Routine of Health Banda

Routine of Health Banda Health Media/News Website : Health & Medical

रसुवा जिल्लामा हालसम्म सम्पर्क विहिन रहेका स्वास्थ्यकर्मीहरुको विवरण!
29/08/2026

रसुवा जिल्लामा हालसम्म सम्पर्क विहिन रहेका स्वास्थ्यकर्मीहरुको विवरण!

लोक सेवा खुल्ने भएको छ ।संघीयले सबै सेवा समुहको माग आकृति भरी पठाउन लोकसेवा आयोगको पत्रानुसार सर्कुल गरेको छ ।
29/08/2026

लोक सेवा खुल्ने भएको छ ।

संघीयले सबै सेवा समुहको माग आकृति भरी पठाउन लोकसेवा आयोगको पत्रानुसार सर्कुल गरेको छ ।

नेपाल जनस्वास्थ्य संघको अपिल!
28/08/2026

नेपाल जनस्वास्थ्य संघको अपिल!

स्वास्थ्य प्रवर्द्धन केवल सचेतनामा मात्र सीमित हुँदैन, विपद्को घडीमा समुदायको साथमा उभिनु पनि जनस्वास्थ्यको मूल मर्म हो।...
28/08/2026

स्वास्थ्य प्रवर्द्धन केवल सचेतनामा मात्र सीमित हुँदैन, विपद्को घडीमा समुदायको साथमा उभिनु पनि जनस्वास्थ्यको मूल मर्म हो।

"म स्वास्थ्य, मेरो समुदाय स्वस्थ : घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम" अन्तर्गत कार्यरत ७८ जना जनस्वास्थ्य अधिकृतहरू (Public Health Officers) ले सामूहिक रूपमा रू. ८७,०४७।- (अक्षरेपि रू. सत्तासी हजार सड्चालिस् रूपैँया) जम्मा गरेका थिए । यो सामुहिक परिवारले देशलाई दुःख पर्दा सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने दृढ विश्वासका साथ रसुवाका बाढी तथा पहिरो पीडित जनताहरुका लागि राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गरेका छन् ।

बाढी पछिको सम्भावित सरुवा रोग तथा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि खानेपानी शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा आपत्कालीन स्वास्थ्य सामग्री प्रवर्द्धनका लागि आवश्यक परेको खण्डमा प्रत्यक्ष फिल्डमै उत्रेर पनि समुदायको पुनरुत्थानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यो सहयोग ठूलो नहोला तर पीडितहरूको घाउमा सानो मलम लगाउन र उनीहरूलाई केही राहत पुर्‍याउन अवश्य मद्दत गर्ने नै छ ।

राष्ट्रसेवक कर्मचारीको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय! प्रधानमन्त्री तथा मन्त्...
27/08/2026

राष्ट्रसेवक कर्मचारीको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय!

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०८३ भदौ ११ गतेको सचिवस्तरीय निर्णयले रसुवा जिल्लाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत, अत्यावश्यक पूर्वाधार पुन:सञ्चालन तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ।

सचिब र सहसचिव स्तरको १० दिन, उपसचिव र शाखा अधिकृत स्तरको ७ दिन, नासु र खरिदार स्तरको ५ दिन र श्रेणीविहिनको २ दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।

सबैले सानो सहयोग गरौं ! नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
26/08/2026

सबैले सानो सहयोग गरौं !

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिन सरकारले अपिल गरेको छ ।

तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनु हुन अनुरोध छ।

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइ...
26/08/2026

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर “१११५” मा सम्पर्क गर्नुहुन अनुरोध छ !

26/08/2026

स्वास्थ्यकर्मि सम्पर्क बिहिन 👇️

आकस्मिक बाढीले गर्दा रसुवा जिल्लाको गोसाईकुण्ड गाउॅपालिका टिमुरे, स्याफ्रुबेशी स्वास्थ्य चौकी र उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गरी (५) जना स्वास्थ्यकर्मीहरु सम्पर्कविहीन भएको छ। उहाँको बारेमा कुनै सूचना पाउने वा सम्पर्कमा आउने जोकोहीले तुरुन्त सम्पर्क गरिदिनुहोला।

रुपन्देही देवदह नगरपालिका अन्तर्गतको केरवानी स्वास्थ्य चौकीले मासिक स्वास्थ्य बुलेटिन प्रकाशन गर्न सुरु गरेको छ ।स्वास्थ...
25/08/2026

रुपन्देही देवदह नगरपालिका अन्तर्गतको केरवानी स्वास्थ्य चौकीले मासिक स्वास्थ्य बुलेटिन प्रकाशन गर्न सुरु गरेको छ ।

स्वास्थ्य चौकीले महिनाभरि कति सेवा दियो, के-कस्ता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्‍यो, के उपलब्धि भए—यी सबै तथ्यांक र गतिविधिलाई समेटेर हरेक महिना अभिलेखीकरण र सार्वजनिक गर्ने प्रयास आफैंमा राम्रो अभ्यास हो।

साउन १ गते देखि लागू हुने सरकारी कर्मचारी तलब गणना क्याकुलेटर! दिएको लिंकबाट सबैले आफ्नो नयाँ तलब हेर्न सकिनेछ ।https://...
19/08/2026

साउन १ गते देखि लागू हुने सरकारी कर्मचारी तलब गणना क्याकुलेटर!
दिएको लिंकबाट सबैले आफ्नो नयाँ तलब हेर्न सकिनेछ ।

https://govtstaffsalarycal.netlify.app/?fbclid=IwdGRjcATxZa50ZGNwBPFi4mNsY2sE8WLacGRvZgVleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR7FJmLBu6IzH2I-cvcIvagp5e09I5HW4C6NPWQRihAvVRnd-T7IUh8I54wQmA_aem_-64TWze1ewzj4LkZGEDUMQ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Health Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share