Routine Of Gandaki Banda

Routine Of Gandaki Banda विभिन्न प्रकारका विसङ्गति ,बेथिति, अराजकता अनि भ्रष्टचारको अन्त्य गरी
व्यवस्थित अनि न्यामूलाक समाजको निर्माण गरौँ।

सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला...
30/09/2024

सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ ।

29/09/2024

Best Wishes from our side Swastima Khadka & Nischal Basnet 🥰

देवकुमार नेपालीलाई (सी आइबी)ले नेपाल ल्याएको छ..सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नग...
29/09/2024

देवकुमार नेपालीलाई (सी आइबी)ले नेपाल ल्याएको छ..

सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाल ल्याएको छ ।

भारतीय प्रहरीको सहयोगमा नेपालीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थिए ।

नेपालीलाई शुक्रबार नेपाल प्रहरीले दिल्लिमै पुगेर नियन्त्रणमा लिएको थियो ।

नेपालीलाई शनिबार नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

सिआइबीमार्फत पक्राउ परेपनि हस्तान्तरण नभएको र हस्तान्तरणपछि मात्रै बागलुङ ल्याइने कँडेलले बताउनु भयो।

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।

सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा छन्।

सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।

नेपालीले इमेजका बागलुङ बजारमा केन्द्रीय कार्यालय सहित, बुर्तिवाङ, गलकोटमा सेवा केन्द्र र कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएका थिए ।

२०८१ साउन १६ गते अध्यक्ष नेपालीले सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पठाएका थिए।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

28/09/2024

ललितपुरको नख्खुमा बाढीले बगाएका ४ मध्ये ३ जनालाई स्थानीयले उद्दार गरेका छन् भने उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ!

28/09/2024

Heart Breaking: Makwanpur ma Raheko ANFA ko क्याम्प bata 6 jana football player हराएका छन ! पहिरोमा पुरिएको अनुमान गरिएको छ । 😢💔

Heart Breaking: बल्खु खोलामा १ जना उद्वारको पर्खाइमा हुनुहुन्छ भने उक्त क्षेत्रमा ३०० जना भन्दा बढी बाढीमा फसेको अनुमान ...
28/09/2024

Heart Breaking: बल्खु खोलामा १ जना उद्वारको पर्खाइमा हुनुहुन्छ भने उक्त क्षेत्रमा ३०० जना भन्दा बढी बाढीमा फसेको अनुमान गरिएको छ ।😢💔

28/09/2024

ललितपुरको भैसेपाटी नजिकै घरको छतमा फसेकाहरुलाई खोलाले बगाएको छ! देशकै राजधानी नजिक भएको ठाउँमा पनि बिपत ब्याबस्थापन यति कमजोर! 🙏

काठमाडौंको एउटा खोलामा आएको बाढीले Gas bullet लाई बगाएर लिएको छ भने उक्त bullet मा Gas चुहिँदै गरेकाे देखिएकाे छ। 🤔
28/09/2024

काठमाडौंको एउटा खोलामा आएको बाढीले Gas bullet लाई बगाएर लिएको छ भने उक्त bullet मा Gas चुहिँदै गरेकाे देखिएकाे छ। 🤔

28/09/2024

Highway Update:

१. काठमाडौं - चितवन सडक: बन्द
२. काठमाडौं - सिन्धुली सडक: बन्द
३. मुग्लिङ - पोखरा सडक: बन्द
४. चितवन - बुटवल सडक: बन्द
५. काभ्रे - दोलखा सडक: बन्द
६. बेनी - मुस्ताङ सडक: बन्द
७. कैलाली - बझाङ बाजुरा सडक: बन्द
८. झापा - ईलाम सडक: बन्द

28/09/2024

मुग्लिङ-काठमाण्डाै सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले बस पुरिएकाे खबर छ, थप विवरण आउन बाकी..

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्रा...
28/09/2024

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

23/09/2024

SEE पूरक परीक्षा नतिजा
परीक्षा दिने: २ लाख १० हजार ३२१
उत्तीर्ण: १ लाख १९ हजार ४२५
प्रतिशतमा: ५६‍.७८%

Address

Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gandaki Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share