Jesum News

Jesum News Welcome To Our Official page
Jesum News – Your trusted Nepali news source. Stay informed with truth and integrity ❤️

Bringing you accurate, fast, and reliable updates from Nepal and around the world.

16/11/2025

मकवानपुरको भीमफेदी गाउँपालिका–१, बुङदलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिव ५० फिट तल खसेपछि घटनास्थलमै दुई पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र मोटरसाइकल पछाडि सवार पूर्वी नवलपरासी, कावासोति नगरपालिका–१३ घर भइ हाल हेटौडा–२ चौकीटोलमा डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

01/11/2025

भाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न जिफन्टको माग

30/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

काठमाडौं उपत्यकासहित देशभर वर्षा काठमाडौ उपत्यकासहित देशैभर अहिले वर्षा भइरहेको छ । हाल देशका देशका विभिन्न भागमा पश्चिम...
30/10/2025

काठमाडौं उपत्यकासहित देशभर वर्षा
काठमाडौ उपत्यकासहित देशैभर अहिले वर्षा भइरहेको छ ।
हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै अहिले पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

29/10/2025

शिक्षामन्त्री महावीर पुनले भन्नु भएछ, त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनु पर्नेछ, अब त्रिविको बेथितिअन्त्य होला ?

24/05/2024

२५६८ ‍औं बुद्ध जयन्ती Stupa…

गायक राई छुटे मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ। राई...
04/04/2024

गायक राई छुटे
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ।
राईलाई बिहीबार छाडिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए । राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट बुधबार राति प्रहरीले पक्राउ गरेको थियो ।
बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई छाडिएको डीएसपी बुढाथोकीले बताए । पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष ...
04/04/2024

वाइडबडी विमान खरिदमा भ्रष्टाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरु भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष सहित उनीहरुलाई प्रतिवादी बनाउने निर्णय गरेको हो ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष सहित आयोगको बैठकले भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।सम्भवतः विहीबार वा शुक्रबारभित्र विशेष अदालतमा मुद्दा दर्ता हुनेछ । अख्तियारले आरोपितहरुको नाम, विगो रकम र अरु विवरण गोप्य राखेको छ ।

खडेरीले खेतमै सुके मकै काठमाडौ, २८ जेठ । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ...
11/06/2023

खडेरीले खेतमै सुके मकै

काठमाडौ, २८ जेठ । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण त्यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न पाएका छैनन् ।
जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मंगला, अन्नपूणर् र रघुगंगाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ। लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी -२ का किसान नारायण शर्मा सापकोटाले बताउनु भयो ।सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् ।
पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेका छन् । जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भएपनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jesum News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share