Ram Prasad Bhattarai

Ram Prasad Bhattarai स्वाभिमानी नेपाली 🇳🇵
(1)

Member Central Department of Training, Rastriya Swatantra Party | Youth Empowerment | Child Advocacy | conflict Resolution | International Relations |Former Director (Chief Executive) at Nepal Scouts

23/08/2026

रास्वपा कार्यशालालाई सम्बोधन गर्दै सभापति रवि लामिछाने ।

Matching the vibes at the Temple Mount. ✨🕊️
23/08/2026

Matching the vibes at the Temple Mount. ✨🕊️

जन्मदिनको भव्य शुभकामना प्रिय दाजू Deepak Bohara 🎉🙏
21/08/2026

जन्मदिनको भव्य शुभकामना प्रिय दाजू Deepak Bohara 🎉🙏

You are your only Limit 🖤
19/08/2026

You are your only Limit 🖤

पश्चिमी सभ्यताको उद्गमभूमि, यहूदी, इस्लाम र ईसाई धर्मको पवित्र धरोहर र करिब ५ हजार वर्षदेखि मानव इतिहासका संघर्ष, आस्था ...
16/08/2026

पश्चिमी सभ्यताको उद्गमभूमि, यहूदी, इस्लाम र ईसाई धर्मको पवित्र धरोहर र करिब ५ हजार वर्षदेखि मानव इतिहासका संघर्ष, आस्था र विवादको केन्द्र बनेको इजरायलको राजधानी जेरुसेलममा इजरायली राजदूत तथा नेपाली युवा नेताहरूसँगै भ्रमण गर्ने यो अभूतपूर्व अवसर मेरा लागि अविस्मरणीय र ऐतिहासिक रह्यो। 🇮🇱🇳🇵

इतिहासलाई किताबमा पढ्नु एउटा कुरा हो, इतिहास बाँचेको भूमिमा उभिनु अर्कै अनुभूति।

किशोर श्रेष्ठ पेशाले पत्रकार हुन सक्छन्, तर उनी पनि एक नेपाली नागरिक नै हुन् । नेपालको संविधान र प्रचलित कानुनले प्रदान ...
13/08/2026

किशोर श्रेष्ठ पेशाले पत्रकार हुन सक्छन्, तर उनी पनि एक नेपाली नागरिक नै हुन् । नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको हक, अधिकार र न्यायको सुनिश्चितता उनलाई पनि समान रूपमा प्राप्त हुन्छ । साथै, कानुन उल्लंघन गरेको अवस्थामा कानुनी दायित्व र सजायको भागीदार पनि उनी नै हुनेछन् ।

प्रारम्भीक तथ्यलाई हेर्दा, उनले पत्रकारिताको आवरणमा नेपालको संविधानको भाग ३, धारा २८ तथा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ का आधा दर्जनभन्दा बढी दफाहरूको स्पष्ट उल्लंघन गरेको देखिन्छ । यस्तो अवस्थामा उनको पक्राउ अनपेक्षित घटना होइन ।

अब कानुनबमोजिम थप अनुसन्धान अगाडि बढ्नेछ र सोहीअनुरूप मुद्दा दायर हुनेनै छ । र उनी दोषी ठहरिएमा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा २९ बमोजिम बढीमा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ ।

तसर्थ म सामाजिक सञ्जालका उत्पात बुद्धिजीवीहरुलाई अनुरोध गर्दछु, सरकारको विरोधकै निम्ति यस्तो फौजदारी कानुनी प्रक्रियालाई लाई अनावश्यक रूपमा अतिरञ्जित नबनाउनुहोला, यसले तपाईकै चरित्रलाई नंगाउदैछ । कानुन र प्रहरीलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिऔं ।

12/08/2026

भदौ २३ ले बडारेको त देखियो अब बनाएको हेर्न बाँकी छ, त्यसकारणले युवाको नेतृत्व सफल हुनुपर्छ ।

