Sambad Pati

Sambad Pati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sambad Pati, News & Media Website, Nayabazar, Kathmandu.

28/02/2026
आगामी चुनावमा कांग्रेसभित्र पूर्व सभापति देउवाको भूमिकाबारे प्रश्नकाठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ...
26/02/2026

आगामी चुनावमा कांग्रेसभित्र पूर्व सभापति देउवाको भूमिकाबारे प्रश्न

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस भित्र पूर्व सभापति शेरबहादुर देउवा को भूमिकाबारे गम्भीर चर्चा सुरु भएको छ। पार्टीको विशेष महाधिवेशनबाट देउवा सभापति पदबाट च्युत भएपछि, आगामी चुनावमा उनको अघोषित असहयोग देखिएको भन्ने आरोप पार्टीभित्रैबाट उठ्न थालेका छन्।

कांग्रेसका केही नेताहरू र कार्यकर्ताहरूका अनुसार देउवाले चुनावी अभियानमा अपेक्षित सक्रियता नदेखाउनु, संगठनात्मक निर्देशनमा मौनता अपनाउनु तथा उम्मेदवार चयन र प्रचार–प्रसारमा सीमित भूमिका निर्वाह गर्नुले पार्टीभित्र असन्तोष बढेको छ। उनी निकट मानिएका केही नेताहरू पनि चुनावी गतिविधिमा खुलेर नलागेको देखिँदा यो असहयोग योजनाबद्ध हो कि स्वाभाविक दूरी—भन्ने प्रश्न उठेको छ।

तर देउवा पक्षका नेताहरूले भने यी आरोपलाई अस्वीकार गर्दै, उनले पार्टीको हितविपरीत कुनै गतिविधि नगरेको दाबी गरेका छन्। उनीहरूका अनुसार देउवा हाल पार्टीका साधारण सदस्यको हैसियतमा रहेर नेतृत्वलाई सहयोग गरिरहेका छन् र अघोषित असहयोगको चर्चा राजनीतिक प्रचार मात्र हो।

यसैबीच, कांग्रेसको वर्तमान नेतृत्वले व्यक्तिभन्दा संस्थालाई प्राथमिकतामा राख्दै चुनावी तयारीलाई तीव्र बनाएको बताएको छ। नेतृत्व तहले आन्तरिक मतभेदलाई चुनावी परिणाममा असर नपर्ने गरी व्यवस्थापन गर्ने रणनीति लिएको जनाइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार देउवाजस्तो प्रभावशाली नेताको सक्रियता वा निष्क्रियताले कांग्रेसको चुनावी प्रदर्शनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यसैले आगामी दिनमा देउवाको भूमिका कस्तो रहनेछ भन्ने विषय कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण बनेको छ।

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर ब...
18/02/2026

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता
काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको छ।

उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ। जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन्।उक्त जाहेरीमा बालेनले आफ्नो पुर्ख्यौली मधेशी पहिचान लुकाएर उच्च जातीय लाभ लिने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात किर्ते गरेको आरोप लगाएका छन्।

उनले बुबा र दाइको पुरानो नागरिकता, अनि बसाईं–सराई गर्दाको कागजात र पछि लिएको नागरिकताको प्रतिलिपीमा थरमा परिवर्तन गरेको जाहेरीमा उल्लेख छ।

प्राप्त दस्तावेजहरूका अनुसार, बालेनले सुरुमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट २०६३ साल पुस ६ गते नागरिकता प्रमाणपत्र नम्बर ६१९२ को नागरिकता लिएका थिए।

तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा बहाल भएपछि उनले २०७९ साल असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको पहिलो प्रतिलिपि लिको उल्लेख छ। सोही प्रतिलिपि लिने क्रममा बालेनले आफ्नो र आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई अनधिकृत रूपमा परिवर्तन गरी ‘शाह’ कायम गराएको जाहेरीमा उल्लेख छ

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारीजनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ। सभामा सभापति गगन थापा लगायत श...
18/02/2026

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी
जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ। सभामा सभापति गगन थापा लगायत शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम छ । यही कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक हुँदैछ जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा २ लाख कार्यकर्ता उतार्ने कांग्रेसको दाबी छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

18/02/2026

नेपाली कांग्रेसका सभापति गगन थापा जनकपुरमा ।

17/02/2026

देशभर घर-घर पुगेर ‘रुख’ चिन्हमा मत मागिरहनुभएका सबै कांग्रेस साथीहरूलाई एकछिन मेरा केही कुरा सुन्न अनुरोध गर्दछु।:गगन थापा

राजधानीमै अमानवीय व्यवहार: महाराजगञ्जमा बृद्धामाथि कुटपिट, भिडियोपछि चर्कियो विरोध 😳काठमाडौँको महाराजगञ्ज क्षेत्रमा सडकम...
17/02/2026

राजधानीमै अमानवीय व्यवहार: महाराजगञ्जमा बृद्धामाथि कुटपिट, भिडियोपछि चर्कियो विरोध 😳

काठमाडौँको महाराजगञ्ज क्षेत्रमा सडकमै एक बृद्धामाथि कुटपिट गरिएको घटना सार्वजनिक भएपछि चौतर्फी आक्रोश फैलिएको छ।

प्रारम्भिक जानकारी अनुसार, प्राइभेट गाडीबाट ओर्लिएका एक पुरुषले “के भनिस?” भन्दै ती बृद्धाको टाउकोमा मुक्का प्रहार गरेका थिए। त्यसपछि एक महिला समेत आएर आक्रामक व्यवहार देखाउँदै थप हातपात गर्न उक्साएकी बताइएको छ। सामान्य प्रतिवाद गर्न खोज्दा पनि बृद्धालाई थप झापड हानेर उनीहरू घटनास्थलबाट हिँडेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिनासाथ दोषीमाथि कडा कारबाहीको माग उठेको छ। सर्वसाधारणले सार्वजनिक स्थानमै यस्ता अमानवीय घटना हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

17/02/2026

दुर्गा प्रसाई यसरी पक्राउ परे !

निषेधाज्ञाका बाबजुद त्रिभुवन विमानस्थलमा भेला हुँदै राजावादी, दुर्गा प्रसाई पनि पुगे !पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वाग...
13/02/2026

निषेधाज्ञाका बाबजुद त्रिभुवन विमानस्थलमा भेला हुँदै राजावादी, दुर्गा प्रसाई पनि पुगे !
पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा भेला भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरु भेला भएका हुन् । त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन्।
pati

13/02/2026

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउने क्रममा समर्थकहरुको भीडभाड हुने भन्दै प्रशासनले निषेधाज्ञा लगाएपछि प्रहरीले सुरक्षा जाँच बढाएको छ।

12/02/2026

‘सिंहदरवार,सर्बोच्च अदालत र संसद भवनमा आगो लगाउनेहरु सबै रास्वपाका उम्मेदवार बनेका छन् !
बालेन र सोबिता गौतमको भिडिओ चुनावअघि नै सार्वजनिक गर्छु’ !

Address

Nayabazar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sambad Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share