ वर्षयताकै सबैभन्दा बढी मत यसपालि बदर

यसपालि प्रतिनिधिसभा निर्वाचनमा बदर मत प्रतिशत अघिल्ला चुनावहरूभन्दा बढी देखिएको छ । निर्वाचनमा अपनाइएका दुई प्रणालीमध्ये समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कुल मतदातामध्ये १ करोड ११ लाख ६८ हजार ३२ जना अर्थात् ५९.०८ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ६ लाख ९ हजार १५ मत (५.४५ प्रतिशत) बदर भएको छ । समानुपातिकतर्फ ४.१० प्रतिशत मत बदर भएको छ । १ करोड १३ लाख १२ हजार ४ सय ५५ मत (५९.८४ प्रतिशत) खसेकामा ४ लाख ६३ हजार ३ सय ७३ मत बदर भएको हो ।

14/03/2026

काठमाण्डाै – वायु प्रदूषणका कारण नेपालमा बर्सेनि झन्डै ४२ हजार जनाकाे ज्यान

14/03/2026

काठमाण्डौ — हिजो बेलुकी कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा

Address

Jeetpur Kapilvastu
Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when Waikhari Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category