प्रिय बालेन, तपाईं एक्लो हुनुहुन्न।र तपाईंले एक्लै लड्नुपर्ने पनि छैन।हिजो काठमाडौं महानगरको प्रमुख हुँदा तपाईंलाई एक्ल्...
09/08/2026

प्रिय बालेन, तपाईं एक्लो हुनुहुन्न।
र तपाईंले एक्लै लड्नुपर्ने पनि छैन।

हिजो काठमाडौं महानगरको प्रमुख हुँदा तपाईंलाई एक्ल्याउन खोजियो। सत्ता र प्रणाली तपाईंविरुद्ध उभिए। तर जनताले तपाईंलाई एक्लो हुन दिएनन्।

आज परिस्थिति फरक छ।
तपाईंसँग सिंगो देश छ। तीन करोड नेपाली छन्। शक्तिशाली राजनीतिक दल छ। १८३ जना सांसदको दृढ समर्थन छ। र रामलाई लक्ष्मणले साथ दिएझैँ, रवि दाइको अटुट साथ छ।

तर यी सबैभन्दा ठूलो शक्ति हो, नेपाली जनताको विश्वास।

हो, परिवर्तनको बाटो सजिलो छैन। समय लाग्न सक्छ। केही ढिला हुन सक्छ। तर हामी आत्तिएका छैनौँ। तपाईं पनि नआत्तिनुहोस्।

आज स्वार्थ मिलाएर तपाईंविरुद्ध सबै शक्ति एक ठाउँमा उभिँदैछन् भने एउटा कुरा बुझ्नुहोस्, तपाईंले उनीहरूको आराममा होइन, उनीहरूको स्वार्थमा प्रहार गर्नुभएको छ।

त्यसैले दबाबमा नझुक्नुहोस्।
धम्कीबाट नडराउनुहोस्।
षड्यन्त्रबाट नअत्तालिनुहोस्।

यो लडाइँ बालेनविरुद्ध कि बालेनको पक्षमा भन्ने होइन।
यो लडाइँ पुरानो प्रवृत्तिविरुद्ध नयाँ नेपालको हो।

हामी एकपटक होइन, आवश्यक परे पटक–पटक लड्नेछौँ।
व्यक्तिका लागि होइन—परिवर्तनका लागि।
सत्ताका लागि होइन—सुशासनका लागि।
आजका लागि होइन—भोलिको नेपालका लागि।

फेरि पनि भन्दैछु,

प्रिय बालेन, तपाईं एक्लो हुनुहुन्न।
तपाई यो युगको नेता हो ।
हामी तपाइको साथमा छौं ।
देश तपाईंको साथमा छ। 🇳🇵
***n ***n ***nsarkar

बोली फरक हुन सक्छ, शैली फरक हुन सक्छ, तर लक्ष्य एउटै हो! परिवर्तन, सुशासन र समृद्धिको बाटोमा देशलाई अघि बढाउने। व्यक्ति ...
09/08/2026

बोली फरक हुन सक्छ, शैली फरक हुन सक्छ, तर लक्ष्य एउटै हो! परिवर्तन, सुशासन र समृद्धिको बाटोमा देशलाई अघि बढाउने। व्यक्ति होइन, प्रणाली बदल्ने ! विभाजन होइन, सहकार्य गर्ने ! निराशा होइन, परिणाम दिने। ***nshah 📸:

08/08/2026

परिर्वतनको यो उडानमा सानोतिनो turbulence आउन सक्छ तर नआत्तीनुहोस् Fasten Your seat belt, Sit back and relax हामी यो जहाजलाई सुरक्षीत अवतरण गराउछौं । ***nsarkar

Address

Budhanilakantha 10
Kathmandu
44600

Telephone

+97714519001

Website

Alerts

Be the first to know and let us send you an email when Ram Prasad Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ram Prasad Bhattarai:

Shortcuts

Share