04/11/2025
आज भन्दा ४४ वर्ष अगाडि बीपी ले लेख्नु भएको युवा सम्बन्धि यो लेख आज पनि उत्तिकै सान्दर्भिक र पठनीय छ। युवा साथीहरुलाई पढ़न अनुरोध ।�
* "युवकहरू के भन्ठान्छन् भने हामीहरू जे पनि गर्न सक्दछौं र युवक भएकै कारण हामीहरूको सोचाइ पनि बेग्लै छ, हामीहरू विशेष वर्ग हौं । त्यसै कारण उनीहरूमा जेमा पनि अग्राधिकारकै आकांक्षा तर जवाफदेहीप्रति भने नितान्त उदासीनता... "
*" म देखिरहेछु– एउटा सोचविचारहीन आन्दोलनको सिपाही भएर, एउटा आवेगमा युवकहरूबाट काम भइरहेछ र प्रजातन्त्रचाहिँ आवेगबाट स्थापित हुने व्यवस्था होइन । प्रजातन्त्र त बडो सन्तुलित विरोधीहरूको पनि कुरा सुन्ने सहनशीलता र सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने ‘हो’ पनि भन्ने यस किसिमको पद्धति हो । यस्तो मानसिकता अपेक्षा गर्दछ– प्रजातान्त्रिक आन्दोलनले । तर, त्यही कुरा युवकहरूमा छैन– अर्काको दृष्टिकोण सुन्ने, विरोधीहरूको विचार सुन्ने, कुनै पनि कुरामा एकभन्दा बढी पक्ष हुन्छ भन्ने बुझ्ने, आलोचना सुन्ने ।"
�
नेपालमा जेन–जीको विद्रोहले उथलपुथल मच्चाइरहेका बेला यहाँ यस्ता व्यक्तित्वको धारणा प्रस्तुत गर्दै छौं, जो नेपाल...