Nepal Update

Nepal Update Breaking News

रसुवा बाढीका कारण प्रभावित भएका ३, २५३ जनाको अहिलेसम्म उद्धार भएको छ।
28/08/2026

रसुवा बाढीका कारण प्रभावित भएका ३, २५३ जनाको अहिलेसम्म उद्धार भएको छ।

अत्यावश्यक सूचना तथा अपिल! 🚨🙏चीनमा ताल फुटेको खबर रसुवाको तल्लो तटीय भेगमा इन्टरनेट तथा नेटवर्क समस्याका कारण धेरै दाजुभ...
28/08/2026

अत्यावश्यक सूचना तथा अपिल! 🚨🙏

चीनमा ताल फुटेको खबर रसुवाको तल्लो तटीय भेगमा इन्टरनेट तथा नेटवर्क समस्याका कारण धेरै दाजुभाइ तथा दिदीबहिनीहरूलाई अझै थाहा हुन सकेको छैन।

नदीमा कुनै पनि बेला ठूलो बाढी आउने उच्च जोखिम रहेकाले, यो पोस्ट देख्नुहुने सबैले रसुवा तथा आसपासका नदी किनारमा बस्ने आफ्ना आफन्त र चिनजानका मानिसहरूलाई तुरुन्त फोन वा अन्य माध्यमबाट खबर गरेर सुरक्षित स्थानमा जान सचेत गराइदिनुहोला।

तपाईंको एउटा सानो फोन वा सन्देशले कसैको अमूल्य जीवन बचाउन सक्छ। कृपया यो सूचनालाई सक्दो छिटो सबैमाझ पुर्‍याइदिनुहोला! 🙏

  : चीनको तिब्बतमा पहिरोले थुनिएर बनेको ताल पुनः फुटेपछि बाढीको उच्च जोखिमका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीलाई तत्काल...
28/08/2026

: चीनको तिब्बतमा पहिरोले थुनिएर बनेको ताल पुनः फुटेपछि बाढीको उच्च जोखिमका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीलाई तत्काल १ किलोमिटर पछि हट्न निर्देशन दिइएको छ।
यसको असर नेपालतर्फ पनि पर्न सक्ने भएकाले नेपाल सरकारले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आधिकारिक सूचना जारी गरिसकेको छ। नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई तुरुन्त सुरक्षित स्थानमा जान र विशेष सावधानी अपनाउन अनुरोध छ।

 #ब्रेकिङ न्युज: चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको सङ्गम छेउमा थुनिएको ठूलो ताल फुटेको छ। ताल फुटेको जानकारी चिनि...
28/08/2026

#ब्रेकिङ न्युज: चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको सङ्गम छेउमा थुनिएको ठूलो ताल फुटेको छ। ताल फुटेको जानकारी चिनियाँ पक्षले गराएको हो। नदीमा बहाव बढ्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

28/08/2026

उच्च जोखिमबीच हेलिकप्टरको सहारामा हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार

रसुवा स्थित जलविद्युत् आयोजना  को सुरुङ भित्र बा'ढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको छ। ​...
28/08/2026

रसुवा स्थित जलविद्युत् आयोजना को सुरुङ भित्र बा'ढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको छ। ​जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट २ जनाको सकुशल उद्धार गरिसकेको छ।

28/08/2026

नेपाली सेना द्वारा सुरुङमा फसेका २ जनाको उद्धार, अन्यको खोजी जारी ।

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...
28/08/2026

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

28/08/2026

ढुंगे बजारमा बाढीको कहर, घरहरूमा ठूलो क्षति; सडक खुलाउने प्रयास जारी। #धन्यवाद नेपाल सरकार

28/08/2026

नेपाली सेनाले यसरि सुरुङभित्र फसेकालाई उद्दार गरेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share