Mero Picture Plus

Mero Picture Plus Exclusive facebook Page of www.meropicture.com
overall picture of nepal

 साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्म ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत...
21/05/2026


साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्म ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरमा रहस्य, मानसिक द्वन्द्व र भावनात्मक उतारचढावलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।
clik link on comment box

कस्तो होला केकीको शुक्रबार रिलिज हुने लागेको 'काजी'? के भन्छिन् केकी?नेपाली फिल्म क्षेत्रमा फरक र सशक्त भूमिकामार्फत आफ्...
20/05/2026

कस्तो होला केकीको शुक्रबार रिलिज हुने लागेको 'काजी'? के भन्छिन् केकी?
नेपाली फिल्म क्षेत्रमा फरक र सशक्त भूमिकामार्फत आफ्नो पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम, त्याग र सम्बन्धको गहिराइ बोकेको यस फिल्मप्रति उनी निकै उत्साहित देखिएकी छन्।

ग्रामीण परिवेशमा आधारित ‘काजी’ काजी र कजिनीको भावनात्मक प्रेमकथामा निर्माण गरिएको फिल्म हो। हालै काठमाडौंमा आयोजित कार्यक्रममा केकीले ‘काजी’लाई केवल प्रेमकथा नभई विश्वास, समर्पण र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिन्।

उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको भए पनि ‘काजी’को संसारमा भने माया र विश्वासले नै सम्बन्धलाई जोगाइराखेको छ।
“हामीलाई वास्तविक जीवनमा कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’को संसारमा त्यो सोचभन्दा बिल्कुल फरक भावनात्मक गहिराइ छ,” उनले भनिन्।

केकीका अनुसार फिल्मकी पात्र ‘कजिनी’ले आफूले पाएको प्रेमलाई असाधारण रूपमा अनुभव गर्छिन्।
“काजीले कजिनीलाई जति प्रेम गर्छ, त्यो प्रेम सात जुनीसम्म पनि फर्काउन सकिँदैन भन्ने अनुभूति उसलाई हुन्छ,” उनले बताइन्।

फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा उनले रामायणको प्रसंग पनि जोडिन्।
“राम र सीताको कथामा सीताले रामका लागि धेरै त्याग गरेकी थिइन्। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’को संसारमा कजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्छिन्,” केकीले भनिन्।
उनका अनुसार फिल्ममा देखाइएको प्रेम, त्याग र समर्पणले “प्रेमले नै संसार थामेको छ” भन्ने भाव दर्शाउँछ।

कजिनी पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्।
“कजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौँ जन्ममा काजीलाई पाउनु हो भन्ने भाव फिल्ममा छ,” उनले भनिन्।

केकीका अनुसार कजिनीका लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्।
“कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो। संसारका अरू सबै कुरा साना लाग्छन्,” उनले भनिन्।

20/05/2026

फिल्म खेल्दा भन्दा फिल्मको पब्लिसिटी गर्दा धेरै पैसा पाउँछन् जयकिशन!

19/05/2026

आफ्नै सरकार वि*रुद्ध क*ड्किँदैछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिहं कारण रहेछ यस्तो!

19/05/2026

हत्तपत्त तारिफ नगर्ने निश्चलले लालीबजार हेरेपछि चाहिँ के भने?

गत वैशाख २५ बाट प्रदर्शन भएको फिल्म लालीबजारले एघार दिनसम्ममा नेपालभर ४ करोड ३९ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको षट्कोण ...
19/05/2026

गत वैशाख २५ बाट प्रदर्शन भएको फिल्म लालीबजारले एघार दिनसम्ममा नेपालभर ४ करोड ३९ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको षट्कोण आर्ट्सले जनाएको छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार वितरकले दिएको जानकारी अनुसार फिल्मले उक्त व्यापार गरेको हो । फिल्मको एउटा टिम अहिले काठमाडौँका विभिन्न हल र अर्को टिम पूर्वका दर्शकसँग भेटघाट तथा साक्षात्कार गरिरहेको छ ।

‘म आफैँ पनि एउटा श्रीमान् हुँ। त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु। अन्य केही फिल्ममा जस्तो धेरै त...
19/05/2026

‘म आफैँ पनि एउटा श्रीमान् हुँ। त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु। अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन´, अभिनेता विपिन कार्की । फिल्म जेठ ८ गतेबाट प्रदर्शन म आउँदैछ।

19/05/2026

Lalibazar Special Screening Celebrity Review.

बहिष्कार अभियानलाई लो!प्पा खुवाउँदै बक्सअफिसमा `लालीबजार´काे आ*क्रमक कमाइ, धेरै पछि परे `मालती मङ्गले´ र `गुरुआमा´चलचित्...
18/05/2026

बहिष्कार अभियानलाई लो!प्पा खुवाउँदै बक्सअफिसमा `लालीबजार´काे आ*क्रमक कमाइ, धेरै पछि परे `मालती मङ्गले´ र `गुरुआमा´
चलचित्र विकास बोर्ड ले सार्वजनिक गरेको रिपोर्टअनुसार फिल्मले जेठ २ गतेसम्म ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। नौ दिनमै फिल्म हेर्ने दर्शक संख्या १ लाख १४ हजार ४६८ पुगेको छ।
Swastima Khadka Swastima Khadka Mero Picture Plus

17/05/2026

`लालीबजार´का लागि अपार माया बटुल्दै स्वस्तिमा खड्का।
Swastima Khadka

‘टक्सिक’लाई लिएर पछिल्ला दिनमा चर्चा झन् बढेको छ, विशेषगरी फिल्ममा अभिनेत्रीहरू तारा सुतारिया र कियारा आडवाणी को सम्भावि...
17/05/2026

‘टक्सिक’लाई लिएर पछिल्ला दिनमा चर्चा झन् बढेको छ, विशेषगरी फिल्ममा अभिनेत्रीहरू तारा सुतारिया र कियारा आडवाणी को सम्भावित भूमिकालाई लिएर दर्शकमा उत्सुकता थपिएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको भिजुअल क्वालिटी, कथावस्तु र पोस्ट–प्रोडक्सन कार्यलाई उच्च स्तरमा पुर्‍याउन समय लिइएको हो । यशले पनि यस्ता ठूला प्रोजेक्टहरूमा “हतारभन्दा परिपक्वता महत्वपूर्ण” हुने बताएका छन् ।

‘केजीएफ’ सिरिजबाट प्यान–इन्डिया स्टार बनेका यशको यो फिल्मलाई लिएर दर्शकमाझ ठूलो अपेक्षा छ । ‘टक्सिक’लाई उनको करियरका सबैभन्दा महत्वाकांक्षी प्रोजेक्टमध्ये एक मानिएको छ ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mero Picture Plus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Picture Plus:

Share