26/08/2026
हालैको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा प्रभावित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक सहानुभूति।
यस्तो कठिन समयमा हामी सबै एकजुट बनौँ, सक्दो सहयोग गरौँ।
कृपया झुटा तथा अपुष्ट समाचार शेयर नगरौँ। गलत सूचनाले झन् डर र भ्रम फैलाउन सक्छ।
आधिकारिक तथा विश्वसनीय स्रोतबाट पुष्टि भएका सूचना मात्र शेयर गरौँ।
संकटको समयमा हाम्रो एकता नै हाम्रो शक्ति हो
#रसुवा #नुवाकोट #धादिङ #बाढीपीडित #एकतामा_शक्ति