प्रेस जगत

प्रेस जगत प्रेस जगत को आधिकारिक फेसबुक पेजमा सबैलाई स्वागत छ। सत्य तथ्य र निस्पक्ष खबरको लागि पेज लाइक गरि हामि संग जोडिनु होला ।🙏

16/09/2025
जेनजी आन्दोलनका सुरुवाती अगुवा मिराज ढुंगानाले आफू सुरक्षित रहेको भन्दै कैदी बनाइएका भन्ने हल्ला खण्डन गरेका छन्।ढुंगाना...
15/09/2025

जेनजी आन्दोलनका सुरुवाती अगुवा मिराज ढुंगानाले आफू सुरक्षित रहेको भन्दै कैदी बनाइएका भन्ने हल्ला खण्डन गरेका छन्।

ढुंगानाले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सन्देश दिँदै आफूलाई कुनै प्रकारको नियन्त्रणमा नलिइएको स्पष्ट पारेका हुन्। उनले भने, “मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। म एकदम सेफ छु। मलाई कसैले कैदी बनाएको छैन। तपाईँहरू ढुक्क हुनुहोस्।”

उनले आन्दोलनको परिणामप्रति सन्तोष व्यक्त गर्दै भने, “हामी ठूलो चेन्जबाट गुज्रेका छौँ। धेरै राम्रो पनि भएको छ, केही नराम्रो पनि भएको छ। तर अन्ततः हामीले अन्तरिम सरकार ल्यायौँ, जुन निकै खुसीको कुरा हो।”

जेनजी आन्दोलनको सुरुवातमा सक्रिय भूमिका खेलेका ढुंगानाबारे पछिल्लो समय उनी ‘कैदी बनाइएको’ भन्ने हल्ला फैलिएको थियो। तर उनले प्रत्यक्ष सन्देशमार्फत आफ्नो अवस्था सामान्य रहेको जनाउँदै आन्दोलनप्रति निरन्तर साथ रहने विश्वास दिलाएका छन्।

आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि रिपोर्टर्स क्ल...
14/09/2025

आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनकै क्रममा हातपात भएको छ।

सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि गुरुङमाथि धकेलाधकेल र हात हालाहाल भएको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी टोली पुगेको छ। प्रहरी र गुरुङका केही समर्थकले उनलाई पत्रकार सम्मेलन भइरहेकै हलको कुनामा घेरेर राखेका छन्।

पत्रकार सम्मेलनमा वातावरण तनावग्रस्त बन्नुको कारण एक प्रश्न बनेको थियो। एक पत्रकारले गुरुङलाई प्रश्न गर्दै, “७० वर्षको ‘बा’लाई हटाएर ७३ वर्षकी ‘आमा’लाई ल्याएर कसरी परिवर्तन भयो?” भनेका थिए।

यस प्रश्नमा गुरुङ आक्रोशित हुँदै जवाफ फर्किएका थिए – “८० वर्षको नेपाल परिवर्तन भएको छ, यो परिवर्तन होइन? के कुरा गरेको तपाईंले?” पत्रकारप्रति आक्रामक व्यवहार देखाएपछि उपस्थित सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए।

यही क्रममा विवाद बढ्दै हातपात र धकेलाधकेल भएको हो। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when प्रेस जगत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share