Gandaki Express

Gandaki Express A Complete news Site From Gandaki Province

22/07/2026

निजि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर पूर्णरुपमा छुट दिने सरकारको निर्णय/ पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न ५० प्रतिशत सहुलियत दिईने || NEPAL TELEVISION

पोखरा फेवातालमा गाँजा सेवन गरेर डुङ्गा चलाउने ३ जना प्रहरीको नियन्त्रणमा
19/07/2026

पोखरा फेवातालमा गाँजा सेवन गरेर डुङ्गा चलाउने ३ जना प्रहरीको नियन्त्रणमा

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ३ विदेशीसहित ९ जनाको गिरोह पक्राउपोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न...
19/07/2026

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ३ विदेशीसहित ९ जनाको गिरोह पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा ३ विदेशी नागरिकसहित ९ जनाको गिरोहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय पोखराका विभिन्न क्षेत्रमा चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीका घटनामा संलग्न गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा गिरोहले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद, पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट सुनका गरगहना, १ लाख ५० हजार रुपैयाँ नगद, ल्यापटप र मोबाइल, पोखरा–१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट मोबाइल र सुनका गरगहना, पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित Mohsen Khatami को कोठाबाट मोबाइल र २५ हजार रुपैयाँ नगद, तथा पोखरा–६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोनसहित अन्य सामान चोरी गरेको आरोप छ।

प्रहरीले पक्राउ परेकाहरूको परिचय सार्वजनिक गर्दै उनीहरूमा भारतका राहुल निषाद र सोमनाथ हनुमन्त जाधव, चीनका Wen Jie र Wang Lianyin तथा नेपालका राजकुमार विक, खिमबहादुर क्षेत्री (राजु केसी), अशोक पोख्रेल, केशव पाइजा मगर र अनिल विक रहेको जनाएको छ।

प्रहरीका अनुसार चोरी भएका केही सामानसमेत बरामद गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजीका साथै बरामद सामानको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सेती नदी थुनिएको आशंका : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
19/07/2026

सेती नदी थुनिएको आशंका : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सेती नदी थुनिएको आशंका : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

एक युवती र युवक १५ हजार क्याप्सुल लागुऔषधसहित आफ्नै कोठाबाट  प्रहरीको नियन्त्रणमा  .....काठमाडौं । काठमाडौंको चन्द्रागिर...
19/07/2026

एक युवती र युवक १५ हजार क्याप्सुल लागुऔषधसहित आफ्नै कोठाबाट प्रहरीको नियन्त्रणमा .....

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले चन्द्रागिरी नगरपालिका–१५, ढुङ्गेअड्डा क्षेत्रबाट कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर गाइघाट घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपालका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका अनिल देउलाको बयानका आधारमा ५० वटा बक्सामा लुकाइराखिएको १५ हजार क्याप्सुल लागुऔषध बरामद गरिएको हो।

त्यसै बयानका आधारमा सुमित्रा राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनको कोठाबाट नगद १ लाख ३९ हजार १६५ रुपैयाँ तथा तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
#नेपालीसमाचार #समाचार

नेपाल टेलिभिजनमा स्याटेलाइट खरिद घोटाला, २० करोड ६१ लाखभन्दा बढी आर्थिक हिनामिना
18/07/2026

नेपाल टेलिभिजनमा स्याटेलाइट खरिद घोटाला, २० करोड ६१ लाखभन्दा बढी आर्थिक हिनामिना

नेपाल टेलिभिजनमा स्याटेलाइट खरिद घोटाला, २० करोड ६१ लाखभन्दा बढी आर्थिक हिनामिना

अब हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने
18/07/2026

अब हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

अब हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ, वैदेशिक रोजगार विभागमा बुझाइयोकाठमाडौं । आकर्षक तलबको प्रलोभन देखाए...
16/07/2026

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ, वैदेशिक रोजगार विभागमा बुझाइयो

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा तनहुँ ऋषिङ गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने पदमबहादुर थापा, रोल्पा लुङ्ग्री गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ बस्ने अमरबहादुर सुनार, तथा रोल्पा थवाङ गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१५ बस्ने सन्तोष सोनी रहेका छन्।

प्रहरीका अनुसार पदमबहादुर थापाले पोर्चुगल पठाइदिने भन्दै एक पीडितबाट ७ लाख रुपैयाँ, अमरबहादुर सुनारले बेलारुस पठाइदिने भन्दै ६ लाख रुपैयाँ, तथा सन्तोष सोनीले वैदेशिक रोजगारीका नाममा ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ। तीनै जनाबाट हालसम्म एक–एक जना पीडितको उजुरी परेको प्रहरीले जनाएको छ।

पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूले विदेश पठाउने आश्वासन दिई रकम उठाएपछि लामो समयसम्म झुक्याएर अन्ततः सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीबाट सचेत रहन, आधिकारिक म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउन तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सिद्धार्थ राजमार्गमा लागूऔषधसहित दुई पक्राउ, पोखराका दुई युवाबाट ९० एम्पुल बरामद
16/07/2026

सिद्धार्थ राजमार्गमा लागूऔषधसहित दुई पक्राउ, पोखराका दुई युवाबाट ९० एम्पुल बरामद

सिद्धार्थ राजमार्गमा लागूऔषधसहित दुई पक्राउ, पोखराका दुई युवाबाट ९० एम्पुल बरामद

16/07/2026

अधिकारीविरुद्ध १ करोड २२ लाख ४४ हजार ६ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

असार ३० गते । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको इच्छाकामना गाउँपालिका–३ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० बस्दै आएका ४२ वर्षीय अमित अधिकारी रहेका छन्।

बेदप्रसाद भुषालको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका अधिकारीलाई प्रहरी टोलीले असार २९ गते काठमाडौं महानगरपालिका–१४ सीतापाइलाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अधिकारीविरुद्ध १ करोड २२ लाख ४४ हजार ६ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।

Address

Gandaki Province Pokhara
Kaski
33700

Alerts

Be the first to know and let us send you an email when Gandaki Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki Express:

Shortcuts

Share