Dipta Gallery दिप्त ग्यालरी

  • Home
  • Dipta Gallery दिप्त ग्यालरी

Dipta Gallery दिप्त ग्यालरी to.........

15/06/2025

कबिता
छायाँभित्रको देवता

हे देवता,
तिमी त मौन साक्षी छौ होला
जहाँ मान्छेले
आफ्नै छायाँलाई चिन्दैन
र अरूको अँध्यारोलाई श्राप दिन्छ।
यदि तिमी कहीँ छौ भने
एक पटक मेरो सपनामा आएर भन्देउन
आमाको कोख भ्रम हो ।
के तिमीले देखेका छौ
एउटी आमाले रातभरि
भित्तामा टाँसिएको तिम्रो मूर्तिलाई हेरेर
आँसु बगाएको ।
आमाको माया भुलेको छोरा,
शासनको आडमा बाँच्ने न्याय ,
कि तिम्रो उपस्थिति केवल चुप लागेर
हामीले पालेका भ्रमहरूमा छ?

यदि तिमीले सुन्न सक्छौ भने,
आज म तिमीलाई भन्न चाहन्छु
हामी सबै दोषी छौं।
आमा पनि, सन्तान पनि,
व्यक्ति पनि, समाज पनि,
म पनि, तिमी पनि ।

तर यति धेरै प्रश्नहरू भित्र
उत्तर दिन सक्ने हिम्मत
कसैसँग छैन।
म एउटा मन्दिरको शिखरमुनि उभिएको छु,
जहाँ मूर्ति छ
तर उत्तर छैन।
के तिमी त्यो मूर्तिको भित्र
बस्ने निःशब्द ईश्वर हौ,
जो हरेक दोष
नजिकैको मुखबाट सुनिरहन्छ
र आँखा झिम्काउँदैन?

म देख्छु
एकजना युवक,
क्यान्भासमा चित्र कोर्दैछ
तर अनुहार अधुरो छ।
उसको क्यान्भास पनि तिमी हौ
अस्पष्ट, अदृश्य, अपुरो चित्र पनि तिमी नै हौ ।

म प्रश्न गर्छु
के दोष जन्मिँदै आउँछ?
तिमी त उही मौन देवता हौ ।
जसको मन्दिरमा फूलहरू सुकिरहेका छन
धूपको धुवाईरहको छ,
तर बत्ती निभेको छ।
तिमी किन चुप रहन्छौ ?
जब पीडाले टुटेका सपना
मेरो आँखामा झुल्किन्छन
के तिमी पनि निर्दोष छौ?
वा तिमीले नै लेखेका हौ
यी नियतिहरू, जसले मन जलाउँछन?
तिमी उत्तर किन दिँदैनौ?
के तिमी अज्ञानी हौ ?
कि तिमी नै मौनतामा गुम्सिएका प्रश्न हौ?
तिमी उत्तर किन दिँदैनौ?

कसैले सोध्दैन तिमीलाई
किनकि
हामी सबैलाई उत्तर नचाहिने भइसकेको छ,
केवल दोष दिने कथा चाहिएको छ।

हे देवता,
तिमीलाई कुनै दिन
कहाँ छौ भनेर प्रश्न गर्दा,
के तिमी आफ्नो छायाँ देखाएर भन्छौ
हामी सबैको दोष म हुूँ?
मन्दिरको भित्तामा झुण्डिएको तिमी
हाम्रो विवशता हौ,
हाम्रो प्रश्नहरू हौ,
हाम्रो आफ्नै आत्माको चिच्याहट हौ।
तर तिमी सुन्दैनौ।
किनकि तिमी हामीले बनाएका देवता हौ,
हामीले आफैंलाई नछुने बहानाका मूर्ति हौ।
र हामी सबै नाटकका पात्र,
जहाँ छायाँले मात्र प्रश्न गर्छ
र उज्यालो उत्तर दिन डराउँछ।

जसरी हामीले देवता बनायौं,
उस्तै मौन बनायौं।
उत्तरभन्दा सजिलो रहेछ
मौन मूर्ति बनाउन ।

दिप्त प्रकाश अधिकारी
२०८२ जेष्ठ ३१ रोज ७ शुभम्

24/10/2024

म तिम्रो कवि तिमी मेरो कविता ।❤️ कविता प्रति समर्पित गीत ।

29/04/2024

इलाममा एकलाख १५ हजार ८ सय मतदातामा जम्मा ६९ हजार २ सयले मतदान गरे । मतदान गर्न बाँकी ४६ हजारभन्दा बढी मतदाता घण्टीका प‍ो थिए कि, के थाहा । अहिले आएको १७ सय चानचुन भोटमा त्यो ४६ हजार जोड्दा कति हुन्थ्यो ? यो एंगलबाट पनि सोच्नुपर्यो नि, त्यसै घण्टीलाई उडाउँदा रैछन् !
Milan Timilsina

28/04/2024

मनसरा एक्कासी मनसर्रा भएझै तिमी नबदलिनु है कविता ?

02/02/2024

हारेको छैन मैले कहिल्यै जीवनमा ....
फग्गुन २५ गते तपाइहरुको लागि नयाँ उपहार 😍

20/01/2024

शनिबारको बसन्तपुर 🙏

22/08/2023

कथा दिप्त प्रकाश अधिकारी हातका औलाहरु कमाउदै उ चिया पसलको कुर्चीमा घोरीएर बसीरहेकी थिई । उसको अनुहार भरी डरैडर भ.....

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ लीए ।
22/08/2023

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ लीए ।

५ भदौ, काठमाडौं । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा .....

14/07/2023

२१०औं भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम, बाईसधारा काठमाडौ ।

27/05/2023

कहिले काहीं यसैगरी घुम्ने काम पनि गर्नु पर्छ हैन त ?

सिन्धुलीका गिठ्ठा रैछन सारै मिठा 😍
17/05/2023

सिन्धुलीका गिठ्ठा रैछन सारै मिठा 😍

गिठ्ठा स्वादै मिठो🤩

केराउ चोर 😁😋
01/05/2023

केराउ चोर 😁😋

Dipta prakash Adhikari

Address


Telephone

+9779851177522

Website

Alerts

Be the first to know and let us send you an email when Dipta Gallery दिप्त ग्यालरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipta Gallery दिप्त ग्यालरी:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share